Skip to main content

तिलाञ्जलि सेढाई,Happy rhttps://www.blogger.com/blogger.g?blogID=5360773598766037523&pli=1#allposts

अामा बुबा



सेढाई :- 
आफनो अर्को नभन्ने सीलाईसेढाई बन्धुहरु।
गाउघर बाट नव्यूझेका आशातितहरु।।
एकाताले बाधेर श्रम सिप फैलाउ यहा।
मिलेर छरिएकालाई ल्याउन पाईन्छ जहाँ।।१।।

हाेस् चेली नाता वंशजका रक्त जन्महरु।
नाता मिलाई सबै गोलवन्ध हो सेढाईको।।
को के होईन? जन्म र वंश र रगत एउटै।
जन्म कला धर्म संस्कृती जात फेरीएनी एकै।।२।।

नर र नारीमा जन्म एकै हो सृष्टि फरक छ।
बाबुआमा एकै भिन्न होईन गुनासो व्यार्थ छ।।
सके भलो गरी आमा बाबु जस्ले सेवा गरे पनि।
हुर्कन्छ सेढाई धर्म निरुपेक्ष वन्छ सापेक्ष पनि।।३।। 
ईति
सेढाई वंशावलिःblogger
वि.स १७२१ शाके १५८६ कुमाउको झिर्जोडबाट हिडे सिलाई।
विर्ता पाए लम्जुङ्ग राघिनासमा लेखि सेढाञी जोशि।।
पश्चिम नेपालको कुमाउ गढवाल नैनीताल हुदै
अलमोडा बद्रीनाथ पहाड निवासी।कान्यबव्जि व्रम्हण थिए
नेपाली ज्यान र जनै जोगाउन महाकाली तरी झुलाघाटमा वसी।।१
 ३०० बर्ष पहिले औरङ्गजेव वादशाहाले जनै पहिरने वाहुन लखेड्दा।
तरी महाकाली वैतडीको रोराङ्गमा जीविका नहुदा।।
डोटीमा नागी मल्लको राजमा खानपिन र गरिविले छुदा।
रोजगारी गरि पेट र सन्तान पाल्न बाग्लुङ्ग हुदै लम्जुङ्ग चिति पुगे वंशज।।...
सेढाई
अंगीरस "सेढाई" बन्धु•THURSDAY, NOVEMBER 30, 2017 अंगिरस हिन्दू कुमाईलाई सेडाई, सेढाञी ,जैसी ,उपाध्याय - जोशी,सेढाई ,क्षेत्रि, शर्मा etc सिलायी,Sedhai,sedai,sedhayn...sedhain..joshi,upadhaya ......सेढाईहरूको अंगिरस गोत्र हो । नेपाल राज्य सेढाई हरूको नेपाली तपोभूमि, नेपाली तपोभूमि Birth place हो ।
लेखन : यी अकविता पढ्नेहरू पनि छन।मन नपरे नपढी मेटाउनु,मेरो कुरा यहीँबाट पढिदनु हजुर।म त दाजुभाइ दिदिबहिनीका कुरा लेखिएका समाग्रि तिर छु हजुर ।२६ जिल्लाका दुरदराजका गाउँ बस्तीबाट सेढाई दाजुभाइ दिदीबहिनीहरुकाे अनुराेध र अाग्रह अनुसारको लेखिएको छ।तथ्य भिन्न रहे,सुधारिने छ।कृपया अनावश्यक साेच,कार्य वर्जित छ।थप पछि क्रमश: हरि प्रसाद सेढाई याे बल्गका सामाग्रिकाे स्राेत सन्दर्भ सामाग्रीहरु १.महाभारत विभिन्न पर्वहरु,वेद,उपनिषद,धम्र्ग्रथ,सुक्ति उक्त्हिरु । २. योग इकाई ,मधुमेह मुक्त भारत अभियान १. गुरु योगी नरहरि नाथ यात्रा वृतान्त ४. नया करार भजन संग्रह र हितोपदेश,नेपाल वाईवल सोसाईटी ५. बिभिन्न मितिका पञ्चाङ्गहरु ६.निजि यात्रा र सेढाई सम्बन्धि खोज ६. इतिहास, डा. सूर्यमणि अधिकारी ८. बिभिन्न भाषका कुमाई सम्बन्धि

तिलाञ्जलि
तिलाञ्जली शोक काव्य
मेरी ममतामयी माता २०४१ सालमा स्वर्गेवास हुनुभएको र पछि अशोज २०४२ सालमा टिकाराम पौडेल सर बाट शुद्धाशुद्धि जाच गरीदिनु भएपछि तत्कालिन सम्झना प्रेस ठमेल काठमाण्डौ बाट पिताजी यज्ञ प्रसाद सेढाई बाट रचित तिलाञ्जली शोक काव्य
दुई शव्द
प्रस्तुत शोक काव्य यज्ञ प्रसाद सेढाञीजीको आशुको मोल मात्र नभई यसले अनय समावेदना पीडितहरुलाई समेत केही क्षण भए पनि ीितलता प्रदान गर्ने छ भन्ने मेरो धारण छ । स्वर्गीय आत्माहरुको स्मृतिका mागि पनि यस्ता रचनाहरुको महत्व रहन्छ। यति । पुष्पराज रेग्मी शि . शा. मा. वि. कुन्छा
भूमिका यज्ञैको रथ टुट्यो गिरीन छैनन् गईन् स्वर्गमा । लौ बुद्धि,हरि,सूर्य भाईसंगका हेर्नु विनोद सबैमा ।।हाम्रा यी सरसोती औ भगवती उद्योगमा लाउला । सबको कार्य पुरा गरे पछि म नै तिम्रा नजिक आउला ।। यज्ञ प्रसाद सेढाई


तिलाञ्जलि:
(स्व तिू कुमारी सेढाञी)
तिलाञ्जली
(शोक काव्य)
लेखक
यज्ञ प्रसाद सेढाञी
२०४२
प्रकाशक
यज्ञ प्रसाद सेढाञी

पहिलो संस्करण १००० प्रति
२०४२

तिलाञ्जली

लम्जुङ्ग पुर्काङ्ग निवासी श्री यज्ञ प्रसाद सेढाञी द्धारा रचित प्रस्तुत तिलाञ्जली शोक काव्य आद्योपान्त पढ्ने अवसर पाए ।उहाको अभिव्यक्तिलाई नविगारी छन्दोवद्धता तर्फ जतिसेको हेरि दिने जिम्मा लगाइए अनुसार यस काव्यको अध्ययन गरेको भएता पनि उहाको यो कविता शैलिबाट म प्रभावित भए ।
शोक ग्रस्त मानिसहरुको लागि ताप शान्ति गर्न यसले अवसर प्रदान गरोस र उहाको स्व श्रीमतीको मानव समाज बिषेशतः आफन्तहरु) मा स्मृति रहि रहोस भन्ने कामना गर्दे कलम रोक्छु ।
टीकाराम पौडेल
शिक्षक शान्ति मा .वि.
कुन्छ लम्जुङ्ग ।

दुई शव्द

प्रस्तुत शोक काव्य यज्ञ प्रसाद सेढाञीजीको आशुको मोल मात्र नभई यसले अनय समावेदना पीडितहरुलाई समेत केही क्षण भए पनि ीितलता प्रदान गर्ने छ भन्ने मेरो धारण छ ।
स्वर्गीय आत्माहरुको स्मृतिका mागि पनि यस्ता रचनाहरुको महत्व रहन्छ। यति ।

पुष्पराज रेग्मी
शि . शा. मा. वि. कुन्छा
लम्जुङ्ग
२०४२।६।६

तिलाञ्जलि ः 1 to 100

गौरीका सुत हे विनायक चरण पर्छु नमस्कार गरी ।
ब्रह्रा विष्णु हरी सदा शिवजिका केवल् चरण्मा परी ।।
बिन्ती गर्छु प्रभो मलाई अहिले शरण् लिनु होस् भनी ।
लेख्छु यो कविता विरक्त मनले अल्पेर पत्नी पनी ।।१।।

कहा बास थियो कसो हुन गयो राखी म माथी दया ।
ल्याई जन्म दिनु भयो धरतीमा मनुवष्य चोला भए ।।
यो ब्रह््राण्ड भरी त मलाईहरले पर्ने छ मर्नु पनी ।
सारा यो प्रभूको लिला  छु ,बुझियो नाटक् सरी कै भनी ।।२।।

आयो यो शनिको दशा अति ठूलो एकचालिसै सालमा ।
अड्नैलाई पनि अती कठिन भो वित्यो सबै कालमा ।।
सम्झी त्यै उपहार हार प्रभुका खुशी गराई मन ।
दिएथ्यौ भगवान् विचित्र भवमा जोडी वनाई कन ।।३।।

शोक्ले व्याकुल छन् जहान घरका काढेर आशू सबै ।
खेल्छौ नाटक यो  विरहमा हेर्नोस् प्रभू नै सधै ।।
बन्छौ पात्रहरु तिलू सहितका बाधेर दुई अञ्जली ।
लेख्छाू आसु भरी पुरा गहभरी दिन्छु म तिलाञ्जली ।।४।।
छोरा छोरी mबुहारी पत्नि दुई भै निर्वाहको खातिर ।
संपूर्णै विधिले जुटाई दिनु भो खुसि थियौ आखिर ।।
पत्नी तीलवती सहस्र गुणकी बत्तीस लक्षण् वनी ।
स्वर्गै तुलय बनाई खुसि मनले बस्थ्यौ सबै सन्तती ।।४।।

राता ओठ कपोललोल अघिकै राम्रो अति नै तन ।
काला केश सुरम्भ्य मुख हसिलो तिनको सफा आनन ।।
सेता दाडिमका विया सरहका ती झल्ल दन्तावली ।
शोभा चन्द्र निधारको हरघडी हेर्थिन मलाई छली ।।६।।

तिलुका ती गुण वयान अहिले मैले कसोरी गरु ।
सम्पूर्णै विधिले धरातलै भरी फैलाई देओस् बरु ।।
आयो दीन दशा गयौ ढलमली तत्काल तीलु तिमी ।
लाग्यो घातक रोग मात्र वीचमा मुर्छा पर्यौ हा तिमी ।।७।।

कान्तीपूर चल्यौ छिट्टै दुईजना छोरा रहन्छन् त्यमहा ।
तत्कालै उपचार गर्न दगुरे डाक्टर रहन्छन्  जहा ।।
रोगको नाश हुनेछनी भनि वरि भर्ना भई खाटमा ।
सारा वान्धव भाई नातिहरु ती तिम्रा थिए साथमा ।।८।।

भर्ना भै कन फेरि केही दिनमा चिरफार भो ज्यान त्यो ।
सञ्चो भो भनि हामी खुव रसियो कान्ति नि राम्रो थियो ।।
सात दिनकै दिनमा अति खुसि हुदै हासेर भन्दी भयौ ।
पाल्नुहोस घरमा भनि मकन ता छोडेर जादी भयौ ।।९।।

लागयो घातक रोग त्यहि अघि पनी धेरै गरयौ औषधी ।
सारा निश्फल नै भए तर थियौ सन्तोष जस्तै तिमी ।।
तिम्रा के अनुभव थिए मरणमा मर्मान्त दर्हाइनौ ।
थियो की डर मृत्यूको हृदय वा चाल नै पाइनौ ।।१०।।

मैना मंसिरको सत्ताईस गते सन्ध्या परेको थियो ।
तिम्रो सुन्दर त्यो मुहार सहसा के भो त्यसै वैलियो ।।
आशा जीवनका हटे अव गए सुत्नै भनी पल्टियौ ।
बोली अन्तिम वाक्य एक क्षमा संसार नै बिर्सियौ ।।११।।

तिम्रो त्यो अनुहारका किरण नै फ्रुस्रा अध्यारा भए ।
आखामा जल ढल्पलाई सहसा विस्तार आकासिए ।।
पानी्र एक मुठी घुटुक्क ननिली सर्लक्क संसार यो ।
छाड्यौ हाय कठै गयौ तिलु तिमी सारा अध्यारो भयो ।।१२।।

तिम्रा ती परिवार नाती र वधू छोरा हितैषी अरु ।
स्वामी देवर वैनि साथ दिदि औ सम्पूर्ण छोराहरु ।।
आखामा टिलपिल आसु भरदा हेरी रहेकै थियौ ।
आयो अन्त्य समाधि निश्चल हुदै सारा रुवाई दियौ ।।१३।।

आयो देह विसाउने विवशता  पस्यौघरामा तिमी ।
वाध्यौ आसन मृत्युको शिव हरे त्यो मृत्यु शैइया भनी ।।
छाड्यौ प्राण तिलू र स्नेह ममता के देख्नु मैले पर्यो।
कठ्ठै त्यो झलमल मुख शव भो छोप्नु मलाइृ परयो ।।१४।।

आखामा भरि आसु टल्पल कठै मलाई हेरी रह्यौ ।
केही भन्छु कि झै गरयौ तर कहा बोल्थ्यौ र निसासियौ ।।
पारी भ्रान्ति मलाई हाय सहसा आखा घुमाई दियौ ।
मेरो के अपराध भो र तिमीले एक्लो बनाई दियौ ।।१५।।

सारा इन्द्रिय शक्तिको बिषयमा कस्तो भएको थियो ।
छातीमा पसी अग्नि दनदन् बले जस्तो छ की ठानियो ।।
धाराको जल खान उत्सुक थियौ आमूल रित्याउन ।
तै पर्याप्त भएनकी प्रिय कठै सन्ताप मेटाउन ।।१६।।

छोरा क्वै पर छन् नदेखि मुख नै मर्ने भए भन्दथ्यौ ।
छोरा नाति बुहारी त्यै शहरमा सारा जुटाई लियौ ।।
भन्थ्यौ नित्य म पापिनी तिलु तिमी हौ खास सत्यवती ।
छोराकै बसि काखमा तिमी पुग्यौ तत्काल नै बाग्मती ।।१७।।

तिम्रो त्यो सहसा मुहार मलिनु हेरु कसोरी म हे ।
धागा सिंन्दुरले म पार्थिव शरिर् श्रृगार गर्नु र के ।।
ऐले हे भगवान विचित्र विधिको के देख्नु मैले परयो ।
दाम्पत्ती रथ यो विगारी अवयव् गर्दे नगर्नु गर्यो ।।१८।।

हेर्देमा झलमल त्यो शरीरमा दागा कसोरी दिउ ।
हेर्नेलाई कठिन् भयो अझ कठिन आफै कसोरी जिउ ।।
अग्नीका र सूर्यका किरणले तर्सेर भाग्थ्यौ पर ।
ऐले शान्त शरीरमा अग्नी बलेको छ र (तर ) ।।१९।।

क्वै भन्दैन तथापि त्यो शरिरले के देख्नु मैले पर्यो ।
साथैमा लिई जाउ भन्छु म पनी बाचेर खै के गर्यो ।।
हेर्दैमा भईगो शरीर चरचर् भक्ष्माग्नि भो दाहले ।
सारा अङ्ग समाप्त भो शिव हरे के हैर्छ त्यो दैवले ।।२०।।

नेत्रै बन्द हुने भए पनि बरु सन्तोष खुव् पाउथे ।
कि साथै लगि जाउ भन्छु तिलु हे तिम्रै त्यकी आउथे ।।
खप्नेथे जति कष्ट हुन् तर पनी सर्वस्व जे होस खती ।
बाच्नैलाई कठिन् रहेछ बुझियो पत्नी बिनाको पती ।।२१।।

एकछिन अघि मात्र पुत्रहरुले आमा कि आमा भनी ।
लाग्यो प्यास कि वा भयो असजिलो कस्तो छ ऐले भनी ।
सोध्थे किन्तु मुहुर्त एक नहुदै नागा.ै तितामा लगी ।
राको बन्दन लाउछन् शिव हरे त्यै देहमा त्यस्तरी ।।२२।।

केही चीज पतङ्ग वा पवनले हल्का गरी छोइदा ।
तर्सन्थ्यौ नि असाध्यसित प्रिय हे बृष्टी बढी पाईदा ।।
ऐलै त्यो उहि ज्यू बल्यो हररभै ज्वाला सहन्छयौ कती ।
टुक्राई मन हेर्छु आसु बटुली धिक्कार हो जिन्दगी ।।२३।।

तिर्खा भोक विलास मुक्ति र सुधा सर्दी र गर्मीहरु ।
सारा ज्ञान विवेक स्वाद अथवा दारीद्रय निन्द्रहरु ।।
सारा नाच लिने शरीर भगवान् ऐले अवस्था छ यो ।
बाकी देख्न्नि क्वै बढी चरचरी सारा खरानी भयो ।।२४।।

पत्नी श्री ममता लुरी प्रियतमा जेठी र तीलु तिमी ।
सारा नाम लिएर स्नेह विधिले डाक्थे म आउथ्यौ सुनी ।।
आजै त्यो विधिको विधान कसरी पल्टाउदै ईश्वर ।
ऐले प्रेत भनेर अञ्जलि दिनु पारी दियनै आखिर ।।२५।।

प्यारो प्राण गयो शरीर पनि गो तिम्रा सबै सन्तती ।
वेहोस् भै विमूढै हुदै सब गिरे विक्षीप्त जस्तै कती।।
डाको पूर्ण विलाप रोदनहरु रोके कडा ली मन ।
धोको फेर्न सकीन रोई म स्वम् धिक्कार मेरो मन ।।२६।।

चन्दन सिन्दुर फूल पीत कपडा लाएर राम्रोसित ।
मोटर मानिसका संगै हजुरमा लानु भयो खै कता ।।
आउ लौ सब लीन हामीलाई यो रोइए रहेछौ सब ।
भन्छन् बालक बालिका अव कहा खोजी म ल्याउ अव ।।२७।।

रुन्छन् बालक बालिकाहरु कठै आमा हजुर खै भनी ।
गर्छन् खोज लास मौन घरका कोठा र चोटा पनी ।।
सोध्छन् आउनु हुन्न वा हजुरमा भन्दै विलौना गरी ।
भन्छन् छाति चिरिन्छ चरचर मुटु चर्कन्छ उस्तै गरी ।।२८।।

हिन्दु आस्तिक भावना लिई पुरा आधार धेरै लिई ।
छोडिी अन्धा परम्परा स्थिर थियौ धर्मे महा मन दिई ।।
सारा सन्ततीको भविष्य प्रतिको जप्दै ठूला चाहना ।
दिन्थ्यौ अर्ति पनी खुला हृदयले लिन्थ्यौ ठूलो कामाना ।।२९।।

मेरो अन्त्य हुनेछ निश्चय छिट्टै आशा सबै छाडिए ।
जे हुन यी मनमा भए जति कुरा पातलमै गाडिए।।
गर्दे जाउ तिमी सदा शुभ कुरा सबको छ यस्तै गती ।
राख्नु आस्तिक भावना हृदयमा सत्कर्मगामी मती ।।३०।।

बेला माफिक आफूलाई सबैले सानो र ठूलो भन ।
आफनो शाान बाचर्य आत्मा बलले सम्झेर जाउ झन ।।
सानाको पनि अर्ति राख्दा सबले त्यो सत्य नै हो भने ।
ठूलालाई गिराउ नैतिक बनी अन्याया देख्छौ भने ।।३१।।

श्रद्धाले गर धर्म कर्म सबले औकात हेररीकन ।
श्रद्धा वेगर मुक्ति हुनन कहिल्यै खर्चेनी थुप्रै धन ।।
आफनै पद्धतीमा मान गरदै गर्नु क्रिया कर्म ती ।
यै हो मानव कर्म पूर्ण युगको कत्व्र्य नै सम्पपती ।।३२।।

बुबाको उपदेश लेउ बुझ त्यो अमृत नै हो भनी ।
भन्थ्यौ नि दिल शान्त राख्नु सदा कतर््व्य यहि हो भनी ।।
बाबुलाई नरुवाई पालन गरे धोको छ मेरो अती ।
बाको लक्ष्य पुरा गराउन सबले गर्दे सदा उन्नती ।।३३।

सम्झाए घर यो सिंगार सबले छोरा बुहारीहरु ।
राख्नु मेल मिलाप बन्धुहरुमा छोडेर स्रिागहरु ।।
कैल्यै गर्न भलो हुदैन झगडा बस्नु सबैमा मिली ।
तिम्रा यी उपदेश सन्तति प्रती सम्झीरहेछु तिली ।।३४।।

प्यारो देवरलाई भाई सम्झी तिम्ले गर्यौ जो कुरा ।
पायौ देवरबाट अन्त्य क्षणमा आफनु जुटाई पूरा ।।
जिम्मा छन् पति सन्ततीहरु सबै रक्षा गर हे भनी ।
सुम्पी देवरलाई भल्चल्ती रुदै समल्छु ऐले पनी ।।३५।।

कुन्छाको यस भेक गौली थरमा जन्मेर सात बर्षमा ।
दाम्पत्ति विधिले त जोडिन गर्यौै पुर्काङ्गको गाउमा ।।
भोगयौ सुख र दुख केही दिनको काठमाडू मै अल्पीयौ ।
पाउ मर्न म काखमा हजुरको भन्थ्यौ पुराई लियौ ।।३६।।

सातै बर्ष थियो उमेर दुईकै दाम्मपत्यमा जोडियौ ।
स्वतन्त्री वय त्यो विशिष्ट विधिले गृहस्थमा मोडियौ ।।
लागेथ्यौ सुख दुख वोकी संगमा यो दीर्घ यात्रातिर ।
आजै यो ममता छुटी तिलु तिमी एक्लै गयौ आखिर ।।३७।।

छोरा बालक छन् कमाई कहिले हासेर खान्छु र म ।
आमा लाउनुहोस भनि कर दुवै जोडेर थाप्छु र म ।।
भन्थ्यौ भर्खरै वृतिमा सुत सबै लागि खुसी नै थियौ ।
पाइनौ फल खान हाय अधुरो आशा लिदै अल्पियौ ।।३८।।

गर्छन उन्नति सर्वदा सुत तथा कर्मेष्ट मेरो पती ।
भोगौला सुख जन्य वास्तव कुरा नेपालका सनतती ।।
यस्तै आश र भावना हृदयमा राखी वितायौ दिन।
पाइनौ यि कुरा यथेष्टरुपमा सन्तोषले भोगन ।।३९।।

नातामा गृहणी गुरुत्व गुणकी आमा भएकी थियौ ।
सारा काम गृहस्थको सब लिई फूर्सद मलाई दियौ ।।
ऐले सेवक छौ कहा तिमी कठै मै शाकको गायक ।
देउ स्वप्न मलाई आउ तिलु हे सललाह खुव् लायक ।।४०।।

सोह्रैबर्ष थिए र कर्म गतिले मातृ टुहुरो भए ।
त्यस्को स्नेह सरयो तिलु तिमी सितै आजन्म यै सम्झिए ।।
आजै यो भवको डूव्यो तरणी नै अल्झेर मै पोखिए ।
आमाको टुहुरो भएपछि पनी तिम्रो वियोगी भए ।।४१।।

जैले सम्म थियौ नि हे तिलु तिमी नाता हजारौ थिए ।
छाडी आज गयौ हटाई ममता सारा विराना भए ।।
खाली एक म नै विरक्त मनले तिम्रो लिए तल्लिन ।
घुम्दै छु भवमा तिलु तिमी बसे स्वर्गीय द्यौ मन्दिर ।।४२।।

छाडी स्वार्ग गयौ कठै धरतीको के मोह लाग्ने छ र ।
बस्दीहौ कि त देवता पनि स्वम् छाडी मलाई पर ।।
सम्झन्छु म सदा वितर्क मनले सम्झेर के पाउछुू ।
भन्देउ यमलाई लौ खवर दे तिम्रो सगै आउछू ।।४३।।

रन्को आउद्ध कानमा हरघडी सर्लक्क क्वै सुन्दिन ।
आखामा तिलु आउछौ हरवखत हेरेर क्वै देख्दिन ।।
तिम्रा खेल अनेकका नजरमा आई यहा वेसरी ।
पार्छन् भ्रान्त मलाई नित्य तिलु हे बाचु स्वमु के गरी ।।४४।।

आउथे म कतै गएर घरमा लीएर खुसि मन ।
आउथ्यकी झटपटनै तिमी नजिक छोडेर काम काज् मन ।।
सोध्यौ प्रश्न छ भोक प्यास अरु क्वै संभार गर्ने कुरा ।
सम्झन्छु दिलभित्र झल्झल अझै स्वप्नासरी भै पुरा ।।४५।।

मेरा निम्ति गरी सदा टहल त्यो मौका मिलाई दिई ।
मेरै खातिर कष्टका कति कुरा पर्वाह नै क्वै नली ।।
गथ्यौ क्वै परिवर्तनादी घरमा मेरा भए दुगुर्ण ।
तिम्रा ती गुउमा म पुग्न कहिले सक्छु र खै सक्दिन ।।४६।।

धेरै ती मनमा भए  जति कुरा भन्नै पनि पाइनौ ।
धोको फोई दिई सबै मन यहा जानै मिी पाइनौ ।।
ऐले लाग्दछ हे तिलु तिमी सितै खडकेर क्वै यो दशा ।
पायौ जान हतासियो कि अथवा के भो गयौ खै कता ।।४७।।

मेरो जीवनकी थियौ धुकधुकी ऐले कहा के भयो ।
इच्छा छैन मुटु चटक्क सहसा चुडेर साथै लयौ ।।
साथी हीन कतास दीन बटुवा जानी सुधा छर्कियौ ।
गल्ति केहि भए सुधार तिमीले स्वाप्ना दिदै आइद्यौ ।।४८।।

तिम्रो वास कहा हुदैछ अहिले कस्तो छ त्यो जीवन ।
गछयौ के सुख खुख के छ कसरी काटी रहिछौ दिन ।।
मेरो केहि छ याद कि दिलमहा वास्ता कुनै छैन की ।
किन्तु केहि नहोस् वताउ सपना झल्काई एक छीन की ।।४९।।

आओस दुख म माथि नै तर तिमी सुखी रहू ।
नारी धर्म बचाउने गुणहरु ति नित्य राखी रहू ।।
तिम्रो मत्र्यपती प्रती शुभ विचार कैल्यै नमेटी लिनू ।
फेरी जन्म लियौ भने धरतिमा आएर भेटी दिनू ।।५०।।

हिन्दु संस्कृित जन्म कर्म विधिले पुत्रादी जेजती ।
सेवागर्न सके खुलस्त मनले सन्तोष लेउ सतिी ।।
तार्किलो मन पूर्ण हुन्न कैहिल्यै खैचेर थन्काउनु ।
केह ीगर्न सकिन जीवनभर माफी मलाई दिनू ।।५१।।

मेरा माइती मावली र घरका नाता र बन्धु सबै ।
हुन्छन् मान्य परान्तु क्वै दुख परे हुन्न कुनै ती कवै ।।
भन्थ्यौ नित्य हजुर नै हृदयको सर्वस्व औ सम्पती ।
रक्ष ागर्न सकिन मृत्यु मुखमा कैले भए खै पती ।।५२।।

नाता अन्य कुनै विशिष्टहरुमा एकान्त हुन ती सबै ।
पत्नीको पती ,पत्नी मान पतीको हुन्नन् अरुमा कोहि।।
सम्झी राखी सदा ममा गृहणीले त्यो जीवन सुम्पियो ।
आफनो स्वार्थ नरादी किन्तु पतीकै चिन्ता लिदै अल्झियौ ।।५३।।

मृत्युको डर छैन कत्ती मनमा लाग्ने हजुरकै पिर ।
यस्तो जीवन गुज्रला विदूरता आएर खै आखिर ।।
पत्नी दिव्य जुटाई देउ भगवान ,त्यागी सबै माधुरी ।
भन्थ्यौ आशीष स्वर्गवाट दिउला विर्सन्न त्यो क्वै गरी ।।५४।।

भन्छन् कोही असाध्य छन् नरम ती साह्रै मिलनसारकी ।
भन्छन् केही गरिब छन् ती धनकी प्यारो अति पारखी ।।
भन्छन् क्वै करुणवती र मनकी साह्रै धनी छन् भनी ।
छाती फूल्दछ ढक्क गदगद् हुदै तिम्रो प्रशंसा सुनी ।।५५।

जस्तै दुख परेनी भित्र मनमा चिन्ता नराखी कन ।
पाए मान र धन् भनी कन पनी हर्षित नवन्ने मन ।।
तिम्रो साहस धैर्यता र क्षमता मेरा थिए पाखुरा ।
छोडी हाय गयौ तीलु तिमी वैले सबै आकुरा ।।५६।।

तिम्रा भित्र हजार स्नेह विधिले जम्मा हुदै क्वै दिन ।
गर्थे पूर्ण सहायता हृदयले आज्ञा लिदै झन झन ।।
कठ्ठै सून्य छ त्यो हरे कचहरी के भो कसैले पनी ।
सोधी खोजनी सम्म छैन किन हो साथी कहा छन् भनी ।।५७।।

इच्छा क्वै मनमा थिए गहकिला तीर्थादीको दर्शन ।
जाने खास हिमालमा अझ बढी लिन्थ्यौ ठूलो भावना ।।
सारा त्यो पनि कालकै वस परयो इच्छा हुदामा पनी ।
कस्तो पूर्ति नभई तिलु तिमी सारै छ धोको भनी ।।५८।।

सोध्ने फूर्सदनै भएन क्षणमा खड्कन्छ मनमा अझै ।
कस्तो मूर्ख भएछु लाग्छ मनमा धिक्कार दिन्छु सधै ।।
मनको आत्म कथा अरुसंग कहा पोखेर के हुन्छ खै ।
देउन लाख ति सान्तवना तर क७ै के शान्ती पाउ म खै ।।५९।।

शान्ती हुन्छ मलाई त्यै दिन तिलु मेरो भए त्यै गती ।
होला भेट रमाई स्वर्गपुरमा निश्चित भै दम्पती ।।
कस्तो यज्ञ थिए कि वा म धनको कस्तो थिए लायक ।
कस्तो तुच्छ विचार छि म मनको कस्तो हू नालायक ।।६०।।

जस्तो भाव र प्रेरणा अघि थियो तिमै थियो कारण ।
तिम्रो हिक्मत आटले अघिसरी हाक्थे नि इन्द्रासन ।।
सारा व्योम र धर्तीका चिजहरु पाउछु की झै गरी ।
ढुक्कै साथ विताउथे दिनहरु तिम्रै भरोसा परी।।६१।।

देखिन्थ्यौ मनमा झलक्क कहिले हासी रहेकी बसी ।
देखिन्थ्यौ  कि त नाती काख वीचमा राखी पलेटी कसी ।।
देखिन्थ्यौ  कि त बैनी औ दिदीसंग आफना हितैषीसित ।
देखिन्थ्यौ  कि त वातचित गरदी धेरै जसो मै सित ।।६२।।

घरका आगन छेउ द्धार अथवा भण्डार भान्छा महा ।
तर्कारी फलफूल दूध दही जो मथ्दै रहेको वहा ।
हेर्छु जत्ति म खाली खिनन मनले हेर्दा सधै बाहिर ।
झल्किन्थ्यौ तिमी हसिलो मेरै तिलु आखिर ।।६३।।

केही दुख र सुखका क्षणहरु प्रारव्ध हो भन्दथ्यौ ।
बर्सन्थे जति दुख हेर तिमीमा हासेर नै टर्दथे ।।
तिम्रा सत्य र आट धैर्यहरु ती सम्झन्छु मैले जब ।
उर्लन्न् मन भीत्र शोक लहरी उर्लेर के भो अब।।६४।।

थाकी दिक्क बनी सही दुख हरु साथी लिदै क्वै घर ।
ढीलो आउ की वा छिटो विनयले गथ्यौ तिलु आवर ।।
मेरा मित्र सबै यी हुन भनि तिम्रो संस्कार दशाउथ्यौ ।
सारा कष्ट थकाई झञ्झट सबै हासेर विर्साउथ्यौ ।।६५।।

आउलान कति कष्टहेरु म उपर सल्लाह को दिन्छ खोई ।
लाग्लान रोग कति शरीर बिचमा के हुन्छ को सोध्छ खै ।।
जीउ कर्कर खान्छ को सित भनु सोचेर सुन्ने छ को ।
लाग्यो भोक कि या बुझेर मनको खान्छौ भनी सोध्छ को ।।६६।।

सारा देव र देवी मान्छु तर ती मेरा भएनन् कुनै।
मान्छु मित्र हजार सर्त नमिले आपलना हुदैनन् कुनै ।।
यौटै सत्य र स्वार्थहीन मनको मेरो तिलु नै थियौ ।
मेरो जीवन आधिका लहरमा एक्लो बनाई गयौ ।।६७।।

लाग्यो रोग भने कुनै बिषयको चिन्ता पर्यो क्वै भने ।
आपद् या व्यवहारका बिषय पर्ने गयो के भने ।।
मौकामा उपचार कारणहरु पत्ताा लगाईै स्वम् ।
गथ्यौ म२त गर्छ खै अव त कोनीराश मै छु स्वयम्।।६८।।

मेरो यो दिल अन्धकार छ सदा बल्दन् र बत्ती कहा ।
खोजी गर्दछु शान्तीको मनमनै भेट्छु र शान्ती कहा ।।
देख्छु झलझी नेत्रका वरिपरी मेरो तिलु कै रुप ।
कस्ले जान्दछ यो बिना अनभवै मार्मिक आत्मिक रुप ।।६९।।

संसारी सुखमा उपस्थिति थियौ दाम्पत्य जो त्यो गयो ।
एकलो जीवन भो म गर्छु अव के सारा कुरा पोखियो ।।
थन्क्याउ मन यो कहा र मइले आधार नै मासियो ।
मेरा निम्ति समस्त आज पृथ्वी पातलमा भासियो ।।७०।।

ऐले गर्छु प्रयत्न विर्सन कहा विर्सेर विर्सन्छु र ।
दैवी दुर्घटना विधान विधिको  टारेर के टर्छ र ।।
बिर्सी दे मनबाट यो जगतको अन्तिम् लिलाको घडी ।
भन्छुनित्य कदापि हुन्न मुटुमै चस्कन्छ पारो गडी ।।७१।।

भन्नेथे घटना हजार मन यो सम्झाई टर्थो भने ।
आसुले म नुहाउथे नयन यी रोएर हुन्थ्यो भने ।।
फोरी छाति दिने थिए चरचरी चिरेर हुन्थ्यो भने ।
लाग्यो उग्र वयाथा गड्यो ह्ृदयमा मस्तिष्क नै चस्कने ।।७२।।

सुन्देउ दिलको व्याथा भनी सदा कस्लाई चिच्याउ र।
कस्ले बुझ्छ मर्म भित्र मुटुको बुझेर के गर्छ र ।।
गल्दै जान्छ कुहिन्छ यै हृदयमा नासिन्छ त्यो अन्तमा ।
कस्ले सुन्छ त्यो र दुख नरको संसारको अन्तमा ।।७३।।

घीउ त्यो दहीमा छ स्रिी उखुमा आगो छ बास काठमा ।
हावा झै नभमा समस्त पृथ्वी नै सत्य छ आधारमा ।।
ऐले सार विहीन तत्व म भए एक्लो चखेवा सरी ।
मेरो यो गुड छोडी हे तिलु उड्यौ एक्लो मलेवा सरी।।७४।।

मेरो देख्न नपाउने यी दुईटा लोचन फुटेनन् किन ।
सुन्छु बोली पराईकै श्रवणमा जाली फुटेन किन ।।
जाउ के म लिएर के नि संगमा पाउ उचाली कन ।
पत्नी वेगर बाच्नु पर्दछ भने मृत्यु असल हो झन ।।७५।।

यो संसार भरी म देख्छु सबको दाम्पत्य जीवन ।
सारै रुन्छ कहाली लाग् किन हो आतिन्छ भित्री मन ।।
अल्झाई किन प्राण राख्दछ हरे कहा बसेको छ त्यो ।
पत्नी वेगरको कटू जीवन हा.. काटू कसोरी मत्यो ।।७६।।

सम्पती जति होस कि वा गरीव होस विद्धाान वा दुर्मुख ।
जोडी जीवन एकता सकलले अत्यान्त मान्छन् सुख ।।
आशा के छ र खै नभै तिलु यहा कस्तो छ संसार यो ।
छैनन् ति तीलु नै भने उनी विना शुन्यै छ संसार यो ।।७७।।

माछाको बल आत्माभित्र जल झै जंगल छ सिद्धादिको ।
सारा मानिसर्ला भित्र दिलको पत्नी छ बल साथिको ।।
गर्न सक्छु र के म खै अब अझै छैनन् साहहरा कुनै ।
जेडी छन् जगतै भरी सब अरु एक्लो भएको म नै ।।७८।।

छोरा चार विभिन्न वृत्ती रत भै सन्तोषमा नै थिए ।
छोरी दूई वधु र पत्नी सहितै निर्वाह गर्दे थिए ।
दाम्पती सह भावना अपुग भै पत्नी विधिले हर्यो ।
वेला शान्ति लिने थियो तर रोएर बाच्नु पर्यो ।।७९।।

द्यौता किट पतङ्ग प्राणि सवले दाम्पत्यको सुख ।
मान्छन् भोग विलास भौतिक सबै संसार एकै मुख ।।
मेरी दौतरी दम्पती अनि उनै आकासको बादल ।
फाट्यो धाजर पृथ्वीको सतहमा पर्दे गयो खाडल ।।८०।।

मेला पार्क बजार पर्वहरु ती तीर्थादि देव स्थल ।
हुन्छनु गाना वजान उत्सवहरुहुन्छन् जहा मंगल ।।
देख्छु दम्पतिकै उपस्थिति अनि कल्पन्छ साह्रै मन ।
मेरो के छ र खै विराम यसरी एक्लो मर्यो जीवन ।।८१।।

कोही भौतिक विश्वमा रुमलिउन लागुन कुनै धर्ममा ।
कोही दुस्तर दुःखमा डुबिरहुन यदुवा कुनै हर्यामा ।।
अन्योन्याश्रीत दम्पती जगतले दुस्वान भूनी रती ।
पाउन्नन् धुव्र सत्य जीवनभरी एक्लो भयो दुर्गती ।।८२।।
केही सम्पति खानलाई वचने ठूला धना९यैहरु ।
कोही खान नपाई बाचिरहने मागेर खानेहरु ।।
सारा आर्थिक राजनैतिक नियम् समाजिकै भिन्न ती ।
संपूर्ण यहि भन्छ एक मतले भू स्वर्ग हो दम्पती ।।८३।।

कोही हुन त किसान यो जगतमा व्यापारमा मस्त हुन् ।
उद्योगै पति राजनैतिक बनुन जागीरमा व्याप्त हुन ।।
पोखी पूर्ण दिमाग स्वाथ्य बन्दै मस्तिष्कको सान्तवना ।
पाई वास्तवमा सफा दिल धुने दाम्पत्य हो जीवन ।।८४।।

सारा धर्म विवेक धैर्य क्षमता सद्भाव बुद्धि सब ।
निष्ठा नैतिकता दया अभयता व्यक्तित्व हो जब ।।
ब्रह्रा बिष्णु महेश वा सब गुरु रामादि अवतार नै ।
बीग्रेको इतिहास छन् रथहरु छुटेर दाम्पत्य नै ।।८५।।

यो संसार विचित्र छ यसमा छन् धर्म धेरै थरी ।
हिन्दु बैद्ध इसाई मुस्लीम जईन् क्रिश्चियनादि गरी ।।
चाहन्छ मानिसका विभिन्न रुपमा आडम्वरी साधन ।
साझा धर्म छ एक मात्र सबको दाम्पत्यको जीवन ।।८६।।

आफना ज्ञान विवेकमा वर बधु एकान्तका दम्पती ।
हुन्छन् तुष्ट निवास कुटि रसिलो आनन्दकै सम्पती ।।
भो एक्लो अथवा छुट्यो त जसको दाम्पत्य जीवन ।
हुन्छन् भौतिक साधानादि फजुलै उसका सबै कामना ।।८७।।

अर्काको उपदेशले सुदिनका टर्देन समवेदना ।
मेरो सारा गयो गईन जव तीलु के हुन्छ खोई बाचन ।।
छौ मेरा यदि क्वै र साहस भए संसार पल्टाइद्यौ ।
बाची त्यो यमलाई भित्र मुटुकी मेरी तलु ल्याद्यौ ।।८८।।

जान्छु म घरवाट बाहिर कतै लाग्दैन मन फर्कन ।
हुन्छु फर्कन वाध्य सरि कन्था भयो जीवन ।।
मेरो यो मन भित्र वास्तव सयौ छन् कल्पनाको तन ।
कस्लाई भनि हुन्छ केबरु यसै पिल्स्याउछु जीवन ।।८९।।

परमात्मा भगवान सदाशिव पनी पत्नी वियोगमा परी ।
घुम्नु भो जगतै मृतक् शरिर त्यो बोकेर बेसरी ।।
लेखेका इतिहासले यो हृदयमा बिर्सन्न त्यो क्वै गरी ।
बिसु आज कसोरी यो हृदयमा बिर्सन्न त्यो क्वै गरी ।।९०।।

इश्वर हुन र२ुनाथ तथापि उ पनि सीताजीको शोक परी ।
घुम्नु भो जगतै अथाह गतिले बौलाह जस्तै गरी ।।
उस्ता इश्वरले त खप्न नसकी पत्नी वियोगको कुरा ।
२िक्कार लाग्छ इतिहास हेरी ई कुरा ऐले भए वेसुर ।।९१।।

ब्रह्रा बिष्णु महेश राम  हरि हे तिम्रा पनि क्वै दिन।
पत्नीका संगको वियोग हुन गई रोएर घुम्थ्यौ वन ।।
भन्ने यी इतिहास नै जगतमा कत्ति नराखीकन ।
पत्नी मृत्यु हुने विधान विधिको गर्दे संशोधन ।।९२।।

यद्धा जोडि बनाई छुट्न नहुने बाधेर नीयमहरु ।
की जोडी दुइटै उही बखतमा मृत्यु हुने होस बरु ।।
की ता जोडि नभै हुने जगत चल्ने चलन सार कन ।
गर्दे यी परिवर्तनै सब नियमको गर्देउ संशोधन ।।९३।।

संसार जति छन् सबै प्रभू जि हे सृष्टी भएकाहरु ।
मायी देखि लिएर कीट तकका प्राण्ी जती छन् अरुहरु ।।
जोडी सम्पतिकै म देख्छु रचना एक्लो कुनै देख्दिन ।
मेरो के अपराध भो र यसरी  शोक काव्य भो लेख्दिन ।।९४।।

सम्झीयो जती पल्ट छाति चिरिने रोक्नै नसक्ने गरी ।
आसु झर्दछ नेत्रवाट छहरा बर्षा ऋतुकै सरी ।।
मेरा अंग गले सबै शरिरका  चल्दैनन् हात लेखन ।
लाग्यो छोड्दछु लेख्न अव भने सोचेर क्वै देख्दिन।।९५।।

रोके लौ संम्झना हृदयमा बिर्सन्छु यो वेदना ।
स्वर्गेमा बस गै म भन्छु भगवान राखी दिए चेतना ।।
साह्रै शोख लिएर बस्नु तिमि हे इश्वर खुशी छन् सब ।
फेरी जन्म नलेउ हे तिलु तिमि आशिष यै हो अव ।।९६।।

जे जे  भो भै गो तथापि भगवान टर्दैन पर्ने कुरा।
शक्ति देउ मलाई झट्ट प्रभुहे सहेर बस्ने पुरा ।।
मान्ने माग नभै मलौ प्रभुजीको सेवा सधै गर्दछु ।
छोडी सब अब कार्य यो जगतको पाउ मनी पर्दछु ।।९७।।

आसा दम्पतिका थिए अझ कती पत्नी विधिले लियो ।
बेला शान्ति लिने थियो शिव हरे रोएर पो बाचियो ।।
लेखि दिन्छु र लेखनी कर दुबै बाधेर दश् अञ्जली ।
लेख्नैलाई नलाई दील म बसे दिएर तिलाञ्जली ।।९८।।

पत्नी भन्नु र पुत्र भन्नु भवमा के साध भो आखिर ।
सारा वस्तु अनितय रे छ बुझियो साचो कुरा के छ र ।।
यस्तो आखिरको असत्य विधिको तोडेर नाता अव ।
खाली एक कमण्डलु लिई संगै निस्कन्छु आजै अव ।।९९।।

पहिल्यै जन्म भयो छ जानु सब यो छोडेर एक्लै भनी ।
नाङ्गै जन्म भयो छ जानु पछि यो छोडी लगौटी पनी ।।
खाली पाप र धर्म मात्र संगमा जाने हुदा आखिर ।
यौटा कर्म धुने कमण्डलु लिई निस्केर जान्छु पर ।।१००।।



My father is still walking,talking live in kathmandu he is 85 years old,so i remember sedhai happy page,please read.
जिउदो याेगदानकाे कदर-अामा बुबा

Comments

  1. पिताजिकाे सहस्रचन्द्र दर्शनमा द्वितीय संस्करण प्रकाशित छ।उहाँ २०७७ कार्तिक २५ द्ववादशिमा ८७ बर्ष उमेरमा ब्राह्मलिन हुनुभयो ।

    ReplyDelete

Post a Comment

Popular Posts

Labels

Send a message

Name

Email *

Message *