Skip to main content

खण्ड ५ सेढाई परिवार [१६] [१७] [१८]क पिता(वंश) संस्मरण १-५

भाग १,सेढाई वंशका परिवार छोरी छोरा to भाग ४ पिता वंश स्मरण १ देखि ५३....पिता(वंश) संस्मरण ४

खण्ड  ५  सेढाई परिवार [१६] [१७] [१८] 

blogger

बिषय सूचि

भाग १

सेढाई वंशका परिवार छोरी छोरा ,टि.जी ,श्रीमति ,स्त्री ,
आमा १,,भाग २सेढाई पूर्खाका कृतिसेढाईका कृती राजीव लोचन जोशि [१९]सेढाई
[२०]यज्ञ प्रसाद सेढाञो ,तिलाञ्जली
भाग ४ पिता वंश स्मरण १ देखि ५३
भाग ५ वेद, यर्जुरर्वदे
भागा ६ ऋग्वेदभाग ७ गीता,
धाग ८ महाभारत
अकविता आलेख हरि प्रसाद सेढाई
भाग ९ अंगिरामृत,आत्मावृतान्त

यस खण्ड खण्ड ५ मा सेढाई परिवार श्रृजना गरी भिन्न बिषय सूचि समावेस गरिएको छ ।भाग १ मा सेढाई वंशका परिवार,भाग २ मा सेढाई ढवंशज खोजी) पूर्खाका कृति खोजी  राजीब लोचन जोशी,सेढाई र यज्ञ प्रसाद सेढाञो (सेढाई) ,तिलाञ्जली पुस्तक छन ।भाग ४ मा पिता वंश स्मरण १ देखि ५३ क्रम र भाग ५मा वेद, यर्जुरर्वेद ,भाग ६ मा ऋग्वेद,भागमा ७ गीता, १ देखि १८ अध्याया ,भाग ८मा महाभारत,अकविता आलेख हरि प्रसाद सेढाई लेखिएका ,भाग ९मा अंगिरामृत,आत्मावृतान्त आदि समावेश गरी संरक्षित छन ।

भाग १

सेढाई वंशका परिवार

छोरी

जगत सृष्टि भयो विधानले आलस्य त्यागी लुकिछिपी ।
धनि गरिव आतुरले स्वाश लिए बत्तिको जयोती धिपधिपी ।।
कुलको उ२ार हो निसन्तानलाई चन्द्र चादनी छोरी ।
शर्माउदै प्रसव पिडा लुकाउछीन आमा अहो मेरी प्यारी ।।१।।

विद्या कला सिकाई शिक्षा ज्ञानले हुर्कने आत्मा हो छोरी ।
शिल सत्य मिठो बोली सत्मार्ग जन्म विकास दिन्छ फोडी ।।
चुसी अन्यायाको धन किर्ति सम्पति शिक्षा भरे छोरी ।
 सदगती सत्य वासल्यमा ममता समेली समाज हेर्छ युग फेरी ।।२।।

विद्या कला सिकी घृणा त्याग्दै सितल देउ छोर ।
हितमा प्रसुत रहुन कालन्तरमा स्वास्थ्य विकास फेरी  ।।
जेठी माईली साईली काइली अन्तरी कान्छि २रको संगिनी ।
मित्र हुन घरको नगनु भूर्ण हत्य समाजले भाव राख्नु विेना भेदभाव गृहस्स्थ सहेली। ।।३।।
छोरी अंश,मन,सम्मान,संस्कृती,बिधात,अर्थ,संगित,खुसि,पुजा र संसार हो ।

कल्पनाको छोरी ः

जन्मिअंगिरस कुलमा धादिङको ।
सराड, घाट पारि कृषक दम्पति जो ।।
तीन चेलि १ पुत्र माजकि सृष्टि गहना।
कृपा हा े सेढाई परिवारको सन्तान।।

जेठि नपढी सानोमा घरवारे छिन चितवनमा।
माईलि हस्सिमुखकि लागिन कि कृषिमा।।
दाइ १ उनी सोजा नरम मिजासिला।
कडा श्रमले खाडिबाट फकि फरासिला।।

आमा छोटा कदकि कडा छैनन उनी।
पितालाई सजगतामा बाधि कृषिका अधिपति।।
पढुन अरु साना नानि म जान्दिन।
के कति सेढाई छन् उहाँ,नभनि म चिन्दन।।

डल्लि सानि थुप्रि नथुनि टल्कने शोभा ।
गरि स्नाकोत्तोर भेटुला जीवन रहे तक।।
गरिब छु भनी विमति नराखे छोरि।
एक्लै जान्छन अन्तमा रुपैयाँ नकुरि।।

बिद्या हो सकल जीवन सुखदायि।
बस्नु परिवारमा कुलाचामा रमाई ।।
लु के भा यो भुरा।हेर छोरि ,नहासे किन रुनु त।
आफु त भुटेको मकै र गुन्द्रुक खान लागेको छु।

सानो बाटको ममिले,म ठुलो बाटोमा खाने।
गुन्द्रुकमा पिरो छ साधेर खाने,यस्तो छ।।
कुराले मन छोयो।
नानि पढ्नु पर्छ राम्रोसँग अनि नातागोता सब नजिक हुन्छन् ।

विद्दा धन हो।
म त परिणामस्वरूप उज्यालोमा सुखि देख्ने आश राख्छु।
बुबा आमा र आ शाका भरथेग किरणामा धुलमिलिएको
चेलिको शुख,जीवन सरर चल्दा र उस्का दिनको

प्रभातमा कति प्रिय हुन्छ,अभिभावकलाई
त्यो ज्योति पुन्ज नै आश छ मेरो
सदईच्छा सफलताको लागि।
हजुर गुडिया पनि राम्रो हुन्छ ।

अभिभावक ले त्यस्मा कति लगानि गरेर खेलाउन दिन्छ ।
तर उ बोल्दैन।खुसि मात्र दिन्छ ।
त्यो भन्दा फरक नारि हुन।
बिचाराखे,धिक्कार नभने ल।

अभिभावकलाई,उनलाई पनि श्वास शुद्धीकरण गरे ।
छोरि,पढे गुने,शिष्ट र सभ्यताको रहे,आशिवाद।
म उमेर पाकेको छु,सायद छोरिलाई भने राम्रो ।
नसके जो बिचार र आज्ञ।जीवन रहे ।

आँखामा पानी रहे देखौला।
दुष्ट र दिन नलागे बोलौला ।
गाँस लिने मौका परे जिउला,नमन छोरि ।

 छोरा

खुसि भै पुत्र प्राप्ति धन योग कर्म छरे सद्गती ।
चिन्ता छ रोगले मर्छ कि हुदैन की त्रानी र सदमती ।।
क्रोधि चोर कुमति मूर्ख जुवाडे वा भङ्गजाह कति ।
पिर मानी पति पत्नि सोच्दछन् गरी ज्ञान आरती ।।१।।

त्यागी निचता गुरुकुलमा स्कूलमा अध्यायान पढे ।
कैयान पुत्र सम्पति लोभ भाईै वान्धवका  परमपरा गरे ।।
शीलवान मतिवानु शुरा सिपालु भ्रन्नु कसोरी ।
पिई रक्तपिपाशु बन्दै माता  पिता र समाजमा नसरी ।।२।।

सम्पति सुरा सुन्दरी भोगले अल्पायूमा नमरे ।
कोख वाझै रह्यो भनि सन्तापमा पितृ पुर्खा नपरे ।।
अपुत्र भ एभने के छ र कुवंशि नजन्मे कोखमा ।
नमान आमा बाबसले सन्ताप जन्मनु हैन अधिकार हो जोशमा ।।३।।

जन्मे ज्ञानको सन्तान एकले नै संसार हाक्दछ ।
हेर एउटै चन्द्र सूर्यले कति किरण पृथ्विमा फयाक्दछ ।।
मुत्ति कर्मले दिन्छ सन्तान उत्सव पुत्र गति ।
लोक उद्योगमा छ निजले फेरी ल्याउछ सदुमति ।।४।।
छोरा,वंश,तन,,मान,संस्कार,भाग्य शब्द,गीत,सुख,प्रेम र घर हो ।

छोराका विभेद ः

नभई शुद्ध वीर्यमा अनन्त रजको,नमानी तेस्रो वयक्ति सम्बन्ध ।
जन्म,उत्पति सन्तान बनि निजै आत्मा १.अ‍ौरस पुत्रको सुगन्ध ।।
उस्तै २.निरुक्तज३.प्रसूतज पनि पुत्र विभेद छ,जन बुझे ।
अध्युगणपुत्र कुमारीको गर्भ लिई विवाहित धरमा जन्मने ।। १

जन्मे आठौ पुत्र कानिन भनि कुल घरान जात मान्नु ।
अपध्ववंसज,अपसद,प्रतिलोम भिन्न ६प्रकार पुत्र जान्नु ।।
जन्माई बाटोमा छोडिन आमाले उ प्राप्तिको कृतिम पुत्र ।।
जातकुल नरहेको भरणपोषण कुल जात दिईने संस्कार ।। २
(स्रोत ः महाभारत अनुसाशन पर्व ४,९ श्लोकः ३,,५)।

टि.जी

खाने पिउने बस्ने घरमा ज्यू ज्यू सन्तान झुमिने ।
सहयोग हितमित टुट्यो रिसमा समाज उसै कुजिने ।।
खाचो टारी आफन्ताको जनले म२त हैन अधिकार धरे ।
त्यहि दुश्मन नहोस लोकमा बाच्ने अधिकार विपदमा गर्देन काम धनले ।।१।।

जन्मि सकल धरामा छुट्टि लिने र बाच्ने कालगति ।
नाता आमा बाबु दिदि फूपु सानिमा  इष्ट मित्र इश जगत ।
मिलि सगोल एक गलोक तिमि पर्देन साहारा संगमा भुलिनु ।।२।।

खेल हैन र भूल पनि सबै इशका सन्तती ।
भेदभाव लाञ्छना नगरी समाज चलोश जाय जन्म सबै स्रष्टा दम्पति ।।३।।

श्रीमति

साथि हो जीवनको भूषण सङ्गघको मित्र ।
लक्ष्मि हो दाम्पत्य घरको रहन्छ दिल भित्र ।।
लत्याई जन्मस्थल मानि पति परमेश्वर ।
शर्माउदै रमाउछीन खुस छन् इश्वर ।।१

चटकमटके चतुर पार्लिन पति वंश ।
दौतार वनी सुखदुख यात्री खेप्दै जश ।।
सुन्दर वक्षस्थल गुडिया स्तन वाचल ।
घुम्टो ढाकि क्रिडा विर्सने र ढाक्ने आचल।।२

सोझी सादा रहे वश पारी राम्रो पति ।
परस्त्री लाग्ने पुरुषमा पार्ने दुर्गती।।
घरमा छेडछाड गरि भौतरिने पति ।
भञ्झट संम्झि परपुरुषको बन्छ दुर्गती।।३

दुखि दुव्लि सोच्ले वरु वारुली कम्मर ।
पैह् िआभूषण अवयव शुरका अम्मर ।।
हृदय ठण्डा,जि२ि नभएकाी अनुशासित यूवती ।
वेश छ यहा जन्मजन्मान्तर रहन्छ सुमति,गति ।।४

स्त्री ः

उहि प्रक्रिया सन्तान वीजमानै जन्मने चन्द्रवदना,लक्ष्मी ।
प्रसवपिडा छटपटि खानपिन हुर्काई शिक्षा दिने हामी ।।
मुकुट पहिरान यौनाङ्गा छुटिएर जनानी धरणी आमा हुन ।
पुरुषको प्रेम चाटिएको,उनैसंगै लाटिएक सुखि स्त्रीजन ।।१।।

स्तानपेयी,स्वर्गदुत,धर्मक ीभकरी,इन्साफ दिलाउने ।
मूर्ख,व्यभिचारी,सौताने र पुरुषसंगमा लिई स्त्रीनै सताउने ।।
सुन,रत्न,मण्,िमाणिक्य,मोतीले सीजने छोरी बुहारी स्त्री ।
माया,ममता,सेक,ताप,पालनपोषण् एउटैम अशुद्ध छ परस्त्रीमा ।।२।।

राम,कृष्ण,येशु,भृकुटी जनक सीत सबै स्त्री हुदा प्रसुत ।
रहे अस्तित्व,अत्म,सृष्टि,सुकााम दिने भवमा टुचुक्क ।।
ज्ञानेन्द्रिय फरक ,आट शहास कर्म सम्पति एकै हुनु छ ।
त्यगि रिस,राग जनस्तरमा ज्ञान शिप कौशले स्त्रीले भर्नु ।।३।।

सृष्टि जयाोति प्रेम विकास ,शिक्षा सम्भव छ संगमा ।
कलि,काल,अहित,मेह वासना,झैझगडा कारक छ यिनैमा ।।
शक्ति शिप,कला ,धर्म,सस्कृती र वंशको अत्मा स्त्री हुन ।
पुजिन्छ कतै,दोब्रिएर अन्यायी मार्ने कालकठोरी पनि यिनै जुन ।।४।।

बुढयौली :

बुढयौलीमा हेर्ने धनसम्पति सबै वंश छोरा छोरी हुन ।
देश त ऋण उठाउने बोझ बढाउने नेता पाल्ने जुन।।
समाज त के हेर्छ दुख दरिद्र संशय उ आफै के हेर्छ ।
जो छ त्यो कर्म,समय पछिआफै अशक्त विलयमान छ ।।१।।

के हेर्छ यहा धनि गरिव कुन हो तिम्रोहाम्रो आफू पराई ।
समय आफै तोकिन्छ बेला वै जवानी हुदैन कसैको रजाई ।।
छैन कोहि वसको सबै जनको यस्तै हवि गति र सद्मति ।
लाखौ विन्ति सम्पति दिएपनि मोह माया हुदैन बुढ्यौ सम्पति।।२।।

बुढि आमा ;

हेर्दा अझै हट्टाकट्टा रहेकी आमा बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै ।
दैनिकी देख्नेहरुले बुढि आमाको उमेर पत्याउनै मुस्किल छ ,बोली प्रष्ट रहेको उनलाई कुनै ठूलो रोग नलाग्दै।।
बुढी भएपनि आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छु जे देखे र भने।
अझै दैनिकजसो घाँससमेत काट्ने गाई बाख्रा चराउन विस्कुन सुकाउन र सन्तान स्याहार गर्छिन्।।१।।

संसारकै जिवित ज्येष्ठ नागरिक रहेको हीमवत खण्डको हीमद्यु नेपाल ऋषिहरु रहेकोदाबी गरेका छन् ।
जन्मिएकी एम्ेरम्ँ विवाह गरेर बच्पन बिताएकी एकी सन्तानमध्ये अहिले छोरीमा छोरामात्रै जीवित छन्।।
बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि पछि कुनै रोगको सङ्क्रमण नरहेको हीमाली जडीबूटीले खियाएको ।
ज्येष्ठ नागरिक रहेको श्रम दाबी र्छ कपाल सेताम्मे फुलिसकेको प्रखर असाध्यै टाठोसमेत हुनुहुन्छ ।।२।।
गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन ।
नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा रहनुभएका औषधि सेवन गर्नुभएको छैन ।।
ुअहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,ु ठूलो र प्रभाव पार्ने रोग छैन्।
अहिलेसम्म शरीरमा नहरेकोले अझै तन्दुरुस्तीका साथ जीवन बिताउने ग्ँएठँएको अनुमान छ।।३।।

गत वैशाखमा गएको भूकम्पका बेला घरको फलैचामा रहेकी ऋण लाई यो पालिको भूकम्पको पत्तै भएन ।
संस्म्रण्ँम्ँ ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ,सन्तानको विचल्ली नहोस भनेर।।
नेपालमा भएका सबै निर्वाचनमा भाग लिन्े ठीगुरीएर भ्रष्ट देखेर काँपेकी  छन्।
सबै निर्वाचन दोस्रो संविधानसभा निर्वाचनमा समेत ऋण ले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गरेकी छन्।४।।

तर के गर्ने नेता हरुले संविधान बनाउछन् की भनि चियाउने उनि ।
काख पोल्टोबाट सन्तानको चिलविल नहेर्न,हिमालको जडिबुटिमा रम्न।।
गरिवी भनि हेपि जनावार र देशका सहकाल स्थानीमानि रक्षा गरी नवेच्न।
आफनो शिर सागरमाथा स्वच्छ हिमनदी बगाएर सन्तान वंश समाल्न चाहन्छिन।।५।।

घाइते मेरी आमा

नेपाली जन माटो,गाऊँ बेसिको पाटोमा ।
जाय जन्म रगत बगेको छ कर्म बन्धमा ।।
यहाँ कैयोै नेपाली गरिबीमा नै ढलेको छ ।
दुईछाँक टार्न लाखको सपना बोकीएको छ ।। १

तुना,बुना र बहानमा श्रम,बीदेसीएको छ ।
युवा,युवती घर समस्यमा देश बेरिएको छ ।।
देश परदेश जनतन्त्रको निहुमा अलपत्र छ ।
बल र बैंंश सिद्धाई नेपाली स्वदेश फर्किन्छ ।। २

प्यारा अधिकारको भेषमा,रक्तपिपासु पसेको छ ।
लाटा,सोझा बनिता किसानको भान्छा रितै छ ।।
शिक्षा,प्रविधी कम हुदाँ गरिबी,अल्प ज्ञानमा छ ।
डलरको खेलमा रगत पिउदै जन फुटबल बन्छ ।। ३

नशामा सरकार लठ्ठ भै छातीमा गोली थाप्दा ।
गोलीमा ताली दिई अर्काका लागि गोल पाल्दा ।।
आफ्नै माटो र श्रममा लागि खुट्टा टेकि पक्षमा ।
तब न खुशी मेरी आमा छन अंकमाल कक्षमा ।। ४

श्रममा चेली लुटिदा,जीबिकाले गरिबी चेप्टिदो पनि ।
लर्को,बयस्यक जुटि बेतन मान रेमिटुयान्सको बनि ।।
हुने खाने र हुँदा खाने सबको मर्म बलग्रेती छ नी ।
लास बुझि,स्वास रोगमा स्वदेशी फर्कन्छ तृण बनि ।। ५

आमा ः १

स्वतन्त्र समाजान धुसा्रो फूस्रो जिङ्गरिङ्ग आभूषण हेर आमाको ।
आदेशमा रित्तिएर दुध पिलाएरका मलिन अनुहार ।।
आलाकाचा घाउका डोवमा छालारुपी हाड मांस र मज्जाको शरिर दिई ।
लाज छोपि धोतिले आखामा त्रास र भए समाजको ओकल्दै ।।१।।

आखिर रित्तो पोल्टामा बच्चा च्यापि मातृत्व बोक्ने ।
प्राणि मात्रको जननी तिनै आमा ।।
छाति पिटेर रुने गरिवी र पुरुषको करिवीमा क्षितिज नियाल्ने महङ्गि र कायरताको युद्धमा ।
कति गला दवाउने,खहरे वगरमा ।खेत मैदानका तरेलीमा ।वचन र चित्कारको स्वरमा ।।२

हिमनदीको स्वच्छता चुम्दै ढोग मागेकी छन् मेरी आमा।
शोषणले समाज आकासिदा आकासतिर औलाई पुत्र पुत्री चोम्दै ।।
बचौ बचाउको उर्जा दिदै मुटिठभर माटो समेटदछिन् ।
खाईवरी मोज मस्तिको सभ्रान्त समाज र हुदा खाने समाज हेरेर ।
बलत निमोठिइएके छतविछत दन्तखत लुकाउने तिनै आमा रुन्छीन तपाई हेरेर।।३।।

इतिहास मिचेर बल मिचाईमा चरित्र खोज्दै दौडदै छ ।
शक्तिको सर्वसम्मत नारीमाथि पुरुषत्व देखाउछ।।
चित्कार चित्रण थुप्रै छन् सुताह भो भयको समाज।
बरु समान अभिप्रया र जन्म पाएको ऋण किन विर्सन्छ समाज ।।४।।

उभीएकी मेरि आमा स्तनहरु थर्ररर कामेका भए ।
विभत्सका आक्रमणमा बच्चाहरु नथुम्थुमाको भए ।।
कल्पना गर्नु त क्रान्तिका महल हुने थिएन,रित्तो आशक्ति रहने थियो।
जाती संघियता धर्म यम नियममा समाज रुने थिएन।।५।।

वडा गाविस नगरपालिकामा संगठन रामाथ्र्यमा हुने थिएन ।
चादनीले पोतिएको हिमालमा प्रभातका किरण टकमकाउने थिएनन।
सग्ला दिमागका व्यग्रता सगै कहा तिमि म र उ हुने।
कल्पनुहोस आमा हरु जिगल्टाईने थिएनन्,अव्यक्त
प्रसव पिडा आकास पृथ्वि त के रित्तिएको शून्य काप्दो थियो की ।।६।।

खै के के कसरि कहा हराउथ्यो।
सायद दुख सुखको चक्रमा हराउने थियौ।
समूल वंश विर्य पातलमा जादा।
अचेत अवोध चेतनहिन शून्य प्राण रहन्थ्यो,
जहा कलह भय र अशान्तिको कालरत्रि बाच्दथ्यो।।७।।

आमा ः२

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामायाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जन ः
सुखी नेपाली सम्बृद्ध नेपाल देखाउने दाता आमा ।
जीवन्त,जाय,जन्म,जीवन र कर्ममा लगाउने आमा ।। १
(शुसिलाबाट साभर)

आमा ः३

हेरी रस्तिवस्ति भलो चाल खाना मिठो मसिनु।
ध्यू तेलहान सौगात फलफूल पहिरान पहिराउनु।।
यहि आमा औसि भनि दिदि दाज्यू बाउ घरमा भएका खसम समेत सब मिलि।
बिधि हो जन्म दिने आमा छोरी बुहारी सबको सम्मान समेली।।५।।

दूधको भारा प्रसुतको पिडा विसाउर्नु आमाको कसै गरि।
रिस आवेग होस तथापी मुस्कुराउनु जीवनदायी संसार दिने भनि।।
आग्रह आवेग तिक्तता वा तनाव विसि हुनु खुस।
मौका मिले जन हो चराचर दिने आमा सित दुखसुखमा बस।।६।।
शीर नझुकाउ नेपाली, चिन्नु भूगोल संघियता गणतन्त्र।
खोजेको हावापानी समुन्नत गाउ प्रविधी दिनु वंशमा यत्रतत्र।।
प्रशोधन गरि कफि अदुवा टिमुर अन्य जडीबुटी।
भाषा र जात खोल्साको शुसेलीमा गरिवी भाग्छ व्यूझ उठ सब जुटि।।७।।
भाग २

सेढाई पूर्खाका कृति

पिताजीको ज्यूँदो सम्मानको लागि,भावी पुस्ता सेढाईहरुमा संरक्षीत लेख राखिएको छ। योगदनकर्ता ःहरि प्रसाद सेढाई


तिलाञ्जली

प्रस्तुत शोक काव्यका
रचयीता
यज्ञ प्रसाद सेढाञी
फोटो





(स्व तिू कुमारी सेढाञी)
तिलाञ्जली
(शोक काव्य)
लेखक
यज्ञ प्रसाद सेढाञी
२०४२
प्रकाशक
यज्ञ प्रसाद सेढाञी

पहिलो संस्करण १००० प्रति
२०४२

तिलाञ्जली

लम्जुङ्ग पुर्काङ्ग निवासी श्री यज्ञ प्रसाद सेढाञी द्धारा रचित प्रस्तुत तिलाञ्जली शोक काव्य आद्योपान्त पढ्ने अवसर पाए ।उहाको अभिव्यक्तिलाई नविगारी छन्दोवद्धता तर्फ जतिसेको हेरि दिने जिम्मा लगाइए अनुसार यस काव्यको अध्ययन गरेको भएता पनि उहाको यो कविता शैलिबाट म प्रभावित भए ।
शोक ग्रस्त मानिसहरुको लागि ताप शान्ति गर्न यसले अवसर प्रदान गरोस र उहाको स्व श्रीमतीको मानव समाज बिषेशतः आफन्तहरु) मा स्मृति रहि रहोस भन्ने कामना गर्दे कलम रोक्छु ।
टीकाराम पौडेल
शिक्षक शान्ति मा .वि.
कुन्छ लम्जुङ्ग ।

दुई शव्द

प्रस्तुत शोक काव्य यज्ञ प्रसाद सेढाञीजीको आशुको मोल मात्र नभई यसले अनय समावेदना पीडितहरुलाई समेत केही क्षण भए पनि ीितलता प्रदान गर्ने छ भन्ने मेरो धारण छ ।
स्वर्गीय आत्माहरुको स्मृतिका mागि पनि यस्ता रचनाहरुको महत्व रहन्छ। यति ।

पुष्पराज रेग्मी
शि . शा. मा. वि. कुन्छा
लम्जुङ्ग
२०४२।६।६

तिलाञ्जलि ः 1 to 100

गौरीका सुत हे विनायक चरण पर्छु नमस्कार गरी ।
ब्रह्रा विष्णु हरी सदा शिवजिका केवल् चरण्मा परी ।।
बिन्ती गर्छु प्रभो मलाई अहिले शरण् लिनु होस् भनी ।
लेख्छु यो कविता विरक्त मनले अल्पेर पत्नी पनी ।।१।।

कहा बास थियो कसो हुन गयो राखी म माथी दया ।
ल्याई जन्म दिनु भयो धरतीमा मनुवष्य चोला भए ।।
यो ब्रह््राण्ड भरी त मलाईहरले पर्ने छ मर्नु पनी ।
सारा यो प्रभूको लिला  छु ,बुझियो नाटक् सरी कै भनी ।।२।।

आयो यो शनिको दशा अति ठूलो एकचालिसै सालमा ।
अड्नैलाई पनि अती कठिन भो वित्यो सबै कालमा ।।
सम्झी त्यै उपहार हार प्रभुका खुशी गराई मन ।
दिएथ्यौ भगवान् विचित्र भवमा जोडी वनाई कन ।।३।।

शोक्ले व्याकुल छन् जहान घरका काढेर आशू सबै ।
खेल्छौ नाटक यो  विरहमा हेर्नोस् प्रभू नै सधै ।।
बन्छौ पात्रहरु तिलू सहितका बाधेर दुई अञ्जली ।
लेख्छाू आसु भरी पुरा गहभरी दिन्छु म तिलाञ्जली ।।४।।
छोरा छोरी mबुहारी पत्नि दुई भै निर्वाहको खातिर ।
संपूर्णै विधिले जुटाई दिनु भो खुसि थियौ आखिर ।।
पत्नी तीलवती सहस्र गुणकी बत्तीस लक्षण् वनी ।
स्वर्गै तुलय बनाई खुसि मनले बस्थ्यौ सबै सन्तती ।।४।।

राता ओठ कपोललोल अघिकै राम्रो अति नै तन ।
काला केश सुरम्भ्य मुख हसिलो तिनको सफा आनन ।।
सेता दाडिमका विया सरहका ती झल्ल दन्तावली ।
शोभा चन्द्र निधारको हरघडी हेर्थिन मलाई छली ।।६।।

तिलुका ती गुण वयान अहिले मैले कसोरी गरु ।
सम्पूर्णै विधिले धरातलै भरी फैलाई देओस् बरु ।।
आयो दीन दशा गयौ ढलमली तत्काल तीलु तिमी ।
लाग्यो घातक रोग मात्र वीचमा मुर्छा पर्यौ हा तिमी ।।७।।

कान्तीपूर चल्यौ छिट्टै दुईजना छोरा रहन्छन् त्यमहा ।
तत्कालै उपचार गर्न दगुरे डाक्टर रहन्छन्  जहा ।।
रोगको नाश हुनेछनी भनि वरि भर्ना भई खाटमा ।
सारा वान्धव भाई नातिहरु ती तिम्रा थिए साथमा ।।८।।

भर्ना भै कन फेरि केही दिनमा चिरफार भो ज्यान त्यो ।
सञ्चो भो भनि हामी खुव रसियो कान्ति नि राम्रो थियो ।।
सात दिनकै दिनमा अति खुसि हुदै हासेर भन्दी भयौ ।
पाल्नुहोस घरमा भनि मकन ता छोडेर जादी भयौ ।।९।।

लागयो घातक रोग त्यहि अघि पनी धेरै गरयौ औषधी ।
सारा निश्फल नै भए तर थियौ सन्तोष जस्तै तिमी ।।
तिम्रा के अनुभव थिए मरणमा मर्मान्त दर्हाइनौ ।
थियो की डर मृत्यूको हृदय वा चाल नै पाइनौ ।।१०।।

मैना मंसिरको सत्ताईस गते सन्ध्या परेको थियो ।
तिम्रो सुन्दर त्यो मुहार सहसा के भो त्यसै वैलियो ।।
आशा जीवनका हटे अव गए सुत्नै भनी पल्टियौ ।
बोली अन्तिम वाक्य एक क्षमा संसार नै बिर्सियौ ।।११।।

तिम्रो त्यो अनुहारका किरण नै फ्रुस्रा अध्यारा भए ।
आखामा जल ढल्पलाई सहसा विस्तार आकासिए ।।
पानी्र एक मुठी घुटुक्क ननिली सर्लक्क संसार यो ।
छाड्यौ हाय कठै , गयौ तिलु तिमी सारा अध्यारो भयो ।।१२।।

तिम्रा ती परिवार नाती र वधू छोरा हितैषी अरु ।
स्वामी देवर वैनि साथ दिदि औ सम्पूर्ण छोराहरु ।।
आखामा टिलपिल आसु भरदा हेरी रहेकै थियौ ।
आयो अन्त्य समाधि निश्चल हुदै सारा रुवाई दियौ ।।१३।।

आयो देह विसाउने विवशता  पस्यौघरामा तिमी ।
वाध्यौ आसन मृत्युको शिव हरे त्यो मृत्यु शैइया भनी ।।
छाड्यौ प्राण तिलू र स्नेह ममता के देख्नु मैले पर्यो।
कठ्ठै त्यो झलमल मुख शव भो छोप्नु मलाइृ परयो ।।१४।।

आखामा भरि आसु टल्पल कठै मलाई हेरी रह्यौ ।
केही भन्छु कि झै गरयौ तर कहा बोल्थ्यौ र निसासियौ ।।
पारी भ्रान्ति मलाई हाय सहसा आखा घुमाई दियौ ।
मेरो के अपराध भो र तिमीले एक्लो बनाई दियौ ।।१५।।

सारा इन्द्रिय शक्तिको बिषयमा कस्तो भएको थियो ।
छातीमा पसी अग्नि दनदन् बले जस्तो छ की ठानियो ।।
धाराको जल खान उत्सुक थियौ आमूल रित्याउन ।
तै पर्याप्त भएनकी प्रिय कठै सन्ताप मेटाउन ।।१६।।

छोरा क्वै पर छन् नदेखि मुख नै मर्ने भए भन्दथ्यौ ।
छोरा नाति बुहारी त्यै शहरमा सारा जुटाई लियौ ।।
भन्थ्यौ नित्य म पापिनी तिलु तिमी हौ खास सत्यवती ।
छोराकै बसि काखमा तिमी पुग्यौ तत्काल नै बाग्मती ।।१७।।

तिम्रो त्यो सहसा मुहार मलिनु हेरु कसोरी म हे ।
धागा सिंन्दुरले म पार्थिव शरिर् श्रृगार गर्नु र के ।।
ऐले हे भगवान विचित्र विधिको के देख्नु मैले परयो ।
दाम्पत्ती रथ यो विगारी अवयव् गर्दे नगर्नु गर्यो ।।१८।।

हेर्देमा झलमल त्यो शरीरमा दागा कसोरी दिउ ।
हेर्नेलाई कठिन् भयो अझ कठिन आफै कसोरी जिउ ।।
अग्नीका र सूर्यका किरणले तर्सेर भाग्थ्यौ पर ।
ऐले शान्त शरीरमा अग्नी बलेको छ र (तर ) ।।१९।।

क्वै भन्दैन तथापि त्यो शरिरले के देख्नु मैले पर्यो ।
साथैमा लिई जाउ भन्छु म पनी बाचेर खै के गर्यो ।।
हेर्दैमा भईगो शरीर चरचर् भक्ष्माग्नि भो दाहले ।
सारा अङ्ग समाप्त भो शिव हरे के हैर्छ त्यो दैवले ।।२०।।

नेत्रै बन्द हुने भए पनि बरु सन्तोष खुव् पाउथे ।
कि साथै लगि जाउ भन्छु तिलु हे तिम्रै त्यकी आउथे ।।
खप्नेथे जति कष्ट हुन् तर पनी सर्वस्व जे होस खती ।
बाच्नैलाई कठिन् रहेछ बुझियो पत्नी बिनाको पती ।।२१।।

एकछिन अघि मात्र पुत्रहरुले आमा कि आमा भनी ।
लाग्यो प्यास कि वा भयो असजिलो कस्तो छ ऐले भनी ।
सोध्थे किन्तु मुहुर्त एक नहुदै नागा.ै तितामा लगी ।
राको बन्दन लाउछन् शिव हरे त्यै देहमा त्यस्तरी ।।२२।।

केही चीज पतङ्ग वा पवनले हल्का गरी छोइदा ।
तर्सन्थ्यौ नि असाध्यसित प्रिय हे बृष्टी बढी पाईदा ।।
ऐलै त्यो उहि ज्यू बल्यो हररभै ज्वाला सहन्छयौ कती ।
टुक्राई मन हेर्छु आसु बटुली धिक्कार हो जिन्दगी ।।२३।।

तिर्खा भोक विलास मुक्ति र सुधा सर्दी र गर्मीहरु ।
सारा ज्ञान विवेक स्वाद अथवा दारीद्रय निन्द्रहरु ।।
सारा नाच लिने शरीर भगवान् ऐले अवस्था छ यो ।
बाकी देख्न्नि क्वै बढी चरचरी सारा खरानी भयो ।।२४।।

पत्नी श्री ममता लुरी प्रियतमा जेठी र तीलु तिमी ।
सारा नाम लिएर स्नेह विधिले डाक्थे म आउथ्यौ सुनी ।।
आजै त्यो विधिको विधान कसरी पल्टाउदै ईश्वर ।
ऐले प्रेत भनेर अञ्जलि दिनु पारी दियनै आखिर ।।२५।।

प्यारो प्राण गयो शरीर पनि गो तिम्रा सबै सन्तती ।
वेहोस् भै विमूढै हुदै सब गिरे विक्षीप्त जस्तै कती।।
डाको पूर्ण विलाप रोदनहरु रोके कडा ली मन ।
धोको फेर्न सकीन रोई म स्वम् धिक्कार मेरो मन ।।२६।।

चन्दन सिन्दुर फूल पीत कपडा लाएर राम्रोसित ।
मोटर मानिसका संगै हजुरमा लानु भयो खै कता ।।
आउ लौ सब लीन हामीलाई यो रोइए रहेछौ सब ।
भन्छन् बालक बालिका अव कहा खोजी म ल्याउ अव ।।२७।।

रुन्छन् बालक बालिकाहरु कठै आमा हजुर खै भनी ।
गर्छन् खोज लास मौन घरका कोठा र चोटा पनी ।।
सोध्छन् आउनु हुन्न वा हजुरमा भन्दै विलौना गरी ।
भन्छन् छाति चिरिन्छ चरचर मुटु चर्कन्छ उस्तै गरी ।।२८।।

हिन्दु आस्तिक भावना लिई पुरा आधार धेरै लिई ।
छोडिी अन्धा परम्परा स्थिर थियौ धर्मे महा मन दिई ।।
सारा सन्ततीको भविष्य प्रतिको जप्दै ठूला चाहना ।
दिन्थ्यौ अर्ति पनी खुला हृदयले लिन्थ्यौ ठूलो कामाना ।।२९।।

मेरो अन्त्य हुनेछ निश्चय छिट्टै आशा सबै छाडिए ।
जे हुन यी मनमा भए जति कुरा पातलमै गाडिए।।
गर्दे जाउ तिमी सदा शुभ कुरा सबको छ यस्तै गती ।
राख्नु आस्तिक भावना हृदयमा सत्कर्मगामी मती ।।३०।।

बेला माफिक आफूलाई सबैले सानो र ठूलो भन ।
आफनो शाान बाचर्य आत्मा बलले सम्झेर जाउ झन ।।
सानाको पनि अर्ति राख्दा सबले त्यो सत्य नै हो भने ।
ठूलालाई गिराउ नैतिक बनी अन्याया देख्छौ भने ।।३१।।

श्रद्धाले गर धर्म कर्म सबले औकात हेररीकन ।
श्रद्धा वेगर मुक्ति हुनन कहिल्यै खर्चेनी थुप्रै धन ।।
आफनै पद्धतीमा मान गरदै गर्नु क्रिया कर्म ती ।
यै हो मानव कर्म पूर्ण युगको कत्व्र्य नै सम्पपती ।।३२।।

बुबाको उपदेश लेउ बुझ त्यो अमृत नै हो भनी ।
भन्थ्यौ नि दिल शान्त राख्नु सदा कतर््व्य यहि हो भनी ।।
बाबुलाई नरुवाई पालन गरे धोको छ मेरो अती ।
बाको लक्ष्य पुरा गराउन सबले गर्दे सदा उन्नती ।।३३।

सम्झाए घर यो सिंगार सबले छोरा बुहारीहरु ।
राख्नु मेल मिलाप बन्धुहरुमा छोडेर स्रिागहरु ।।
कैल्यै गर्न भलो हुदैन झगडा बस्नु सबैमा मिली ।
तिम्रा यी उपदेश सन्तति प्रती सम्झीरहेछु तिली ।।३४।।

प्यारो देवरलाई भाई सम्झी तिम्ले गर्यौ जो कुरा ।
पायौ देवरबाट अन्त्य क्षणमा आफनु जुटाई पूरा ।।
जिम्मा छन् पति सन्ततीहरु सबै रक्षा गर हे भनी ।
सुम्पी देवरलाई भल्चल्ती रुदै समल्छु ऐले पनी ।।३५।।

कुन्छाको यस भेक गौली थरमा जन्मेर सात बर्षमा ।
दाम्पत्ति विधिले त जोडिन गर्यौै पुर्काङ्गको गाउमा ।।
भोगयौ सुख र दुख केही दिनको काठमाडू मै अल्पीयौ ।
पाउ मर्न म काखमा हजुरको भन्थ्यौ पुराई लियौ ।।३६।।

सातै बर्ष थियो उमेर दुईकै दाम्मपत्यमा जोडियौ ।
स्वतन्त्री वय त्यो विशिष्ट विधिले गृहस्थमा मोडियौ ।।
लागेथ्यौ सुख दुख वोकी संगमा यो दीर्घ यात्रातिर ।
आजै यो ममता छुटी तिलु तिमी एक्लै गयौ आखिर ।।३७।।

छोरा बालक छन् कमाई कहिले हासेर खान्छु र म ।
आमा लाउनुहोस भनि कर दुवै जोडेर थाप्छु र म ।।
भन्थ्यौ भर्खरै वृतिमा सुत सबै लागि खुसी नै थियौ ।
पाइनौ फल खान हाय अधुरो आशा लिदै अल्पियौ ।।३८।।

गर्छन उन्नति सर्वदा सुत तथा कर्मेष्ट मेरो पती ।
भोगौला सुख जन्य वास्तव कुरा नेपालका सनतती ।।
यस्तै आश र भावना हृदयमा राखी वितायौ दिन।
पाइनौ यि कुरा यथेष्टरुपमा सन्तोषले भोगन ।।३९।।

नातामा गृहणी गुरुत्व गुणकी आमा भएकी थियौ ।
सारा काम गृहस्थको सब लिई फूर्सद मलाई दियौ ।।
ऐले सेवक छौ कहा तिमी कठै मै शाकको गायक ।
देउ स्वप्न मलाई आउ तिलु हे सललाह खुव् लायक ।।४०।।

सोह्रैबर्ष थिए र कर्म गतिले मातृ टुहुरो भए ।
त्यस्को स्नेह सरयो तिलु तिमी सितै आजन्म यै सम्झिए ।।
आजै यो भवको डूव्यो तरणी नै अल्झेर मै पोखिए ।
आमाको टुहुरो भएपछि पनी तिम्रो वियोगी भए ।।४१।।

जैले सम्म थियौ नि हे तिलु तिमी नाता हजारौ थिए ।
छाडी आज गयौ हटाई ममता सारा विराना भए ।।
खाली एक म नै विरक्त मनले तिम्रो लिए तल्लिन ।
घुम्दै छु भवमा तिलु तिमी बसे स्वर्गीय द्यौ मन्दिर ।।४२।।

छाडी स्वार्ग गयौ कठै धरतीको के मोह लाग्ने छ र ।
बस्दीहौ कि त देवता पनि स्वम् छाडी मलाई पर ।।
सम्झन्छु म सदा वितर्क मनले सम्झेर के पाउछुू ।
भन्देउ यमलाई लौ खवर दे तिम्रो सगै आउछू ।।४३।।

रन्को आउद्ध कानमा हरघडी सर्लक्क क्वै सुन्दिन ।
आखामा तिलु आउछौ हरवखत हेरेर क्वै देख्दिन ।।
तिम्रा खेल अनेकका नजरमा आई यहा वेसरी ।
पार्छन् भ्रान्त मलाई नित्य तिलु हे बाचु स्वमु के गरी ।।४४।।

आउथे म कतै गएर घरमा लीएर खुसि मन ।
आउथ्यकी झटपटनै तिमी नजिक छोडेर काम काज् मन ।।
सोध्यौ प्रश्न छ भोक प्यास अरु क्वै संभार गर्ने कुरा ।
सम्झन्छु दिलभित्र झल्झल अझै स्वप्नासरी भै पुरा ।।४५।।

मेरा निम्ति गरी सदा टहल त्यो मौका मिलाई दिई ।
मेरै खातिर कष्टका कति कुरा पर्वाह नै क्वै नली ।।
गथ्यौ क्वै परिवर्तनादी घरमा मेरा भए दुगुर्ण ।
तिम्रा ती गुउमा म पुग्न कहिले सक्छु र खै सक्दिन ।।४६।।

धेरै ती मनमा भए  जति कुरा भन्नै पनि पाइनौ ।
धोको फोई दिई सबै मन यहा जानै मिी पाइनौ ।।
ऐले लाग्दछ हे तिलु तिमी सितै खडकेर क्वै यो दशा ।
पायौ जान हतासियो कि अथवा के भो गयौ खै कता ।।४७।।

मेरो जीवनकी थियौ धुकधुकी ऐले कहा के भयो ।
इच्छा छैन मुटु चटक्क सहसा चुडेर साथै लयौ ।।
साथी हीन कतास दीन बटुवा जानी सुधा छर्कियौ ।
गल्ति केहि भए सुधार तिमीले स्वाप्ना दिदै आइद्यौ ।।४८।।

तिम्रो वास कहा हुदैछ अहिले कस्तो छ त्यो जीवन ।
गछयौ के सुख खुख के छ कसरी काटी रहिछौ दिन ।।
मेरो केहि छ याद कि दिलमहा वास्ता कुनै छैन की ।
किन्तु केहि नहोस् वताउ सपना झल्काई एक छीन की ।।४९।।

आओस दुख म माथि नै तर तिमी सुखी रहू ।
नारी धर्म बचाउने गुणहरु ति नित्य राखी रहू ।।
तिम्रो मत्र्यपती प्रती शुभ विचार कैल्यै नमेटी लिनू ।
फेरी जन्म लियौ भने धरतिमा आएर भेटी दिनू ।।५०।।

हिन्दु संस्कृित जन्म कर्म विधिले पुत्रादी जेजती ।
सेवागर्न सके खुलस्त मनले सन्तोष लेउ सतिी ।।
तार्किलो मन पूर्ण हुन्न कैहिल्यै खैचेर थन्काउनु ।
केह ीगर्न सकिन जीवनभर माफी मलाई दिनू ।।५१।।

मेरा माइती मावली र घरका नाता र बन्धु सबै ।
हुन्छन् मान्य परान्तु क्वै दुख परे हुन्न कुनै ती कवै ।।
भन्थ्यौ नित्य हजुर नै हृदयको सर्वस्व औ सम्पती ।
रक्ष ागर्न सकिन मृत्यु मुखमा कैले भए खै पती ।।५२।।

नाता अन्य कुनै विशिष्टहरुमा एकान्त हुन ती सबै ।
पत्नीको पती ,पत्नी मान पतीको हुन्नन् अरुमा कोहि।।
सम्झी राखी सदा ममा गृहणीले त्यो जीवन सुम्पियो ।
आफनो स्वार्थ नरादी किन्तु पतीकै चिन्ता लिदै अल्झियौ ।।५३।।

मृत्युको डर छैन कत्ती मनमा लाग्ने हजुरकै पिर ।
यस्तो जीवन गुज्रला विदूरता आएर खै आखिर ।।
पत्नी दिव्य जुटाई देउ भगवान ,त्यागी सबै माधुरी ।
भन्थ्यौ आशीष स्वर्गवाट दिउला विर्सन्न त्यो क्वै गरी ।।५४।।

भन्छन् कोही असाध्य छन् नरम ती साह्रै मिलनसारकी ।
भन्छन् केही गरिब छन् ती धनकी प्यारो अति पारखी ।।
भन्छन् क्वै करुणवती र मनकी साह्रै धनी छन् भनी ।
छाती फूल्दछ ढक्क गदगद् हुदै तिम्रो प्रशंसा सुनी ।।५५।

जस्तै दुख परेनी भित्र मनमा चिन्ता नराखी कन ।
पाए मान र धन् भनी कन पनी हर्षित नवन्ने मन ।।
तिम्रो साहस धैर्यता र क्षमता मेरा थिए पाखुरा ।
छोडी हाय गयौ तीलु तिमी वैले सबै आकुरा ।।५६।।

तिम्रा भित्र हजार स्नेह विधिले जम्मा हुदै क्वै दिन ।
गर्थे पूर्ण सहायता हृदयले आज्ञा लिदै झन झन ।।
कठ्ठै सून्य छ त्यो हरे कचहरी के भो कसैले पनी ।
सोधी खोजनी सम्म छैन किन हो साथी कहा छन् भनी ।।५७।।

इच्छा क्वै मनमा थिए गहकिला तीर्थादीको दर्शन ।
जाने खास हिमालमा अझ बढी लिन्थ्यौ ठूलो भावना ।।
सारा त्यो पनि कालकै वस परयो इच्छा हुदामा पनी ।
कस्तो पूर्ति नभई तिलु तिमी सारै छ धोको भनी ।।५८।।

सोध्ने फूर्सदनै भएन क्षणमा खड्कन्छ मनमा अझै ।
कस्तो मूर्ख भएछु लाग्छ मनमा धिक्कार दिन्छु सधै ।।
मनको आत्म कथा अरुसंग कहा पोखेर के हुन्छ खै ।
देउन लाख ति सान्तवना तर क७ै के शान्ती पाउ म खै ।।५९।।

शान्ती हुन्छ मलाई त्यै दिन तिलु मेरो भए त्यै गती ।
होला भेट रमाई स्वर्गपुरमा निश्चित भै दम्पती ।।
कस्तो यज्ञ थिए कि वा म धनको कस्तो थिए लायक ।
कस्तो तुच्छ विचार छि म मनको कस्तो हू नालायक ।।६०।।

जस्तो भाव र प्रेरणा अघि थियो तिमै थियो कारण ।
तिम्रो हिक्मत आटले अघिसरी हाक्थे नि इन्द्रासन ।।
सारा व्योम र धर्तीका चिजहरु पाउछु की झै गरी ।
ढुक्कै साथ विताउथे दिनहरु तिम्रै भरोसा परी।।६१।।

देखिन्थ्यौ मनमा झलक्क कहिले हासी रहेकी बसी ।
देखिन्थ्यौ  कि त नाती काख वीचमा राखी पलेटी कसी ।।
देखिन्थ्यौ  कि त बैनी औ दिदीसंग आफना हितैषीसित ।
देखिन्थ्यौ  कि त वातचित गरदी धेरै जसो मै सित ।।६२।।

घरका आगन छेउ द्धार अथवा भण्डार भान्छा महा ।
तर्कारी फलफूल दूध दही जो मथ्दै रहेको वहा ।
हेर्छु जत्ति म खाली खिनन मनले हेर्दा सधै बाहिर ।
झल्किन्थ्यौ तिमी हसिलो मेरै तिलु आखिर ।।६३।।

केही दुख र सुखका क्षणहरु प्रारव्ध हो भन्दथ्यौ ।
बर्सन्थे जति दुख हेर तिमीमा हासेर नै टर्दथे ।।
तिम्रा सत्य र आट धैर्यहरु ती सम्झन्छु मैले जब ।
उर्लन्न् मन भीत्र शोक लहरी उर्लेर के भो अब।।६४।।

थाकी दिक्क बनी सही दुख हरु साथी लिदै क्वै घर ।
ढीलो आउ की वा छिटो विनयले गथ्यौ तिलु आवर ।।
मेरा मित्र सबै यी हुन भनि तिम्रो संस्कार दशाउथ्यौ ।
सारा कष्ट थकाई झञ्झट सबै हासेर विर्साउथ्यौ ।।६५।।

आउलान कति कष्टहेरु म उपर सल्लाह को दिन्छ खोई ।
लाग्लान रोग कति शरीर बिचमा के हुन्छ को सोध्छ खै ।।
जीउ कर्कर खान्छ को सित भनु सोचेर सुन्ने छ को ।
लाग्यो भोक कि या बुझेर मनको खान्छौ भनी सोध्छ को ।।६६।।

सारा देव र देवी मान्छु तर ती मेरा भएनन् कुनै।
मान्छु मित्र हजार सर्त नमिले आपलना हुदैनन् कुनै ।।
यौटै सत्य र स्वार्थहीन मनको मेरो तिलु नै थियौ ।
मेरो जीवन आधिका लहरमा एक्लो बनाई गयौ ।।६७।।

लाग्यो रोग भने कुनै बिषयको चिन्ता पर्यो क्वै भने ।
आपद् या व्यवहारका बिषय पर्ने गयो के भने ।।
मौकामा उपचार कारणहरु पत्ताा लगाईै स्वम् ।
गथ्यौ म२त गर्छ खै अव त को, नीराश मै छु स्वयम्।।६८।।

मेरो यो दिल अन्धकार छ सदा बल्दन् र बत्ती कहा ।
खोजी गर्दछु शान्तीको मनमनै भेट्छु र शान्ती कहा ।।
देख्छु झलझी नेत्रका वरिपरी मेरो तिलु कै रुप ।
कस्ले जान्दछ यो बिना अनभवै मार्मिक आत्मिक रुप ।।६९।।

संसारी सुखमा उपस्थिति थियौ दाम्पत्य जो त्यो गयो ।
एकलो जीवन भो म गर्छु अव के सारा कुरा पोखियो ।।
थन्क्याउ मन यो कहा र मइले आधार नै मासियो ।
मेरा निम्ति समस्त आज पृथ्वी पातलमा भासियो ।।७०।।

ऐले गर्छु प्रयत्न विर्सन कहा विर्सेर विर्सन्छु र ।
दैवी दुर्घटना विधान विधिको  टारेर के टर्छ र ।।
बिर्सी दे मनबाट यो जगतको अन्तिम् लिलाको घडी ।
भन्छुनित्य कदापि हुन्न मुटुमै चस्कन्छ पारो गडी ।।७१।।

भन्नेथे घटना हजार मन यो सम्झाई टर्थो भने ।
आसुले म नुहाउथे नयन यी रोएर हुन्थ्यो भने ।।
फोरी छाति दिने थिए चरचरी चिरेर हुन्थ्यो भने ।
लाग्यो उग्र वयाथा गड्यो ह्ृदयमा मस्तिष्क नै चस्कने ।।७२।।

सुन्देउ दिलको व्याथा भनी सदा कस्लाई चिच्याउ र।
कस्ले बुझ्छ मर्म भित्र मुटुको बुझेर के गर्छ र ।।
गल्दै जान्छ कुहिन्छ यै हृदयमा नासिन्छ त्यो अन्तमा ।
कस्ले सुन्छ त्यो र दुख नरको संसारको अन्तमा ।।७३।।

घीउ त्यो दहीमा छ स्रिी उखुमा आगो छ बास काठमा ।
हावा झै नभमा समस्त पृथ्वी नै सत्य छ आधारमा ।।
ऐले सार विहीन तत्व म भए एक्लो चखेवा सरी ।
मेरो यो गुड छोडी हे तिलु उड्यौ एक्लो मलेवा सरी।।७४।।

मेरो देख्न नपाउने यी दुईटा लोचन फुटेनन् किन ।
सुन्छु बोली पराईकै श्रवणमा जाली फुटेन किन ।।
जाउ के म लिएर के नि संगमा पाउ उचाली कन ।
पत्नी वेगर बाच्नु पर्दछ भने मृत्यु असल हो झन ।।७५।।

यो संसार भरी म देख्छु सबको दाम्पत्य जीवन ।
सारै रुन्छ कहाली लाग् किन हो आतिन्छ भित्री मन ।।
अल्झाई किन प्राण राख्दछ हरे कहा बसेको छ त्यो ।
पत्नी वेगरको कटू जीवन हा.. काटू कसोरी मत्यो ।।७६।।

सम्पती जति होस कि वा गरीव होस विद्धाान वा दुर्मुख ।
जोडी जीवन एकता सकलले अत्यान्त मान्छन् सुख ।।
आशा के छ र खै नभै तिलु यहा कस्तो छ संसार यो ।
छैनन् ति तीलु नै भने उनी विना शुन्यै छ संसार यो ।।७७।।

माछाको बल आत्माभित्र जल झै जंगल छ सिद्धादिको ।
सारा मानिसर्ला भित्र दिलको पत्नी छ बल साथिको ।।
गर्न सक्छु र के म खै अब अझै छैनन् साहहरा कुनै ।
जेडी छन् जगतै भरी सब अरु एक्लो भएको म नै ।।७८।।

छोरा चार विभिन्न वृत्ती रत भै सन्तोषमा नै थिए ।
छोरी दूई वधु र पत्नी सहितै निर्वाह गर्दे थिए ।
दाम्पती सह भावना अपुग भै पत्नी विधिले हर्यो ।
वेला शान्ति लिने थियो तर रोएर बाच्नु पर्यो ।।७९।।

द्यौता किट पतङ्ग प्राणि सवले दाम्पत्यको सुख ।
मान्छन् भोग विलास भौतिक सबै संसार एकै मुख ।।
मेरी दौतरी दम्पती अनि उनै आकासको बादल ।
फाट्यो धाजर पृथ्वीको सतहमा पर्दे गयो खाडल ।।८०।।

मेला पार्क बजार पर्वहरु ती तीर्थादि देव स्थल ।
हुन्छनु गाना वजान उत्सवहरुहुन्छन् जहा मंगल ।।
देख्छु दम्पतिकै उपस्थिति अनि कल्पन्छ साह्रै मन ।
मेरो के छ र खै विराम यसरी एक्लो मर्यो जीवन ।।८१।।

कोही भौतिक विश्वमा रुमलिउन लागुन कुनै धर्ममा ।
कोही दुस्तर दुःखमा डुबिरहुन यदुवा कुनै हर्यामा ।।
अन्योन्याश्रीत दम्पती जगतले दुस्वान भूनी रती ।
पाउन्नन् धुव्र सत्य जीवनभरी एक्लो भयो दुर्गती ।।८२।।
केही सम्पति खानलाई वचने ठूला धना९यैहरु ।
कोही खान नपाई बाचिरहने मागेर खानेहरु ।।
सारा आर्थिक राजनैतिक नियम् समाजिकै भिन्न ती ।
संपूर्ण यहि भन्छ एक मतले भू स्वर्ग हो दम्पती ।।८३।।

कोही हुन त किसान यो जगतमा व्यापारमा मस्त हुन् ।
उद्योगै पति राजनैतिक बनुन जागीरमा व्याप्त हुन ।।
पोखी पूर्ण दिमाग स्वाथ्य बन्दै मस्तिष्कको सान्तवना ।
पाई वास्तवमा सफा दिल धुने दाम्पत्य हो जीवन ।।८४।।

सारा धर्म विवेक धैर्य क्षमता सद्भाव बुद्धि सब ।
निष्ठा नैतिकता दया अभयता व्यक्तित्व हो जब ।।
ब्रह्रा बिष्णु महेश वा सब गुरु रामादि अवतार नै ।
बीग्रेको इतिहास छन् रथहरु छुटेर दाम्पत्य नै ।।८५।।

यो संसार विचित्र छ यसमा छन् धर्म धेरै थरी ।
हिन्दु बैद्ध इसाई मुस्लीम जईन् क्रिश्चियनादि गरी ।।
चाहन्छ मानिसका विभिन्न रुपमा आडम्वरी साधन ।
साझा धर्म छ एक मात्र सबको दाम्पत्यको जीवन ।।८६।।

आफना ज्ञान विवेकमा वर बधु एकान्तका दम्पती ।
हुन्छन् तुष्ट निवास कुटि रसिलो आनन्दकै सम्पती ।।
भो एक्लो अथवा छुट्यो त जसको दाम्पत्य जीवन ।
हुन्छन् भौतिक साधानादि फजुलै उसका सबै कामना ।।८७।।

अर्काको उपदेशले सुदिनका टर्देन समवेदना ।
मेरो सारा गयो गईन जव तीलु के हुन्छ खोई बाचन ।।
छौ मेरा यदि क्वै र , साहस भए संसार पल्टाइद्यौ ।
बाची त्यो यमलाई भित्र मुटुकी मेरी तलु ल्याद्यौ ।।८८।।

जान्छु म घरवाट बाहिर कतै लाग्दैन मन फर्कन ।
हुन्छु फर्कन वाध्य सरि कन्था भयो जीवन ।।
मेरो यो मन भित्र वास्तव सयौ छन् कल्पनाको तन ।
कस्लाई भनि हुन्छ के, बरु यसै पिल्स्याउछु जीवन ।।८९।।

परमात्मा भगवान सदाशिव पनी पत्नी वियोगमा परी ।
घुम्नु भो जगतै मृतक् शरिर त्यो बोकेर बेसरी ।।
लेखेका इतिहासले यो हृदयमा बिर्सन्न त्यो क्वै गरी ।
बिसु आज कसोरी यो हृदयमा बिर्सन्न त्यो क्वै गरी ।।९०।।

इश्वर हुन र२ुनाथ तथापि उ पनि सीताजीको शोक परी ।
घुम्नु भो जगतै अथाह गतिले बौलाह जस्तै गरी ।।
उस्ता इश्वरले त खप्न नसकी पत्नी वियोगको कुरा ।
२िक्कार लाग्छ इतिहास हेरी ई कुरा ऐले भए वेसुर ।।९१।।

ब्रह्रा बिष्णु महेश राम  हरि हे तिम्रा पनि क्वै दिन।
पत्नीका संगको वियोग हुन गई रोएर घुम्थ्यौ वन ।।
भन्ने यी इतिहास नै जगतमा कत्ति नराखीकन ।
पत्नी मृत्यु हुने विधान विधिको गर्दे संशोधन ।।९२।।

यद्धा जोडि बनाई छुट्न नहुने बाधेर नीयमहरु ।
की जोडी दुइटै उही बखतमा मृत्यु हुने होस बरु ।।
की ता जोडि नभै हुने जगत चल्ने चलन सार कन ।
गर्दे यी परिवर्तनै सब नियमको गर्देउ संशोधन ।।९३।।

संसार जति छन् सबै प्रभू जि हे , सृष्टी भएकाहरु ।
मायी देखि लिएर कीट तकका प्राण्ी जती छन् अरुहरु ।।
जोडी सम्पतिकै म देख्छु रचना एक्लो कुनै देख्दिन ।
मेरो के अपराध भो र यसरी  शोक काव्य भो लेख्दिन ।।९४।।

सम्झीयो जती पल्ट छाति चिरिने रोक्नै नसक्ने गरी ।
आसु झर्दछ नेत्रवाट छहरा बर्षा ऋतुकै सरी ।।
मेरा अंग गले सबै शरिरका  चल्दैनन् हात लेखन ।
लाग्यो छोड्दछु लेख्न अव भने सोचेर क्वै देख्दिन।।९५।।

रोके लौ संम्झना हृदयमा बिर्सन्छु यो वेदना ।
स्वर्गेमा बस गै म भन्छु भगवान राखी दिए चेतना ।।
साह्रै शोख लिएर बस्नु तिमि हे इश्वर खुशी छन् सब ।
फेरी जन्म नलेउ हे तिलु तिमि आशिष यै हो अव ।।९६।।

जे जे  भो भै गो तथापि भगवान टर्दैन पर्ने कुरा।
शक्ति देउ मलाई झट्ट प्रभुहे सहेर बस्ने पुरा ।।
मान्ने माग नभै मलौ प्रभुजीको सेवा सधै गर्दछु ।
छोडी सब अब कार्य यो जगतको पाउ मनी पर्दछु ।।९७।।

आसा दम्पतिका थिए अझ कती पत्नी विधिले लियो ।
बेला शान्ति लिने थियो शिव हरे रोएर पो बाचियो ।।
लेखि दिन्छु र लेखनी कर दुबै बाधेर दश् अञ्जली ।
लेख्नैलाई नलाई दील म बसे दिएर तिलाञ्जली ।।९८।।

पत्नी भन्नु र पुत्र भन्नु भवमा के साध भो आखिर ।
सारा वस्तु अनितय रे छ बुझियो साचो कुरा के छ र ।।
यस्तो आखिरको असत्य विधिको तोडेर नाता अव ।
खाली एक कमण्डलु लिई संगै निस्कन्छु आजै अव ।।९९।।

पहिल्यै जन्म भयो छ जानु सब यो छोडेर एक्लै भनी ।
नाङ्गै जन्म भयो छ जानु पछि यो छोडी लगौटी पनी ।।
खाली पाप र धर्म मात्र संगमा जाने हुदा आखिर ।
यौटा कर्म धुने कमण्डलु लिई निस्केर जान्छु पर ।।१००।।
भाग ४
पिता वंश स्मरण १ देखि ५३

पिता(वंश) संस्मरण     

नौला वालगोपाल छन् उदयमान् प्यारा कलिला मुना ।
कोमल छन् रंग अरुणी सरी यिनी झरना सरि कामना ।।
डुलि फिरन्ते हिन्दुकुशका हिमधु जोशि सिलायी बुलन्दर ।
नेता अभिनेता लडाईका पूजा आराधाना शिवको परि भर   ।। १ ।।

सुन्दर घर जहान जोश जाघरका अल्मोडा डोया हुदै ।
तरे जनै र मर्नवाट जोगिन झुलाघाट महाकालि रुदै ।।
साथमा नानाभुना लिएर पश्चिम पहाड बाग्लुङ्ग पर्वत।
जोतिष हेरि पाङ्गवाट निराश निमुखा पुगे पुजारी गोरखा तक ।।२।।

जोश जाघर देखि मुसालमानले खेदे भारत देखि दरौदी ।
तरी मौजा पाए वीर महल शरदमा रागिनास टार र चिती ।।
निशाहय विमुखा हस्तिका घरजहान कृर्षि गुजार ।
थेग्न गाह्रो भयो चेलि घर आगन परप्रा संस्कार र भिन्न भए टुहुरिला।।३।।

न छ शान्ति चैन दिलमा राजी रोटीको ढवाङ्ग वज्दछ ।
नवज्ने विगुल समान कालभैरव र अंगिराका सन्तान दोषि निर्दयी चुसि मार्दछ ।।
वंश पूर्खा कुल पुराना लौह वनाई लादिने राजनिति।
घृणित र सातपुस्ता दुष्टमा श्रम मारि विते सेढाञ्ी जाती ।।४।।

कुन नौलो थियो रुख विरुवा खनिज खा२न्न पृथ्वि ।
चन्द्र सूर्य थिए पुराना नभ आकार जल श्रृष्टि कथि ।।
नासि कृतध्न स्वाठ हो कुन विकास प्रविधि र उन्नती ।
अंगिराका मुखाबाणिका ल्किष्ट सृजना हौ नमारे सेढाईको अव गति ।।५।।

जुठो वार्ने छारा बुहारीलाई माता पिताको १ बर्ष बार्नु ।
पत्निको पतिलाई,पतिको पत्नि पनि सोहि बिधानमा बस्नु ।।
सगोत्रि १३ दिन पुस्ता अनुसार पूस्तौनी दिनमा वार्नु ।
कन्यदान दिने ५ दिन र क्रियापुत्रि ४५ दिनमा चोखो रहनु ।।६।।

नहुशका धेरै रानिमा वाट सन्तान नभएपछि शाक थियो पुत्रको ।
पति मर्नवाट रोकि राजाको राज्य कान्छि रानिवाट सुकुति अज्ञात नामको ।।
सूर्यवंशि राजाका सन्तान सौताले बिष खुवाई मारिदिएछन् ।
शुष्क काष्ठ समान बच्चा जिलाई अगिराले राज्य चल्ने बनाएछन।।७।।

ज्ञान भक्ति इशका त्रिगुणमीका साक्षत ब्रम्हा मुखाविन्दका सन्तान सेढाई तिमि ।
अहिसा राज्य द्रोह मन बचन कर्मले सेवा नगर्न मर्न परेपनि ।।
त्यस्तै गृहणि छोरी चेलि बसुधा ज्ञान कौसल सिपका निपूर्ण ।
कतै दुख बल्झे पनि नहार्नु हिम्मतपूजा धर्म हो,नहोस अजिर्ण ।।८।।

पिता(वंश) संस्मरण २

के यो रंग भरयो अरे प्रकृतीले उव्ज्यो तुवालो किन ।
प्रफूलित लता लहरा, धरामा सागर बनायौ किन ।।
भोका पेटमा कसेर पटुकी आमा, फेरी बनायौ किन ।
लाखौ वोल अवोल टुहुरिला माथि गरिबि बजायौ किन   ।। १ ।।

शेषि तिम्रा अनेक दम्भ प्राण अल्पायो हिसांले ।
भाई वान्धव फूटाई नेपाली रुवायौ विनाश र भिक्षाले ।।
कति कल कारखाना उद्योग स्वाधिन कृपाले ।
जन पहरा भिर उनै प्रचार प्रसार तिम्रो घृष्टले ।।२।।

पिता(वंश) संस्मरण ३

मुकुट कर्मेमा सकल हिउ शिर ।
शान्ति सत्कर्म जगका शुद्ध खातिर।।
पग्लि अखण्डै निल नदी शुद्ध दह किन्नर।
किट पतङ्ग जनका प्राण धान्य खातिर   ।। १ ।।

मिलि गणक मेघमाला फुट्छन अति।
भाडा पेट सिचनका उपार्जन पानी कति ।।
कठिन दिनचार्य वनजङ्गल पहाडी भूधरा।
माटोढुङ्गो हो जीवन गति छ हरघर ।।२।।

स्थानै सुखि जनको माटो साक्षि छ तराई ।
कटुता वर्जित जडीवुटि कैलाश माथ छ।।
खेली जन संघियता कुल वंश साथ छ।
कसम खाई एकता प्राण्जन्य माथ छ।।४।।

गाउशहर भिर पहराको फाट पटेरी ।
स्वच्छता फेरी जलमा अपिल कृर्षिको दिई।।
झर्ना भंकार सुनगाभा गुरास खिल्दछ ।
भन्ज्याङ्ग दौराली हास्छ विरको माथ फुर्दछ।।५।।

चिज गर्ने काखि भरी लडाई छलि ।
ठाडा उकाला मैदान वेसि छन् तरेली।।
मायालुका भेषमा उकाली ओराली भिर। प्रमाद छौ ।
नेपाली कृर्षि जन्य रक्षा कवच पाउने छौ ।।६।।

काचाा जीवन रहे वित्छ जीव मायवी भेषमा।
दिलका प्रणय धुकुधुकी भरोसा देशमा।।
हाडै घोटी देशमै रहे युवा युवती।
बाच्दै कुटि पहरा हिमाली प्रतापले वचो तराई अति।।७।।

विरहमा खसे मोह परिवारको टिप्नु भाइले।
चुलि प्रभास टुक्रिएको मुटु जोड्नु चेलीले ।।
बन्धुत्व भागे समाजले बदाल्नु चाह।
पिरतीका मोह होसले प्रविधी विकास दिनु सप्ताह।।८।।

तिखा ढुङ्गो दूवो बुन्छ इशमा मन सजिलो।
भाष भुषा तनमा युगल हुनु ससिलो।।
लय झर्ना सरि मुलै सुकिलो कैलाश हसिलो।
बाचु कि जन छुटे मिलौ बाधमा माला सजिलो।।९।।

सूर्य जगमा लाली मानव सागर भरी ।
हिड्न भए भए वहमा मुटु जोड्ने गरि।।
विना परिश्रम विकास प्रविधिले तोड्दैन गरिव।
स्वास्थै खििस्कनु हुदैन चिन्तामा कृर्षिमा लेउ करिव।।१०।।

बाच घुमि फिरी थलो मुखको सुवधना ।
औसी रात सरि थैलो पृथक गर्नु धन।।
रोयो खनिज आसु खनि वैरमा जाने युवा युवती ।
शुभ लाली खै सरकार आकासमा घुर्छकी नेताको सद्बुद्धि।।११।।

परिचय भयङ्गकर नाङ्ग भिर पहरा वाझो भूधरा।
विकास खै गास वास कपासमा कृर्षि द्ध कुन घर ।।
खल्लो फटिट्क तिम्रा जलधरा विन प्रयासै।
अननत हासि रुनु ,वुझ लता कन्दरा सहशै।।१२।।

वंश परम्परा छातिमा टासि रुन्छन् कुना ।
उया उपकार भाष भुषा र वैरको तुना वुना।।
गाउ२र उपकारको वसुधा जीवन छ चुना चुना।
वीजुली गन्तिहि जडीवुटि चुडि प्रशोन छैन मुनामुना।।१३।।

लिपि मातृ भाषाको सस्तो उद्योग थररर ।
कृर्षि सुन्दर छ बाच वचाउ सकल जन भुधरा।।
दिई उन्नत विउ मल प्रविधिले बनोस हरोभरा।
वाच सुन्दर छ माटो गुलामी चाहिदैन मिल हरघर ।।१४..

पिता(वंश) संस्मरण ४

नेपाली कुल रक्षा वंशावली भाष कति ।
लेक वेसि तराईा रसमा जीवन जिउछ जति।।
जनको जन्म जीवन विषम के के कति ।
तृष्णा लगडा शुद्ध गिरी क्ण्ड अति   ।। १ ।।

खैलावैला छैन सुख द्ख कुशलका ।
उकाली ओराली ईच्छा आभुषणका ।।
चाँद चन्दन खुसिका नेपाली जाती र पोषण ।
झोरहरु घर थला रसमय छैन कुनै शोषण ।।२।।

खदिला खनिजका भिर मैदान गहकिला ।
स्थानिमानि जन खुल्दा कृर्षि प्रविधि गतिला ।।
डिलमा अननादी सरो दिई खोला घर थला ।
रक्षा हिमाल सकल चाँद यि थला ।।३।।

ढग वनैका गोपाल सरलता लुटाए ।
गुड सुकुल गुण्डाको अहम सदा घुटाए ।।
नाङ्गो थलो त्रिपुर मरुभूमि के जन कता ?
गढी गौडा वनवुटी चौतारीको शितल भुषणता।।४।।

कस्तुरी विना वास्ना तर्सउनी झरभिर ।
गौडा मैदान हरिया सानो थाली नेपाली उर ।।
वलिया कुशल जनपथका सकल भिड ।
प्रेमप्रणयमा एकता रम्छ गोर्खाली उर ।।५।।

डाडु पनिया विकासको खाना पस्किदे ।
युद्ध हिंस विश्व संशय जनवाट खोसिदे ।।
घर आँगन घमण्डका भ्रान्त सबै भासिदे ।
 प्यारा नयनमा प्रविधि जन समता वाधिदे ।।६।।

चुडि विश्व अहम लास के गर्छ धन ।
गलाई रोगले वन्धुत्व प्यारमा छैन किन मन?
प्रणय सकल कुलका लिई लोकमा तन ।
संशय युद्ध हतियार फाकि जोगाउ विश्व जन।।७।।

अणु टुक्रा अस्त्रवान रगत छुटछ की ?
दिल पथ्थरमा उन्माद प्यार फुट्छ की ।।
चन्द्र सूर्य नभ संशय भै धुवा गन्ध छुट्छकी?
हेर हात पाउ कति प्यारो कलि कालले चुड्छकी।।८।।

जल्दा बल्दा यो मन चेतनाको गति? गोला वारुद ।
भरि खल्लो वातवरण मरयो करुणा।।
नौला प्रकृतीकृत कुन जन हो दानव?
चुडी प्यार जन्मस्थल युद्ध चाहिदैन स्वाठ मानव ।।९।।

घर खर्क लेकवेसिमा हुक्यो मानवता ।
वन लता जंगल खनिजमा लहरायो संघियता।।
मनको तिर्सना टुङ्गो प्रदेश हलुका उ२ण्डता ।।
व्रहाण्डै शान्ति उपकारी एकता हो राष्ट्यिता।।१०।।

हतियार टाकुरा पर्वतको रक्षाका लागि ।
समाली हिमाल पहाड तराई घृण हिंसा त्यागि ।।
मन विकराल रोग विरजन झोलीको हैन अनुरागि ।
आऊ विश्व हात मिलाउ विकासमा हतियार फयाकि ।।११।।

मनको राज सेलाउने शुद्ध नदनदी ।
बुद्ध त्यागको तपोभूमि शान्तिको माली ।।
हिउ कोरा खाडि सदृश दृढ नेपाली अनुरागि ।
विश्व रोयो प्रेममा वान्धव त्यागले पद जिई गोर्खाली ।।१२।।

सिरको टोपी सगरमाथा ध्वाजा झण्डा देखाउ नेपाली ।
क्रान्ति मन विकार रोग गरिवी मारि विकार ठानी ।।
कला धर्म जन यहि शुन्दर नद नदी हिमाल रहे ।
जाती भाषा पुरा आयू नेपाली सदा जागे।।१३।।
cont====

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *