Skip to main content

ब्रहाण्ड,चेतना,शक्ति,सृष्टि r

विनितसेढाई

समयमा नीति, नियम, कथा, काहानी तथा श्लोक र आफूले पढ्न सक्ने वयत तक ।
पढी रामायण, देवी भागवत, कृष्ण चरित्र, आचरका कितावको प्रेरणाबाट आध्यात्मीक ।।
चिन्तनको बिजाङ्कुर स्वज्ञानले पृष्ट भूमिमा रही घर परिवार, जीवीकोपार्जन, लागी भौतिक ।
शिक्षा,कर्तव्यको समय अन्तर्गत उमेरले वित्दै जादो विषयमा चिन्तन मनन हो त रौनक ।। १

न शुन्य आकाशको परिधि वा व्रहाण्डमाहुने प्रकृतिको विषयमा आफ्नो मस्तिष्कले सम्भव ।
सुधारी दिनु प्रेरणाबाट यो द्वैत रहीत अद्धैत सनातन –वैदीक) दर्शनलाई बुझि असम्भव ।।
नाशवान शरीर जुन भौतिक जगतमा आफू –म भाव विहिन यो जीवात्मा बास छ बुझ ।
चेतना प्रकृति चैतन्यको स्वरुप जीवनउर्जा सक्रिय मूल घर (परब्रह) मा नै फर्काउन खोज ।। २

छोटो बसाईमा कर्मयोग र ज्ञानयोगले जन्म सोधन गरी जीवात्माको जीवन यात्रा बन्द गर ।
तिम्रा प्राकृत शरीरले गर्ने कर्म, ज्ञान, वैराञ्य र भक्तिनै आत्मा साक्षात्कार भई  लक्ष्य धर ।। ३

बुझि ब्रहाण्डका यी फरक–फरक भिन्न दुई विषय हुन एक अर्काका पूरक पनि ।
हो,सृजना र विनाश,जीवात्मा र शरीर, ईश्वर र ब्रहाण्ड,दृश्य र अदृश्य छ नी ।।
बनि अद्धैत र द्धैत जगका समुल स्थावर र जङ्गम या पिण्ड संचालन शिरोधार्य ।
हुन्छ कुन द्रष्टा र दृष्य मित्रवत बनि फरक बिषयमा सृष्टि,जेय जन्मका छ कार्य ।। १

बुझ ल व्रहाण्डको सारतत्व त अविनासी तथा अपरिवर्त्निय संसारमा रहेको छ ।
उही जीवात्मा, आत्मा तथा ईश्वर चेतन उर्जा बनी सार सृष्टि के को सार त्यही छ ।।
संम्झि नाशवान तथा वदलिरहने संसारमा,पृथ्वी र सम्पूर्ण खगोलिय जडपिण्डहरु जुन ।
छ आकाशीय पिण्डमा रहने महाभुतादी सहितका गतिविधि र प्राणी,वनस्पतीहरु रहुन ।। २

ब्रहाण्डका शक्तिशाली उर्जा –

छ चेतन उर्जा,फलतः यस उर्जालाई ईश्वर, पुरुष, द्रष्टा आदि वाट सम्वोधन हुन्छ ।
यो स्थीर र अविनाशी,जसको जन्म र मरण नभएको, आकाश र समयसीत गोलवद्ध छ ।
फगत नाभकीय चराचर र जगको के उ? धैर्य सरश ध्यान किन केन्द्रित बनि दिन्छ ।
जुन संर्व व्यापक भई साकार र निराकार अध्यात्मिक विज्ञानवाट चेतनाको खोजी मिल्छ ।। १

अर्को जडउर्जालाई प्रकृति, दृष्य, संसार आदिले सम्वोधीत छ,जुन समय अन्तर्गत बन्धित ।
भई नाशवान र परिवर्तनशील, ज्ञान र भौतिक विज्ञानवाट अनुसन्धान हुन्छ,सबै सम्बन्धित ।।
रही समयले संचालन गर्दा,दुवै उर्जाको संयुक्त मिलन विना पृथ्वीमा अन्तरिक्षका सृष्टि छ ।
चेतन उर्जालाई पुरुष र जड उर्जालाई प्रकृति मानि मिलन भएपछि ब्रहाण्डको क्रम चल्छ ।। २

अब त पिण्डहरुमा प्राणी र वनस्पतिको उत्पति बन्छ,सृष्टिको प्रक्रिया छ ।
यी चेतन उर्जाको क्रमले जीव सृष्टिमा प्राणी र वनस्पति उत्पति रहिरहन्छ ।।
बुझे कारक तत्व पुरुष र प्रकृतिनै स्त्रि र पुरुष, भाले,पोथी, वायु र पराग हुन् ।
यी पुरुष र प्रकृतिको अंशबाट निमित्त कारक तत्वहरु गतिशील र उर्वारक छन् ।। ३

ब्रहाण्डका आधारभूत विषयहरु ः–

चेतना शक्ति –ईश्वर) भनियो उत्पतिनै अज्ञात बनि यसैबाट प्राणी र वनस्पति जगतपनि ।
रही जीवात्माहरु गतिशील छन् ,जीवसृष्टि चेतनाशक्तिबाट र पिण्ड सृष्टि जडशक्ति छ नी ।।
रही समय –काल),उत्पतिको विषय अज्ञात छ,समयनै प्राणी र वनस्पतिको जन्म, मृत्यु हो र ।
के उत्पति, विनाश, नैमित्तीक प्रलय र प्रकृति प्रलयका कालखण्डहरु उही संलग्न नरहेको छ । ।। १

देख्ने आकाश –खाली ठाउँ) उस्तै अज्ञात के यसमा खगोलिय जडपिण्डहरुको उत्पति छैन र ।
प्रलय,विनाश क्रम छ,पिण्डको गति क्षेत्र, खेल्ने ठाउँ त सबै ब्रहाण्डको पृष्ठभूमि आकाश भएन र ।।
कुन पदार्थ (द्रव्य) ः– समय अन्तर्गत उत्पति र विनाश भएन तत्वमा,पदार्थबाट अन्तरिक्ष छैन र ।
जहाँ खगोलिय जडपिण्डहरुको निर्माण , विनाश , सृष्टि र जीव सृष्टिको गति संचालन चलेन र ।। २
गति ः
बुझ ब्रहाण्ड भित्र रहेका ग्रह, नक्षत्र, तारा तथा तारापुञ्ज र उल्कापिण्डहरुमा स्वभाविक गति छ ।
बनि चाल अनुसार निरन्तर आफूभन्दा ठूला ग्रह,पिण्डलाई उही अविरल परिक्रमा गरिरहेका हुन्छ ।।
गतिशिल समय र प्रारब्धको अधिनमानै जीवात्मा ब्रहाको सृष्टिको निरन्तरताको लागि सहकर्मि बन्छ ।
क्रम जीव आत्मानेर हुदै भु–मण्डल र अन्तरिक्षमा स्थुल र शुक्ष्म शरीरमा जीव बशीभूत घुमिरहन्छ ।।

कर्म ः

कर्म योगी प्राणी,वनस्पति जो कर्म नगरीकन एकछिन पनि रहदैनन् र जीवात्माको वास छ ।
यो नाशवान पार्थिव शरीरको रक्षार्थ, गाँस, बाँस, कपासनै आपूर्ति,शरीरमा र आत्मा बस्छ ।।
जीलाई परमात्मा परमेश्वरमा समयनै लय गराउने कार्यमा आधारित कर्महरु विस्मृत रहन्छ ।
नगरी असल कर्म,भोग,शरिर क्षणभर रहन्न,निमित्त उनैको ज्ञान बिज्ञान,माया,बास्न चुडि ढल्छ ।। १

परिवर्तन ः

किन प्राणी तथा वनस्पति जन्म मरणको घुमाउरो चक्रमा कुन जुनीले निरन्तर घुमिरहन्छ ।
फेरी चोला जन्म लिनु,हुर्कनु, बढ्नु र मर्नु प्राणी तथा वनस्पतिको नियमित प्रक्रिया न हुन्छ ।।
काल,समय समयमा अन्नतः आकाशमा रहने ग्रह, नक्षत्र, तारा उल्का पिण्डमा परिवर्तन छ ।
रही पृथ्वीमा समुन्द्र गुजरा पहाड बन्छ, पहाड समुन्द्र बन्छ चट्टान तथा ग्रह, उप–ग्रह सब छ ।। १

यावत भौतिक तथा रासायनिक परिवर्तन रहन्छ, छ अन्तरिक्ष ,अग्नितत्वमा समाहित बन्छ ।
खगोलिय जड पिण्ड समयान्तरमा ध्वस्त हुन्छ,समस्त आकाश शुन्य मा रहन्छ, खाली हुन्छ ।। २

आर्कषण ः

बिज्ञानमय सिद्धान्त एउटा खगोलिय पिण्डले अर्काे खगोलिय पिण्डलाई तान्नु,क्रिया र प्रतिक्रियमा ।
बनी शक्ति एक– आपसमा सन्तुलन भएर आफूभन्दा ठूला पिण्डका वरिपरि स–साना पिण्ड सबमा ।।
निरन्तर परिक्रमा गरी यहाँ चन्द्रमाले पृथ्वीलाई घुम्नु, पृथ्वीले सूर्यलाई घुम्नु, सूर्यले आकाश जस्तै ।
तारा पुञ्जिय केन्द्र विन्दुलाई घुम्नु, पृथ्वीका सबै पदार्थहरु पृथ्वीमा नै खस्नु, आकाशमा नजानु, उस्तै ।।

म,मेरो ः
जीव,तिम्रो “म” प्राणीको स्थुल शरीर भित्र रहने ईश्वरीय उर्जा शक्ति ॐ –अउम) को भाषामा ।
बोली,साक्षात परमात्मा परमेश्वरको स्वरुप तृप्त अंशनै जीवात्माको रुप लिएर प्राणीको शरीरमा ।।
उही समय रही सृष्टिलाई निरन्तरता दिई, म अजन्मा र अविनाशी तत्व स्वचालित छ निरन्तर ।
जागी स्रोतकेन्द्रवाट भू– मण्डलमा आउने र भू– मण्डलबाट स्रोत केन्द्रमा फर्कने गर्छ  बारम्बार ।। १

हेर त“मेरो” म ले धारणा गरेको या म को वासस्थान प्राणीको शरीर लाई मेरो किन भनिएछ ।
जो नाशवान भएर जन्म मरणको चक्रमा वन्धित,हैसियत शमसानघाट हुदै पञ्च महाभूतमा लुक्छ ।।
बुझि“मेरो आफ्ना” को अर्थनै शरीरको आफ्ना, श्रीमती, छोरा, छोरी, बाबु आमा, दाजुभाइ नशनाता ।
वंश कुल दिदी वहीनी तथा नाता कुटुम्व इष्टमित्र,प्रिय, बन्धुबान्धवहरु आफना मेरोका खाता पाता ।। २

अहो,रजोगुणीका धन सम्पत्ति, जग्गा जमिन भिन्न,भौतिक सामान र साधनहरु मेरो आफ्ना बने ।
जीवन,शरीर जीवित रहेसम्म ती सवै मेरा आफ्ना शरीर नाश भएपछि शरीरको नाता छुट्छ भने ।।
नाताको अस्तित्वनै हराई पशुकै जीन्दगीको जीवन यात्रामा जोतिएर मेरा आफ्नाको कुन जन बने ।
विवेकमा पालन पोषण गर्दा गर्दै शरीरलाई समयले मृत्यूको पंजाले नाता छिनी विवेक शून्ये छ रे ।।

विकर्षण ः

किन खगोलिय ग्रह पिण्डहरुमा समयको अन्तरालमा रासायनिक,भौतिक परिवर्तन आउछ ।
कसरी विस्फोटन भई टुक्रा, टुक्रा हुनु, नाश हुदै यी पिण्ड अर्काे पिण्डमा ठोकिनु, जुध्छ ।।
उही, विस्फोटन,अन्तरक्षिमा छरिएर रहनु, आफ्नो स्वतन्त्र अस्तित्वमा हुनु,एक–आपसमा ।
टकराव र आन्तरिक तनाव, ज्वाँलामुखी, भूकम्प बनीे प्रलय कालखण्डको छ अन्तरमा ।। १

गतिशील ः

आकाश गंगा,तारा पुञ्जको केन्द्रविन्दुबाट सूर्य ३० हजार प्रकाश वर्ष टाढाको दुरी रहनु ।
सूर्यबाट करिव १५करोड कि.मी टाढा पृथ्वी,पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय कि.मी हुनु ।।
सूर्यले तारापुञ्जिय केन्द्र विन्दुलाई २५ करोड वर्षको समय फन्को मार्दै परिक्रमा गर्दाछ ।
सूर्यलाई आ–आफ्नो कक्ष परिक्रम,समय अनुसार दिन र रात कायम गतिशिल भईरहन्छ ।। १

ब्रहाण्डमा सूर्यको उदय तथा अस्त त पिण्डको दैनिक घुमाइबाट सूर्यले दिने प्रकाशनै हो ।
गति पिण्डकै गोलामिक सतहले छेकी आफ्नै छायाँ आफैमा परेर दिन र रात भएको त्यो ।।
बुझनु अन्नत शुन्य आकाश भित्र अणु, परमाणुका उर्जा,ग्याँस तथा आगोले भरिएर रह्यो ।
जुन पिण्डनै नेहरीका नामको पदार्थबाट साना–ठूला असाङ्ख्या पिण्डहरुको आविस्कार भयो ।। २

यीनै ग्रह, नक्षत्र, तारा तथा उल्का पिण्ड भनि,समय अन्तरले तातो रः सेलाउँदै उही रह्यो ।
जुन पिण्डमा प्राणी,वनस्पति बाँच्ने,बन्यो तातो र अति चिसो हुँदा गाँस वासको अवस्था बन्यो ।।
फलतः अन्तरिक्षका सबै पिण्डहरुमा प्राणी र वनस्पतिको बासस्थान हुन नसकी,आकाशमा रहे ।
बुझनु ग्रह, पिण्ड,नक्षत्रहरुको क्रम निरन्तर घुमाइरहने शक्ति गुरुत्वाआकार्षण शक्ति आशिन भए ।। ३

सकाम कर्म ः

आशनै यह लौकिक कर्म,सुख दुःखमा कर्मको फल प्राप्त गर्ने लालसा तथा इच्छा लिप्तमा गरिन्छ ।
छैन मोक्ष,जन्म, मरणको चक्रमा रहन्छ,जीव पृथ्वीमा जीवित रहदा स्त्रि, छोराछोरी, धन सम्पत्ति छ ।।
समय सुख दुःख भोक ऐश्वय पाउन कर्मलाई यह लौकिक कर्म र मृत्यु पछिको अन्तरिक्ष। पिण्डहरु ।
किन स्वर्ग, नरकमा बाँच्दा  प्राप्त हुने भोग ऐश्वर्यको विषय अन्तरवस्तु पारलौकिक कर्म छ,सकामहरु ।। १

निस्काम कर्म ः

उही यह लौकिक कर्मले धर्म, अर्थ, काम मोक्षको आधारशीलामा अडिएर नाशवान शरीरभित्र बस्छ ।
कुन आत्मालाई परमात्मा परमेश्वरमा मिली गरिने कर्मलाई निस्काम कर्म छ, कर्मफललाई चाहन्छ ।।
सबै कर्महरु भगवानमा नै समर्पित छ,जीवात्मा कर्म बन्धनमा छैन,जन्म, मरण तथा स्वर्ग, नरक कुन ।
देह छुटकार छ,जीव आत्माको परमात्मा परमेशवरको मिलनमा छ,यही सत चित आनन्द परमधाम हुन ।। १
जन्म ः

हो,चेतना प्रकृति र जड प्रकृति सबैका पञ्चमहाभूतिय समिकरणले पृथ्वीमा प्राणी,वनसस्पति जगत छ ।
ढाली शरीरको निर्माण त जड प्रकृतिको इन्जिनियरिङ छ,उर्जा भर्ने काम चेतना प्रकृति क्रमबाट हुन्छ ।।
न विज्ञानले चेतना प्रकृतिलाई संचालन गर्न सकिरहेको छ, आकाश वायु, अग्नि, जल र पृथ्वी शरीर कुन ।
कसरी निर्माण छ,संयन्त्र यी सत्व, रज, तम, गुण र माहाभूतबाट नै भिन्न किसिमका रुपरङ्ग आकार हुन ।। १

यसरी शरीरको निर्माण तथा उत्पति छ,जहाँ संयन्त्रमा चेतन उर्जा,पृथ्वीको माटोमा अनुकुल बनि रहन्छ ।
जुटी वातावरण, अनुकुल मात्रा, समयको मेलले पृथ्वीले हरमा प्राणी तथा वनस्पतिको उत्पति भइरहेछ ।।
जहाँ जन्म तथा उत्पतिको लागि प्रकृति र पुरुष –चेतन तत्व र जड तत्व) का प्राणीको रज र विर्य बने ।
जमिनको बाफ, शरीरको पसिनाले,वनस्पतिमा वायु र पराग निमित्त कारकतत्वको चेतन उर्जागतिशील भए ।। २

मृत्यु ः

जान्नु प्राणीको मृत्यु स्वभाविकमा उमेर ,अवस्था, समय सकी,बृद्ध पार्थिव शरीरबाट चेतन उर्जाको मृत्यु छ ।
अचानक,भिन्न स्रोतले आक्रमण गरी शरीरबाट चेतन उर्जा बलत अवस्थामा प्राणीको अस्वभाविक मृत्यु बन्छ ।।
हिंसा लडाई झगडा, प्राकृतिक प्रकोप, सवारी साधन,अकल्पनीय स्थितीनै अस्वभाविक मृत्युका कारक तत्व हुन् ।
बुझ स्थुल शरीरबाट शुक्ष्म शरीर छुट्टिनु, अलग हुनु,प्राणवायु बाहिर निस्कनु,जीवात्माले बूढो, पूरानो शरीर जुन ।। १

सोच,जीवात्माले पनि शरीरलाई बदली आफ्नो पुख्यौली घरमा फर्कदैन तव सम्म शरीर बदलि मृत्यु बन्छ ।
निस्की शरीरबाट चेतन उर्जा शक्ति,भू–मण्डलबाट  जीवात्मा अन्तरिक्षमा निवाश गर्नु शरीरको मृत्यु हुन्छ ।।
होकी प्रारब्धको संचित भोग समाप्ती,शरीरबाट चेतन उर्जा बाहिर निस्कनु नै मृत्यु वा कालचक्र जीवमा छ ।

प्रलय ः

यहाँ प्रलय छः उत्पतिसंगै सबै विषय र वस्तुलाई  काल (समय) ले समायान्तरमा नाशीन्छ सत्यमा ।

रहन्न मानिस, पशुपक्षि, किटपतङ्गको जन्म, उत्पति छ ती पलपलमा मृत्यु पनि भैरहका समयअन्तमा ।।
न अन्तरिक्ष,पिण्डका निर्माण पछि विनाश –पतन) हुने प्रक्रिया चरमबाट शुन्य अवस्था बनी प्राकृतिक ।
छ नियम नैमितिक र प्रकृति प्रलय नामाङ्कन छ, चेतन उर्जालेनै प्रलय,शून्य आकास निराकारनियम एक ।। १

जहाँ जीवात्मा –आत्मा) हरु परमात्मा परमेश्वरप्रति जवाफदेही बनी,मानिसको नाशवान शरीरल धर्र्छ ।
जागी योगले जीवात्मा र परमात्माको मिलननै प्राणी तथा मानिसमा रहने आत्मालाई जीवात्मा पर्दछ ।।
निराकर रुपमा धर्म स्थापना भई प्राणीकै योनिमा जन्म –अवतार) लिएर साकार शरीर साकार निराकार छ ।
साकार र निराकार ब्रहा, विष्णु, महेश्वर पनि साकार रुप ब्रहा, अविनाशि योगमाया पुरुष अजन्म रहुनुहुन्छ ।। २
प्रलय ः

ब्रहाण्डमा शक्तिको निराकार रुप,सृष्ट्रिको कालखण्डमा जड शक्ति असन्तुलनमा रहनु प्रलय भनियो ।
चेतन शक्ति साकार अवस्थानै निराकारमा परिवर्तन हुँदा जीव सृष्ट्रिको प्रकृया बन्द हुनु प्रलय भयोे ।
प्रकृतिमा विखण्डन,अवरोध आउनु र प्रलयपछी चेतना र जड शक्तिहरु विन्दु स्वरुप,शून्य अवस्था छ ।
ब्रहाण्डका गतिविधिहरु निष्कृय भई पृथ्वीमा घटिरहने नियमित गतिविधिका घटाना चक्र क्रमहरु  छ ।। ४

सार्थक तत्व ः


हो त्रिगुणमयी मायाँमा,रहने तत्व सत्व, रज र तम। नश्वर शरीरमा रहने जीवात्मा, आत्मा बुझे  ।
समय भूत, भविष्य, वर्तमान सृष्टिमा बिषय जहाँ परा र अपरामा रहने मूलप्रकृति(चेतन पुञ्ज) भए ।।
सृष्टि संचालन त पिण्डमा आधारित छ चराचर जगत – गति भएका प्राणी र गति नभएका वनस्पति सब ।
स्थावर, जङ्गम यी चेतनशिल प्राणी र वनस्पति,चेतना नभएका पहाड, पर्वत, खोलानाला नदी, चट्टान गौरब ।। १

सबै सजीव तथा निर्जीव ती आत्म जीवात्मा  र आत्मा स्वरुपका जीवात्मा नभएका विषयवस्तुहरु कुन तत्व ।
अमर तथा नासवान छन,परमात्मा,परमेश्वर,भगवान –आत्मा) बाहेक अरु जन्मने अजम्बरी छैन,यही हो सत्व ।।
समय विषय वस्तुहरु नाशवान,महाभूत –जड प्रकृति) मा नै विलिए छ,प्रलयमा चेतना तत्व ब्रहामानै लय  छ ।
सृष्टि संरचना ब्रहाले काम गर्ने शक्ति, चेतन शक्ति परब्रह चेतनाप्रकृति÷ज्योर्ति्लिङ्ग भनि धरा र जगमा जागृत छ ।। २

चलि सृष्टि अपराप्रकृतिलाई जड प्रकृति÷अष्ट प्रकृतिका आकाश, वायु, अग्नि, जल, पृथ्वी, मन, बुद्धि, अंहकार रहे ।
जानी प्रकृतिका गुण तथा भगवानको त्रिगुणमयी मायालाई सत्व, रज र तम बुझ चराचर जीव आत्मा सत्यमा भए ।। ३

साकार (मायावी) सृष्ट्रि ः

यो भू–मण्डलमा प्राणी र वनस्पति उत्पत्तिको नियमित प्रकृया,क्रमलाई साकार सृष्ट्रि भनियो ।
हो चेतनसत्ताको सारतत्व बीर्य (विज) एक शरीर वा रुपबाट अर्काे शरीरमा परिवर्तन भैरह्यो ।।
पूर्व र हालको समयमा विभिन्न नामधारी र प्राणी र बनस्पतिहरु साकार सृष्ट्रिका उपज हुने यो ।
मायवी अवस्था सकिदा चेतनामा मूल शक्ति निराकर रहि सृष्टिक्रम त चराचरमा चलिरहेयो ।। १

निराकार सृष्ट्रि ः

समय र अवस्थामा चेतनाको मुल शक्ति साकार वा निराकारमा परिवर्तन थियो,प्राणी तथा वनस्पति जगमा ।
उही रहेका समस्त जीवात्माहरु, पितृहरु, देवताहरु, विभिन्न स्वरुपका आत्माहरुले क्षेत्रबाट परमात्मा मिलनमा ।।
त्यही परमेश्वरमा आपसमा मिलन भई एउटै स्वरुपको निराकरमा शुषुप्ती अवस्थामा रही,समय सापेक्ष हुन्छ ।
साविक अवस्थामा देखिने विषय लुप्त छ,केवल एक मात्र शक्ति देख्नेवाला मात्र बांकी निराकार सृष्टि रहन्छ ।। १

विर्य ः

स्वत ः चराचर जगतमा विज दुई किसिमको स्रोतबाट जीवसृष्ट्रिमा प्राणीको शरीर र वनस्पतिका रहेको छ ।
लता,वृक्षदीबाट प्राप्त हुने विर्य क्षणिक र नासवान रहेर यी मैथुन कर्म र बायु तथा परागसेचनको सम्पर्क छ ।।
क्रियाशील त समयले उत्पति र समयले नै नाश गरी, चेतन उर्जाको श्रोत परमात्मा परमेश्वरको अंश रहन्छ ।
प्राप्य विर्यलाई जीव –जीवात्मा) शेष अविनाशी र अपरिवर्तनीय तत्वले ब्रहाण्डलाई ढाकेरे निराकारमा एकाकार छ ।। १

यी प्रलय,काल,समयबाहेक अन्य समयमा विर्य गतिशील र कृयाशील भै प्रकृतिबाट उत्पति भएर प्रकृतिमानै बस्छ ।
जुन प्रकृतिका निराकारमा हराइसकेकी छिन,समय सालमा विजको उत्पति र लय हुने प्रकृया दोहोरी रहेको हुन्छ ।।
सृष्टि त पञ्चमहाभुतिय समिकरणबाट विज तत्वको साकार रुप उद्भिज्जा, स्वैदजा, अण्डजा र जरायूजा जातहरु  ।
मानव, पशु, पंक्षी, किट,पतङ्ग र वनस्पति जगत प्रजातिहरुमा विर्य जड उर्जाबाट उत्पति,चेतना र जड प्रकृति बरु ।। २

बुझनु पञ्चमहाभुतका गतिविधिहरुले विभिन्न किसिमका विजका रुपहरु,प्राणीको शरीर र वनस्पतिको वृक्ष समान छ ।
उसो त अधिकारवादीले यी विनास हुदा जड विर्य पनि शरीर र वृक्ष अपराध भनि किटान र बाच्न पाउने बताउनु छ ।।
वीज जुन समय संगसगै समाप्त छ तर जीवात्मा रुपी चेतन विर्य अविनाशी बनि प्राणको रुपमा बोल्ने र नबोल्ने त छ ।
जहाँ जहिले पनि बलबानका तेज ओजमा जन्मधिकारी वीर्य न नास्नु ,दान र जीव चेतन छ,सबल प्राणी हर्षित यसैमा छ ।। ३


चेतना ः

बुझि चेतनाकै श्रोत अनन्त आकाशमासंगै ढाकिएर रहने अदभुत उर्जा ,जुन सर्वव्यापक हुन्छ ।
नदोखने, आगोले नडढ्ने, हावाले नउडाउने शस्त्रले काट्न नसक्ने, पानीले गलाउन नसक्ने छ ।।
यस्को आकार, रुप, रंग, गन्ध, शब्द तथा स्पर्शको इन्द्रियले अनुभव गर्न,बुझन थाहापाउन्न नी ।
रही निराकारमा शुन्य स्वरुप, साकार अवस्थामा ब्रहाण्ड स्वरुप बनि स्वतन्त्र श्रोतका उर्जा शक्ति ।। १

जसको उत्पत्ति र विनाश छैन,परा प्रकृति र अपरा प्रकृति चेतनाको श्रोतबाट सधै संचालिन छन् ।
चेतनाको श्रोतबाट प्रकृति, प्रकृतिबाट पिण्ड सृष्टिमा चेतन जीव सृष्टि निरन्तर गति भएका छन् ।।
ईन्धन शक्तिले विद्युत बलेझै, भौतिक जड पिण्डमा गरिने जीव सृष्टि चेतना जगतमा निर्भर हुन्छ ।
बुझि जीव सृष्टिको तत्व, चेतना विना प्राणी र वनस्पत्तिको सृष्टि नरही,चेतना शक्तिको पुञ्ज हुन्छ । २

चेतना फैलदा जीव सृष्टि र खुम्चदा प्रलयकाल बनि स्वतन्त्र छ, नाभकिय उर्जा र उतपति यस्को छ ।
अज्ञात, चेतना पनि सनातनिय बन्यो,उत्पत्ति र अन्त्य को बुज्छ,पृथ्वीमा चेतन तत्व प्रकृति तत्वको छ ।।
रही संरचनामा अग्नि महाभूते प्रतिनिधि सूर्य बने,सूर्यबाट पृथ्वीले तापक्रम प्राप्तीले जाय जन्म र मृत्यु ।
बनि सतह र जमिनका प्राणी, वनस्पत्ति, मानव, किट्पतङ्ग यही धरातल स्वतःस्फुर्त उत्पत्ति गुजारा ऋृतु ।। ३

हेर त यो पृथ्वीमा दिनेवाला नकोहि छ, न हरणगर्नेवाला छ, जो छ सवै आफैमा पूर्ण,लीप्त छ ।
शत्रु, मित्र, धनी, गरीव, रोगि, निरोगि, विद्वान, मुर्ख, भूत, प्रेत, पिशाच, जे हुन कर्मका अधिन छ ।।
जागी सत्य, न्याय, परोपकार,यर्थाथ यी उपलव्धि मुलक कर्म गरी भावि जन्म जन्मान्तर बस्छ ।
उहि भोग ऐश्वर्यलाई अनुभवले शरीरमा वास वसेको पाहुना –जीवात्मा),पुख्यौलि घर (चेतनपुञ्ज)मा छ ।। ४

बिनी चेतन पुञ्ज –जहा परमात्मा परमेश्वर, ईश्वर, भगवान, व्रह, आत्मा आदि र कर्मको गति चलेको छ ।
त्याहाँ जीवात्मा चेतन पुञ्जमा प्रवेश गरी मोक्ष पाई,उदभिज्जा जाति – पृथ्वीका समस्त वनस्पति जगत छ ।।
जान स्वेदेजा जाति — शरीरको पसिना र जमिनको बाफबाट उत्पति हुने जुम्रा, उपिया, गड्यौला समूह पर्छ ।
अण्डजा जाति — अण्डा, फुलबाट उत्पति हुने समस्त चराचुरुङ्गि, किटपतङ्गका समूहसबै चतना लिप्त हुन जान्छ ।। ५

यहाँ राम्रो कर्म भयो, प्रारब्ध बाँकी रहेन भने, जीवले चाडै मुक्ती पायो, जन्म मृत्यूको चक्रको दण्ड छुट्छ ।
जन्मका जरायुजा जाति — साल, नालबाट उत्पति हुने सबै पशुजगत र बादर, मानिसका जीव समूह हुन्छ ।। ६

पदार्थको उत्पत्ति

जग त परमात्मा परमेश्वरको साकार रुप विशाल शुन्य आकाश –स्थिर व्रहाण्ड) भयो ।
खाली ठाँउको उत्पति (स्थापित) भै सकेपछि अनन्त आकाश भित्रै उत्पति र विकशित यो ।।
यहाँ प्रदुषण जम्मा भएको ओस, धुलोका, कण,पदार्थलाई बादल गतिशीलतामा रहि रह्यो ।
बनी भौतिक,रासायनिक परिवर्तनमा हिलियम, हाइड्रोजन, नाइट्रोजन ग्याँसहरु निरन्तरता हो ।। १

यो कृया प्रतिक्रियाले शक्तिशाली तापक्रम,वाक्लो गहुङ्गो आगो को ज्वाला उत्पति व्रहाण्ड छ ।
मिलिे वादलले रासायनिक, भौतिक परिवर्तनका प्रकृयाका पिण्डहरुमा पदार्थको जन्म भएको छ ।।
जुन आणविक उर्जा,शक्ति र विनाश त प्रकृयाको निरन्तरता सूर्य र तारा क्रमश सेलाउदै गए ।
उही पृथ्वी ,मंगल ,चन्द्रमा वृहस्पति शनिश्चर, अरुण, वरुण, यममा प्रणाी तथा वनस्पति रहे ।। २

बिराट पुरुषको शरीर अन्तर्गत

व्रहाण्ड पुरुष र विद्यामान आकाशको अक्षांशमा अनुसार रहन्छन् ।
१ शिर आकाशमा धु्रर्र्र्र्व्र,सत्य र २ घाटीमा जन ३ छाती तपलोक छन् ।।
४ स्तन मर्हलोक५ ह्दय स्वर्ग ६ नाभी अन्तरिक्ष लोक मिलि रहेको छ ।
७ कम्मर व्रहाण्डकाभू–(पृथ्वी) भू–मण्डल र सौर्य मण्डल प्रकाश,तारा यही छ ।। १

८ कम्मर मुनि अतल ९ जाङघा वितल १० घुडा सूतललोक रहेका छन् ।
११ पिडौला तलातल १२ गोलिगाठो महातल ब्रम्हाण्डको आकासमानै छन् ।।
१३ खुट्टाको एण्डी रसातललोक १४ पैतला पातललोक सृष्टि जीव जस्तैे छन् ।
यहाँ पुरुषरुपमा लम्ब र परलम्वता र अक्षांस मिलि आकासमा रहेको बुझिन्छ ।। २

अरु लोक

यही व्रहाण्डमा नरकलोकको स्थान तीन लोक (भू–मण्डल,अन्तरिक्ष र स्वर्गलोक) रहे ।
यीनै लोेक भित्र दक्षिण पृथ्वी,तल पानी,माथी नभको भागमा अग्नी स्वात पितृगण रहे ।।
उहि वंश र परिवारको उद्धारले मंगल कामना छ,नरकमा सूर्य देवताका छोरा विराजीत ।
पितृ राज भगवान यम र सैन्य वलका साथ यमदुतहरुले मत्र्यमण्डलबाट लिएर गर्ने प्रीत ।। १

अकाल मरेका प्राणीका जीवात्माले पूर्व जन्ममा भए गरिएका पूर्व कर्मको डण्ड सजया छ ।
उही यातना गृहलाई नरक यमराज र चित्र गुप्तको प्रशासन जीवात्माहरु नरक लोकमा छ ।।
जन्ममा कर्मले नरक, स्वर्ग मोक्षधाम जीवात्मा –आत्मा तत्व) लाई अरु लोक खटाईन्छ ।।
जहाँ पूर्वको जन्ममा कर्महरुको संगालो पूर्नजन्ममा उत्तम तथा निचयोनीमा प्रवेश बत्ताईन्छ ।। २

यातना गृह –नरक) का नामहरु ः– तामिस्र, अन्ध तामिस्र, रौरव, महारौरव, कुम्भि पाक ।
कालसुत्र, असिपत्रवन, सुकरमूख, अन्धकुप, कृर्मि भोजन, सनदंश, तप्तसुर्मि, व्रजकण्टकशाल्लाली ।।
वैतरणी, पुयोद, प्राणरोध, विशसन, लाल भक्ष, सारमैयादन, अवीचि, अयपान, क्षर कर्दम ।
रक्षोगयाभोजन शुलप्रेत, दन्दशुक, अवटनिरोधन, पयोवर्तन, सुचिमूख, यातना भोग छ ।।

नरक लोक भन्ने ठाउँ पृथ्वी –मत्र्यमण्डल) को दक्षिणी ध्रुर्व मा नै छ र गरेर अति सम्पन्न तथा विपन्न ।
अवस्थामा रहि समय अवस्था अनुसार कर्मको फल भोग गरिरहनु पर्दछ ।
सहारा दिनेवाला कोहि पनि हुँदैनन् । समय छदै होस  गरौ ।

संसार
दृष्य  संसार –
यो संसार अन्तर्गत अपरा –जड) प्रकृति हुन,आँखाले देख्न र इन्द्रियहरुले अनुभव गर्न सकिन्छ ।
आकाश, वायू, जल, अग्नि, पृथ्वी र सौर्यका रहने ग्रहहरु तथा उल्का र उल्का  पिण्डहरु हुन्छ ।।
तारा, तारापुञ्ज, तारासमूह, नक्षत्र, राशी र आकाश गंगा, जीवात्मा प्राणी किट,पतङ्ग,वनस्पति सब ।
परा र अपरा प्रकृति,ज्ञान तथा विज्ञानमा मानिसले गर्ने वैज्ञानिक आविस्कार तथा निर्माण कार्य तब ।। १ ।

समय –काल) गति,कर्म र परिवर्तनमा सञ्चालित र समयको अन्तरालमा क्षणिक तथा नाशवान यी ।
बिज्ञान दृश्य र द्रष्टा छन् सवै महाभूतमानै समय अनुसार विलय हुन्छन् र दृशय ससार छ प्रभावी ।। २।

अदृष्य संसार –
यहाँ संसार अन्तर्गत परा –चेतना) प्रकृतिले चराचर जगतको विजरुप शक्ती सृष्टीको स्वरुप रहे ।
यीनै चेतना प्रकृति जुन श्रोतकेन्द्र परमात्मा परमेश्वर छन,मानव अन्तस्करण वाट अनुभव गरिन्ने ।।
रही अद्वैत भावमा,ज्ञान, वैराग्य र भक्तिको मध्ययम सृजी अनुभव गर्न र नाशवान शरीर भित्र छ ।
जनको लुकेर वसेको अन्तर आत्मा लाई परमात्मा भगवानमा एकाकार गरी लाएक दृष्य नै हुन्छ ।। १

आत्मा साक्षात्कारभएर एकाकारमा लिन भैे निराकार शक्ति शून्यमा र निरन्तर जाग्रित बन्छ ।
जुन अज, अविनाशी, अजन्मा व्रहाण्ड अदभूत विषय र शक्ति, मानवका मन,मस्तिष्कमा बस्छ ।।
पृथ्वीका मानिसमा पुण्य अवसर र सामथ्र्य नरही अभ्यास गरि भगवानमा एकाकार भई जनमा छ ।
हुन सकियला तर व्रहाण्डको नजिक पुगेर वुझ्न जानकारी लिन केहि मात्रामा सम्भव होला ।
परमात्मा परमेश्वर भगवानको अंश मानिसको  अन्तर आत्मा मिलि अंश र वंशको परिवार होला ।। २

व्रहण्ण्ड, परा र अपरा प्रकृति ले समय,गति, कर्म वाट सृष्टि स्थिती र लय भई निराकार रुपमा  छ ।
रही परव्रहका प्रतिनिधीका साकार रुप रजोगुणी व्रहा । सत्व गुणी विष्णु र तमो गुणी महेश्वर रहन्छ ।।
मायावी संकल्पका कार्यरुप क्रमशः महासरास्वती, महालक्ष्मी, महाकालीको कृपा समयनुसार चलिरहन्छ ।
यही कल्पौ कल्प सयममा सृष्टि सृजनाले रातदिन पृथ्विमा शरिरको संचय,गतिले,प्राणी बनस्पती पृथिवमा छ ।। ३

शक्ति

परब्रह ः—

जग जगत र दुवै प्रकृतिमा व्रहाण्ड संचालनकर्ता,आत्माको महासागर,परमात्मा  छ कुन ।
उनै परमेश्वर मुल प्रकृति, जुन उत्पती र विनाश सनातन देखि अव्यक्त छ,परब्रम्हा रहुन ।।
प्राणीह्दयमा रहने, व्रहाण्ड व्याप्ति, भिन्न नाउँका भक्तका स्तुती, आराधाना शून्य शक्तिमा ।
साकार (सगुण) अवस्थामा व्रहाण्ड आधार र आकारका निराकार (र्निगुण) स्वरुपको कणमा ।। १

महेश्वर ः—

चलि समय –काल) वा संहारकारणी शक्तिले ज्ञेय अज्ञेय जग जगत संचालन गर्नुहुन्छ ।
जाय जन्म र जीवन पलि फक्रि सबै परिवर्तनको केन्द्र विन्दु निती,बिधीमा पालनरहन्छ ।।
लिई सकाम,वृत र चित्तका उज्याला दण्ड वा यहलीला उजागरमा हजारौ नामबाट किर्तन ।
संस्मरण भक्तजनका धारण र पूँजा आराधाना, स्तूति सुकृत्य,योग शक्ति पुञ्जकाल पुरुष जान ।। १

बिष्णु ः—

व्रहाले सृर्जी आत्मा तत्वको तरङ्ग जग जीवात्माका नाशवान क्रम,शरीरको संचालन छ ।
स्थवर जङ्गम,प्राणी,वनस्पती जगतलाई स्थान,मान,पालनपोषण गर्ने, निति नियम रहन्छ ।।
सृर्जी सत्य प्राण,विषयवस्तु जन्म गुजराको सस्थापन रुप पिपल,काँस,शालिकग्राम पुजीन्छ ।
भिन्नै नामले याजकमा कृपा र भक्तजनहरुले पूँजा आराधाना हिमद्यु शक्तिपुञ्ज हुनुहुन्छ ।। १

ब्रहा ः—

अज्ञात जन्म,ब्रहाण्डको शुन्य आकाशमा,खगोलिय पिण्डहरु र गतिविधि प्रभू संचालनकर्ता  ।
भरी जन्म,जीवात्माको उत्पतीमा प्राणनै आत्मतत्वको रुप प्राणी र वनस्पतीको  हर्ताभर्ता ।।
हो सृष्ट्री,उत्पती,संचालनकर्ता सबै लोक र देवताहरुको निवासका व्यवस्थापक मूलकर्ता ।
ब्रहा, बिष्णु, महेश्वर,योग मायावीशक्ति महासरस्वती, महालक्ष्मी, महाकालीका शक्तिदाता ।। १


पुरुष ः—

रही अदृश्य वृर्य शक्ति,आत्म तत्व –विज रुप) सृर्जी चराचर व्रहाण्ड व्यप्ती,स्वप्रकाशित ।
जागी जेय जन्म र जीव छ,उही प्राणी र वनस्पती अल्पकाल सजीव रही वाचि जीवनसित ।।
सनातन पुरुष र प्रकृतिको मिलन नै जग सृष्टिको क्रमैे छ र जीवन्त चलिनै रहने पुरुषप्रित ।
आमा उनै हिरण्यगर्भ उही,लाखौ यत्न तप गरी जन्मले भोग गरी कालमा वित्छ माटोसित ।। १
प्रकृति ः—

ब्रम्हाले सृष्टि संचालक रही आधार परा –चेतना) र अपरा –जड) प्रकृतिका गुणरुपी छन ।
उही मायावी रंग सत्व, रज, तमनै प्राणी, वनस्पती र पदार्थको जगतमा जगत्र रहन्छन ।।
धारी रुप,आकार, वोली अन्तर सम्वन्ध, तौल, उर्जा शक्ति, गुरुत्वाकर्षण शक्ति भरिपूर्ण ।
यत्रतत्र क्षेत्रमा बिबिध विषय वस्तुको उत्पती,एक विषय वस्तुमा दुई वस्तुको उत्पती सम्पूर्ण ।। १

आत्मा ः—

आत्मा परव्रहको वंश हुनाले प्राणी वनस्पती सम्पूर्ण जीवन चेतना पनी शक्तिले भरपूर्ण ।
भरी चैत्यन्य स्वरुप उसैको तरङ्गले बास परव्रहमा रहने आत्माको महासागर छ सम्पूर्ण ।।
विभिन्न जग जगत र व्रहाण्डमा सृष्टि,चेतना,स्वरुप,अवस्थाले जीवात्माधारीे सृजना छ ।
बनी चैतन्य स्वरुप,साक्षीपुरुष,चेतना तत्व नै आत्मा एक छ सूर्य अग्नि पर्यावरण बन्दछ ।। १

सृष्टि
सृष्टि ः

छन् सृष्टिको संरचनामा परा प्रकृति र अपराप्रकृतिको संयोगबाट प्राणी,बनस्पति जगत ।
जस्को जीवनचक्र गतिशील छ,गतिबाट कर्म,कर्ममा मोह र लोभको बासना हुदैन फगत ।।
पछि प्रारब्ध कर्मको उत्पति बन्छ,कर्म बन्धनमा बाधि परा प्रकृतिको अंग जीवात्मा जन्म ।
चलि जन्मान्तर सम्म भु–मण्डल,अन्तरिक्षमा घुमि जन्म सार्थक,नित्य प्रलय कालको गमन ।। १

बने,परा प्रकृति पुरुष र अपरा प्रकृति स्त्री मिलिनै सृष्टिको चक्र चलायमान रहि रहने छ ।
निमित्तभै बाबु आमाको रज, विर्यमा परा प्रकृति –जीवात्मा) को प्रवेश ेपछि गर्भ,पछि जन्म बन्छ ।।
गर्भ देखि मृत्यु तक जीवात्माले धारण गरेको नश्वर शरीरको पाली  पञ्चमाभुतको प्रकृया चल्छ ।
शरीरको आयु तोक्ने काम, विद्या, धन सम्पति, भाग्य, भोग ऐश्वर्य र जीविका विषय वस्तुमा रहन्छ ।। २

उही प्रारब्ध कर्म हो पञ्चमाहभुतिय समिकरणले शरीर ईन्जीनियरीङ्ग शिप कला निर्धारण चल्दछ ।
जहाँ,मेरी विशाल व्रहरुप प्रकृति अर्थात त्रिगुणमयी माया, सम्पूर्ण भूत(प्राणी)हरुको योनी बनेको छ ।।
गर्भ धारणा गर्ने गर्भस्थानमा नै म यही योनीमा चेतनरुप विज –विर्य)को स्थापना गर्दछु,भनिएको छ ।
उही जड र चेतन प्रकृतिको संयोगमा भुत समुदाय –प्राणी तथा वनस्पति) को उत्पति तथा जन्मबन्छ ।। ३

विभिद सबै किसिमका योनी(जन्म)हरुबाट जन्मे मूर्ति (शरीर)हरु पूर्खा वंश उनैमा उत्पति रहन्छ  ।
बृहत्तर त्रिगुणमयी मायानै गर्भधारणागर्ने माता हुन् र म वीजको स्थापना गर्ने पिता प्रकृति पुरुष बन्छ ।।
पूर्खा प्रदत्त,सत्वगुण, रजोगुण र तमोगुणलाई प्रकृतिले उत्पति सगै सनातन जीव योनीमा स्थान्तरण ।
गरी रहुन्,सृष्टि क्रम चलि तीनै मायावी गुणले अविनाशी जीवात्मालाई नाशवान शरीरमा बाधिए प्रण ।। ४

व्यष्टि सृष्टि ः–

यो पिण्ड सृष्टि हो,आकाशमा समयको अन्तरमा स्वनिर्माणहुने चेतना नभएका व्यष्टि जडले ।
पदार्थको खगोलिए भिन्न आकारका पिण्डहरु सृष्टि र ब्रहाण्डमा नै बिग बैंङ्ग सिद्धान्तमा हराउने ।।
मिलि व्यष्टि सृष्टिको प्रकृयामा हाइड्रोजन र हिलियम ,वायु,यौगिक पदार्थहरु कारक तत्व रहन्छ ।
यस व्यष्टि सृष्टिमा प्रथम योनी स्थावर (वनस्पति) योनि,सृष्टि तमोगुणबाट सत्वगुणी बनी जान्छ ।।

समष्टि सृष्टि सत्वगुणबाट तमोगुण तर्फ घटदा,व्यष्टि सृष्टि –ब्रहाण्ड, पिण्ड) मा जीवको सृष्टिमा ।
प्रवाह उब्जि सो देखि स्वेदजा, जरायुजा र अण्डाजा सम्म प्रकृतिमाताका त्रिगुण (सत्व, रज, तम) मा ।।
बनि रङ्गिन तरङ्गले परमात्मा,सूर्यका प्रतिविम्व रुपी अंशबाट जीवहरुको सृष्टि गतिशील सदा चल्छ ।
सारा शुक्ष्म रुपका जीवहरुको गतिविधि तमोगुणबाट शुरु भएर सत्वगुण तर्फ विकाश हुदैँ जान्छ ।

प्राकृत सृष्टि ः–

जुटी ब्राहाण्डमा सृष्टि,सञ्चालन तत् कडी र तत्वहरुको उत्पति नै प्राकृत सृष्टि बन्दछ ।
मिली सनातनिय दैवि शक्ति,समय,क्रमले सञ्चालीत छ,जसमा प्रकृति, महतत्व, अंहकार छ ।।
भिन्न पञ्चतनमात्रा, पञ्चमाहभुत, अन्तस्करण र इन्द्रिय मिली सृष्टि प्रकृत बनि रहि रहन्छ ।
यही प्रकृतिका समग्रनै प्राकृत छन सबै सत्य र सनातनी कारक तत्वले सृष्टि क्रम बनिरहन्छ ।। १

वैकृत सृष्टि ः–

अन्त्य भई प्राकृत सृष्टि संरचना,चेतनतत्वको प्रतिविम्व बाकी जडतत्व नीवासमा संकल्प छ ।
विकल्प,स्त्री र पुरुष, भाले र पोथी साथै वायु र परागको यौगिक सम्मिलनमा नै उत्पति हुन्छ ।।।
चराचर,प्राणी,वनस्पति, मानव पशुपक्षि, किटपतंग, देवता, यक्ष, राक्षस, गन्धर्वका सृष्टि चल्छ ।
बाकी किन्नर, किन्नरी, किँपुरुष, अश्वमुख ईत्यादि सबै वैकृत सृष्टि समय नै सञ्चालन  छ ।। १

सूर्य (अग्नी) र परब्रहको अन्र्तसम्बन्ध के छ त ?

जानी भौतिक विज्ञान त सूर्यका आकाश गंगा तारापुञ्जको सदस्य बुझिदिनु ।
भलोका लागी उत्पत्ती भए दिने मझौला पहेलो प्रकाश दिप्त तारा पिण्ड बनिन। ।।
बिबिध ग्याँसको विशाल भण्डार, दैनिक आणविक उर्जा उत्पादन छ, भु मण्डलमा ।
जीवन दिने प्राणी र वनस्पत्तीमा शक्ति प्राप्त हुने अग्नी तत्ववाट समस्त जग धरामा ।। १

भरी जीवित र गतिशील हुदै, मृत्यूतक पञ्चमहाभूतको आश्रय प्रकृतिक प्रकृया छ ।
गरी पालन पोषणले निर्भर अस्तित्व क्षणिक र नाशवान मृत्युतक बाचीबसि रहेछ ।।
यीनै परब्रह समस्त ब्रहाण्डको नायक अपरा र परा प्रकृतिलाई संचालन कत्र्ता,हत्र्ता ।
उ निराकार र साकार,जन्म, मरण नभएका, अविनाशी, सर्वव्यापक, सर्वद्रष्टा सुकर्ता ।। २,

बुझ समय,काल पुरुष,ब्रहाण्ड निर्माण,परब्रहको आविश्कार सूर्य (अग्नी) देवः भने ।
सूर्यनै हिरण्य गर्भ, सुत्रात्माले समस्त वेद, पूराण, उपनिषद आत्मको सृष्टिकर्ता जाने ।।
शक्ति ,सृष्टिमा सूर्य छन निरन्तर आत्मा चेतनमा सन्तानको रक्षक स्रोत मन्त्रण भजे ।
निरन्तर समय खबरदारी र देबहरु कार्य संचालनमा जीवधारी शरिर मन बचनले जपे ।। ३

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *