Skip to main content

मन परेर झयाउरे आरोग्यः लेखेको r

मन परेर झयाउरे  लेखेको This articles is related human being life style and health to do span of live.
योगदानःहरि प्रसाद सेढाई

आरोग्यः

जीवका खातिर मन आत्मा जगाई जीव योगा आचरको ।
जाग्न लेख्छु हरि भक्ति जीवलाई ज्ञान वाड्न समभावको ।।
नभन्नु जान्दछु भनी दम्भि आशक्ति म भाव अंहमताको ।
पढी बुझि सुध्याई दिनु ,ब्रम्हा बाणि नठानी धर्म कलुषको ।।
स्वास्थ्यः
खानपिन आरम र सदाचारचाहारा मन चित् आनन्द ।
जीव जाय जन्म इशको सशभाव आत्मा आरोग्य वन्छ ।।
प्राकृतिक आहारा दैनिक कर्म गरि रक्षा वंश र सन्ताना ।
सुखको कला ज्ञान विज्ञानका शिक्षा चेतनाले स्वास्थ्य जना ।।१
रोग र निरोगको भन्दा भीन्दै जीवका वाँच्ने सबै स्वरुप ।
शारिररिक मानसिक सामाजिक वा आध्यात्मीक चेतना रुप ।।
जीव रहन्छ मानव समाज रोग नासि अरु स्वास्थ्य बन्छ ।
खाद्दन्न योग शिक्षा अनुशासनमा जीव आफै सक्षम बन्छ ।।२
नीरोग ः
सजीव प्रणाीको शरिर र मनमा श्रृजित अवस्थाहरुमा ।
असामान्य र असहज अदृश्य कीटाणुले भरिएको शरिरमा।।
आक्रमण शारिरीक र मानसिक वृति रोगले जीवकोषमा।
कष्ट पिडामा शुलि नलि र र्आषधि विहिन जीव वाँच्छ निरोगमा।।
रोगः
शरिर मनका प्रभावमा दृश्य अदृश्य कष्टदिइ रोग बन्छ ।
जीव रस खानपिन चेतना मानव वाँच्ने शिक्षाले सृजिन्छ  ।।
भूधराका उपलब्धीमा समाज सफा विश्व जीवको घर छ ।
मानव जात दुख रोकि किटाणु नासि रोगमा आरोग्य बन्छ ।।
योग के ः
व्यापक स्वरुप रुचि औपनिषदिक भिन्न भई समुहकृत ।
आध्यात्मीक र मौलिक दैनिक कर्म र धारण सुस्कृत ।।
हटाई मानसिक तनाव क्षोभ मनदैहिक रोग निरोधक ।
शरिर शौष्ठव परिवर्धनार्थ चिकीत्सा योग हुने वीजक ।।१
विज्ञान क्रिया शरिर जनको स्वम् चिकित्सा हुने व्यवहार ।
व्यवहार कार्यक्षमताले आसान प्रणायम ध्यानले सदावाहार ।।
शरिर मनको लाभ ज्ञान हितको प्रित जीव वन्छ योनि सार ।
धर्म धन कामाना सन्ततिको मोक्ष पुरुषार्थले छ निरोगि ।। २
शरिर मन र चेतनाको कला र विज्ञानको विधि विधान ।
चित्तवृतिका निरोध जीवात्मलाई परमात्म संगै जीउने ज्ञान ।।
समतत्व संगै व्यष्टी शक्ति समष्टीमा कार्यरुप हो योगाआसन ।।
कर्म उपयोग आध्यात्मीक र भौतिक प्रगति हुन्छ प्रयोग मान ।।३
नासि किटाणु जीवाणु मन बुद्दि आत्म सवल नियममा छ आरोग्य ।
विज्ञानमय शरिर जीव कार्य प्रणाली सन्तुलन धेयले शान्ति ज्ञेय ।।४
युज धातुमा घञ प्रत्यय मिलियोको, बन्छ अर्थ हो जोड्नु,मिल्नु ।
ज्योतिष गणित रसायन शास्त्र र ज्ञान विज्ञान उहि बनि रहनु ।।
आत्मा र परमात्मामिलि जीवनको शरिर विश्व सृष्टि र मनको लय ।
उहि अर्थ तत्व आत्म मनको योगफल यौगिक बुझ्नु जनको राय ।।५
योग किनः
यम नियम र आसनमा संचय जनमा दुख मुक्तिको बाटो छ ।
प्रत्याहार धारण र ध्यान अभ्यासमा दुःख मुक्ति संम्भव रहन्छ ।।
आत्मीक जागरया र समाधिले दुखको कारण उहि डराउछ ।
सम्यक र सृजनशीलताले धर्म अर्थ काम मोक्षमा योग बन्छ ।।१
योगले अशुद्दिको नाश गरि ज्ञान ज्योति कर्म सब बढाउने ।
विवेक ख्याति योग शक्ति बनि जीवमा सधै संचारित हुने ।।२
पूर्विय सनातन संस्कृति र विद्या वेदमा योग बताइन्छ ।
उपनीषद त साधकले जीवन साक्षत्कार आभास देखिन्छ ।।
ईश उनै शिव योगेश्वर वनी गुरु शिष्य परम्परा कायम छ ।
जीवनका सरल सुत्र दर्शन जीवका योग संवाहक सम्भव बन्छ ।।३
अष्टाङ्ग योगः
गरी आठ चरणका योगभ्यास उद्देश्य र प्रणाली हुन्छ ।
धारण ध्यान र समाधि साक्षत सहायक योग बन्छ ।।
विवेक खयाति अन्तरङ्ग साधक हुन्छ अष्टाङ्ग योग छ ।
यम नियमको साधानाले अवरोध हटि समाधिष्ट बन्छ ।।१
आसन सिद्दि प्राणयमको स्थिरता उहि प्रत्याहार सिद्ध छ ।
अष्टाङ्गयोगमा भूमि सात्विक ,उचमा उक्लि उही रहन्छ ।।

परिपक्वताले भूमिनै सात्विक र अवरोह साधक त्यहि बन्छ ।
समाधि साधक विभूति र कैवल्यहरुमा अष्टाङ्गयोग रहन्छ ।।२
वहिरङ्ग योगः
साधक जन्म मृत्यु पक्षमा काल गति र कर्म शुद्धि रहन्छ ।
जल जमिन वायू आकास अग्नि साक्षिमा सामाजीक जीव छ ।।
योग उपचार विधिः
शरिर मन र आत्मालाई जीवन्त बनाउछ मुक्ति समाधि र सिद्धिले ।
प्राकृतिक र बैज्ञानिक कलात्मक हुन्छ जीव साधाना र उपयोगले ।।
१. यम ः
जहाँ जन्मियो बढदो छ त्यहि समाजमा अनुशासित बन्नु पर्छ ।
सहयोगी पूर्खा पुस्ता र सन्तान चलाई जीव सामाजीक यम गर्छ ।।
क.सामाजीक अनुशासन
प्राणि सबै अवस्थामा वहिमुर्खताको अन्त बन्छ जीव जीवनमा ।
जीवलाई दिव्य कर्म जन्म जीवन आयू भोग र यम रहदा यहा ।।
निवृति समाज संस्कार कर्म धर्म साधक विमुक्त बनी रहन्छ ।
राग द्धेष निभाई वंश पुस्ता सन्तानलाई आरोग्य बनाउनु छ ।।
ख. सत्यः
सामाजीक अनुशासन सदाचार र समभावमा साधक रहनु ।
झूट बोल्न सुन्न सुनाउन कुनै निति नियम कानुन सत्य नडगमगाउनु ।।
ग. अहिंसाः
राग द्धेष अहिंसा मारकाट पिटपाट गालि वेइज्यति र निन्दा ।
रिस कुभलो षडयन्त्र ज्ञान विज्ञान त्यागि अंिहंसा छ आईन्दा ।
घ. अस्तेयः
विना अनुमति अरुको सामान नचलाउने चोरी नगर्नु अस्तेय हो ।
ज्ञान विज्ञान कला धर्म र प्रकृति साधकले आचरण बुझ्नु पर्यो ।।
ड. अपरिग्रहः
आवस्यक वस्तु विषय पदार्थ भन्दा बढि संचय,मोह नगर्नु ।
आधारभूत बस्तु सेवा साधकले बुझि अपरिग्रह जगमा धर्र्नु ।।
२. नियमः
अनुशासन सिकोमा कला प्रकृती र साधना बन्छ नियम बनि ।
प्रविधि संस्कार र आरोगयमा पुष्ट शरिर मनोविज्ञान साक्षि छ नी ।।
 क.व्यक्तिगत अनुशासनः
साधक तिम्रा शरिर इृन्द्रय अन्तस्करण शुद्धि छ नियमले ।
धरी सम्यक व्यक्तिगत व्यवहार सम्बन्ध गुणमा बाधिनाले ।।
शुद्धि शरिर मल निष्काशन मन शुद्ध अनुशिलन छ नियमले ।
खुला जीव प्राकृतिक र सृष्टि तथ्यमा चल्छ व्यक्तिको यम ।।
ख . शौचः
शरिर खाद्द मल,मनको विकार व्यवस्थापन सहजता बन्छ ।
शुद्धि नियमितित् त शौचले शरिर मन आत्मा संचारित छ ।।
ग . सन्तोषः
सहि स्विकार्य सहज मन बचन कर्म रहि सुख सन्तोष ।
साधकले आफुमा गरेको कामको परिणाम छ,बन्छ शेष ।।
घ . तपः
आफनो कावू वा बाहिरको परिस्थिती जन्म संस्कार वीज सहित ।
साधक गुरु माता पिताको कुल परम्परा कला कर्ममा तप रहित ।
उहि प्रवृति साधना उद्देश्य शरिर कर्म र शस्त्र शास्त्रमा ।
जनित फल सन्तान र समाज तपमा जाग्छ अर्थतन्त्रमा ।।१
ड. स्वाध्यायः
शास्त्र संस्कार धर्म साधकको नियमित हुन्छ सम्मानले ।
वनीन्छ जन व्यक्तिगत अनुशासन स्वाध्याय भै रहनाले ।।
च. ईश्वर प्रणिधन ः
कर्म गर्ने फलमा आसक्ति नराखि ईशमा चढाई उद्देश्यहरु ।
त्यागि भागवण्डा स्मृतिमा समभाव उहि ईश्वर प्राणिधनका जनहरु ।।
३.आसन ः
शरिर जीवकोष रक्त नाशिका मज्जा र हड्डि चलाई आन्तरिक रसायन ।
नियमित सन्तुलन,खाद्द,चेतना ,गति र समय रहन्छ समय सन्तुलन आसन कन ।।१
शारिरिक क्रिया आसनको अभ्यास ,रजरुप ,माधुर्य यी चञ्चलता ।
अस्थिरता र तमरुपको आलस्य वा प्रमाद हटि जीवमा सज्जनता ।।
साधकले सात्विक प्रकाश र दिव्यता उब्जि जीव जगत ।
आसनले चाह शरिर स्थिरता वन्छ साधक आरोग्य साथ ।।२
४. प्राणायम ः
श्वासमा फोक्सो मस्तिष्क ,मुटु ,कलेजो ,मृगौला र शरिरमा शक्ति संचार ।
कफ,वात,पित्त रोकि विकार मल निष्काशन गर्ने गर्नु प्राणयमले सदाचार ।।१
मन लय अव्यवस्थित वहाव उहि प्राण चाल चञ्चलताको जीव ।
अस्वाभिक लय हटाई स्वाभिक प्राण गति नियन्त्रणमा सजिव ।।
वायू गति मति दिव्य बनाई प्राण् सात्विक बनाई प्राणायम चल्छ ।
जीवका सबै मन आत्माका स्मृती र लय साधक सिद्ध जीव रहन्छ ।।२
५ .प्रत्याहारः
हटाई इन्द्रियका आलस्य,प्रमादमा तामस बनाई जीव प्रत्याहार ।
वहिमुर्खता हटि राजश शून्य बनाई मन वचन कर्म जान्ने सदावहार ।।
सत्गुणी रुपमा चित्तसंग इृन्द्रिय अन्र्तमुख र दिव्य सधै बनाउनु ।
जाय जन्म र जीवन सुखि बनाई वीज पुष्टसन्तान पालक पुर्खा जान्नु ।।१
जडीबुटीः
पोषण खनिज लवण र पुष्टि,खाद्दन्नका सबै तत्व दिई पञ्चतत्व ।
मन बुद्धि शरिरका विषाणु नासि जीवकोषमा जडीबुटीले निदान सर्बत्र ।।
हिमद्युः खण्डका सबै हिमवत क्षेत्र र आपस्तमा फैली खिलि हुर्केका ।
लिनु मात्र मिलाई आरोग्य बृक्ष ,धन उहि जनको प्रविधि पर्खेका ।।
अन्तरङ्ग योगः
१. धारण ः
चित्तको मूलरुप  र क्षिप्तीदुबै तामस र रजगुण सबै हटाउनु ।
सत् रुपले वृति विषयमा दिव्यधारण गरि पर्छ साधक रमाउनु ।।
२. ध्यानः
चित्तवृति अस्थिरका रज रतम गुणका विषयमा जीव नजाग्नु ।
सत् वृति रुप र दिव्यतामा प्रस्तुति गरि ध्यान साधक केन्द्रित रहनु ।।
३ समाधिः
बिषयमा चित्तको वृत्तिले लगातार साथ दिदै ध्येयकरवृत रहन्छ ।
रजले ध्यान र धातु रुपमा आकारले तम गुण हटाई समाधीमा बस्नु छ ।।
सत रुप चित्तले दिव्यता रुप धातु र ध्यानले उहि शून्य बन्छ ।
ध्येयाकार रुप मिलि समाधिमा रहि समग्र विषय चित्तवृति छ ।।१
हठयोगः
नाकको दाहिने  प्वाल  रहि पिडगला नाडिको भागले सूर्य बताउछ ।
नाकको  देब्रे प्वाल ईडा नाडी  मार्र्ग  चन्द्र्रमा  मिलि  हठयोग  बन्छ ।।
यहि पिङ्गला नाडी नासिका हुदै गुद्धादार संगै मुलाधार चक्रमा मिल्छ ।
नाडीहरुको मिलनबिन्दु मेरुदण्डबाट सुषुम्ना नाडी अवरोधक रहन्छ ।।१
ईडा पिङ्गला नाडीबाट श्वासशक्ति भित्रिपथमा शुषुम्नातिर जान्छ ।
श्वासरुपि शक्तिले आन्तरिक वाधा अडचन हटाई हठयोगी ब्रह्मन्ध पुराउछ ।।
आदिनाथ शिव अन्ययोगी गुरुशिष्य परम्परामा हठयोग आसनमा रहन्छ ।
ग्रान्थि शरिर मन षटकर्म आसान मुद्रा प्रत्यहार ध्यान समाधिष्ठ हुन्छ ।।२
षटकर्मः
६कर्म अपनाई द्यौति वस्ति नेति त्राटक नौलिमा ।
शरिरका अंग सफाई छन् कपालभाति षटकर्मले यहाँ ।।
शरिरका बाहिरीभाग सफा गरी आन्तरीक अंग सबमा ।
हठयोगका षटकर्म प्राकृतिक अन्तर सफाई गर्छ जीवमा ।।१ं
१ . द्यौतिः
अन्ननलि आमाशय धोई फोहरी इन्द्रिय र जीवका शरिर ।
रोगमुक्ति र अंगप्रत्यङ्ग जगाईन्छ आरोग्य हटयोगका भर ।।
२ . वस्ति ः
मलाशय र ठूलो आन्द्रामा मल रहि रहे रोग जाग्छ भाई ।
अभ्यासले एनिमा विधिले सफाई गर्नु आरोग्य कर्म जगाई ।।
३.नेति ः
नाकको भित्रिभाग सफाई, श्वास लिने र फयाँक्ने नेति गर्नु ।
श्वास निर्वाध चल्न योग अभ्यासमा जीव सधै जागी रहनु ।।
५. त्राटकः
आँखा र मन एकाग्र गरि संस्मरण ध्यान धारणले जीव पर्छ रमाउनु ।
फेरि मन एकाग्रगरि योग अभ्यासमा जीव सधै रमाउनु ।।
६. कपालभातिः
राखि मस्तिष्क शुद्ध नाक र पेटको ईन्द्रियहरु संयुक्त योगमा ।
अभ्यासले कफ सफा गरि रगत शुद्धि र संस्मरण बढाउदामा ।।
मन्त्र योगः
सृष्टि जीव जगत पदार्थ अणुपरमाणु र संसार तरङ्गमा कम्पित छ ।
शरिर अंग जीवकोष परमाणु सबैमा आफनै कम्पन तिब्रता रहन्छ ।।
ध्वानिमा मन्त्र मिलि उच्चहार स्वर लय ताल धुननै मन्त्र कम्पन छ ।
शरिर मन मस्तिष्क चेतना कम्पन तरङ्गले स्वचारीत र स्फूरण बन्छ ।।१
उहि शरिर स्वभाविक तरङ्ग मिलाई शब्द, मन जीवन्त छ ।
सत्य सुप्त अध्यात्म चक्र नगाई कुण्डलिनि शक्ति बन्छ ।।
जागरण शक्ति मन्त्रयोग बनि भक्ति शुद्धि आसन मुन्द्रा बनाउछ ।
प्राणक्रिया लोभ मोह अंह र ईष्यामा जप तप ध्यान जगाउछ ।।२
मन्त्रयोगले काम क्रोध लोभ मोह अंह सबै सधै नास्दछ ।
वाचिक उपांशु मानस जपी धारण ध्यान समाधी बन्छ ।।३
लययोगः
एकाकार मिल्नु विलय भई लययोग जागरण ।
हठ र क्रियायोगले कुण्डलीनि जागी साधरण ।।
उहि शरिर शुद्धि पाई अन्तरनिहित शक्ति प्रस्फुटन ।
शरि र मन दुबै मिलाई आत्मसाक्षत्कार लययोग कन ।।१
चेतना बढाई शरिर र धर्म चिनिन्छ  लययोगमा ।
गुण बुझि शरिरका चक्र नियन्त्रीत छ शक्तिमा ।।२
ज्ञानयोगः
योग अभ्यास बढाई अध्यायन अनुसन्धान उहि चिन्तन ।
तर्क प्रयोग हुदा सम्याक योग ईशमा स्थूल ज्ञान मनन् ।।
ज्ञानका चरणमा बहिरङ्ग साधाना ज्ञान विना चल्दैन ।
धन र बिज्ञान पनि उहि मर्छ ज्ञानी कहि कतै डक्दैन ।।१
बहिरङ्ग साधानाः
उहि स्वरुप शरिर जीवका मन आत्मा नै प्राणको नित्य छ ।
जन्मनु जीबन र मृत्यु साक्षत हो नअल्मिनु जीव बाँच्नु पर्छ ।।             

१. विवेकः
गरि अन्तर अभ्यास ज्ञानको सत्य पथमा जागी जीव पूर्ण ।
बस्तु बिषयप्रति निजै अनुभव र दृष्टिकोण स्वविवेक सम्पूर्ण ।।
२. वैराग्यः
संसारिक पदार्थको मूलमा लुक्छ दुख ति बुझ्नु पर्छ ।
सुख ल्याई पदार्थ विषय अवरोध त्याग्नु वैराग्य उहि छ ।।

३.षटसम्पतिः
ज्ञानयोगले ईन्द्रिय संयम बनाई ई उन्मुख हुदै गर्नुश्रद्धा ।
फलको आश नगरि सहन शक्तिमा समाधान गर्नु आर्जन गर्दा ।।
क. समः
ईन्द्रिय सयम गरि जीव बाँचे उहि सम कहलाउछ ।
बिषय मन भोग विषाद,दुख जन्माउछ लोभ छ उहाँ ।।
ख .दमः
ईन्द्रिय ईशमा लगाई शर वनाई शरिर जीव सधै बाँच्छ ।
संयम राखि वाधि मन आत्मा सदाचार र समभावमा छ ।।
ga. उपरतिः
कर्म गरि फलको आशामा नरहनु सधै श्रममा रगत बगाउनु ।
माटो बंश र जातीको भूगोलका धारक जीव राष्ट् सधै जगाउनु ।।
घ . तितिक्षाः
जस्तै दुख परेपनि सहन शक्ति गरी बाको कोदो गहु वा तुलफुल।
नझुकी स्वाभिमान,जुटेको खाना र विकास जीवमा दिनु छ समुल ।।
ड .श्रद्धाः
अगाध स्नेह उहि श्रद्धा सुमन वाँडी सन्तानका विकास प्रविधि ।
उन्नत वीज अन्नादी सृर्जि जन पाल्नु रक्षक सेवकको विधि ।।
छ . समाधानः
वाधा व्यवधान गरिबी उत्पीडन सबै शिक्षा र विज्ञानले हटाउ ।
नेता अभिनेता सबै संघमा जीव तिमि नारी पुरुषमा नित्य जगाउ ।।
४. मुमुक्षुत्वः
पिडा दुख जनित संसारिक बिषय र वस्तुको हुने विराग ।
उहि जालबाट उम्कि सुखि तन मन ईच्छाको मुमुक्षुत्व जाग ।।
अन्तरंग साधानाः
व्यक्तिमा प्रगाढ गरि चिन्तन मनन् र अध्यस्थ हुनु जन ।
आवस्यक बस्तु पदार्थ विषय सन्तान सृष्टि जीवले दिनु ध्यान ।।
१. श्रवणः
श्रद्धा आदार गर्नु मान्यजन ज्ञान अर्ति गुरुउपदेश धारी ।
दुख हटाई उपाय अभ्यास गर्नु श्रवण प्रविधि शिप सारी ।।
२. मनन्ः
ज्ञान चेतना सुनेका पढेका बिषय वा ब्रह्चिन्तन ।
निविध्यानि जागी आत्म मन असल कर्मको सुखि धन ।।
३. समाधिः
एकाग्र रहि शुद्धभावमा ज्ञान प्राप्त गर्दे समाधिमा ।
जाग्नु वस्तु बिषय त्यागी प्राण पूर्खा सन्तान चलाउन ।।
राजयोगः
संसार र निर्मित सर्वोत्कृष्ट हुन्छ सुख दुख हटाई मन  राजा ।
आर्कषण विर्कषण वा अवरोध त्यागी  नियन्त्रण मन आत्मा साझा ।।
जीवनका आनन्द ,अर्थ काम सबै पूर्ण स्वतन्त्र मन चाहहरु ।
धारण ध्यान समाधिमा रहि योग प्रक्रियामा शिक्षाकृत बरु ।।
भक्तियोग ः
ईशमा आस्था जप तप गुरु ,पूर्वज सन्तान सबै जन्महरु ।
एकाग्रा श्रद्धा र आस्था सबै लक्षित शक्ति पूजन भक्तिहरु ।।
श्रवण सस्मरण ,पाद सेवा अर्चन वन्दना दास्य भाव मनका ।
सखा भाव आत्मनिवेदन सबै पूजा भक्तियोग बनिदिन्छ जनमा ।।
कर्म योगः
काममा कत्र्तव्यवोध गरी सहि  अनाशक्त भावमा चल्छ कर्म योग।
कर्म नै शक्ति र पुजा हो फलबान्छित हुन्छ ,हुदैन पर्नु जन फल भोग ।।
आशक्तिमा लाभ हानि भए पनि सहि कामको फल छ परिणाम् ।
प्रतिकुल र भावरहित शून्य रहेपनि बन्धित छ कर्म फल सकाम।।१
जन्म रहि जीवन चल्दा भोग मनको संस्कार बन्दछ ।
जन्म जन्मान्तर काम प्रभाव र सुखदु संगै फल बन्छ ।।
भोग बन्धन कला बनि जीवनचक्र ईच्छाको परतन्त्र चाहन्छ ।
साधक सधै अध्यस्थ कर्मयोगमा फल त ईश संगै उ छ ।।
कर्मयोगको भेदः
असल मन भाव बचनले शुक्ल,शुद्धकर्म ईशमा पुण्य चाहन्छन् ।
नियत्ति संयोग बनि अंह दम्भ कुकर्म कालो पापकर्म मा रहन्छन् ।।
फलित र जनित मनोभावका फल पाप पूण्यदुबै कर्म बन्दछन् ।
हित अहित नरहने रागरहित तर आपत्तिजनकमा कर्म रहन्छन् ।।१
सन्तान र निजै हितमा बाच्न कुकर्म फलनै पाप कर्म छ ।
उहि मान र राग विमति नाशि शराणगति भक्ति कर्म बन्दछ ।।
नासी अहित ठानी हित प्रितका चित्त आशक्ति बनाउछ ।
सोहि पश्चताप नास्न जीव पूजा आराधाना मनको हित जगाउछ ।।२
प्रकृति र पुरुष । आत्मा ः
महर्षि कपिल मुनि साड.ख्यदर्शनका प्रर्वतक थिए।
जड प्रकृति र चेतना पुरुषनै संसार सृष्टि वेदप्रमाण दिए।।
आस्तिक र द्दैतवादी दर्शन प्रकृती र पुरुष मौलिक शब्द रहे।
प्रकृती सत्व रज तम गुण पुरुष संम्पर्कमा सृष्टिमा गए।।१
अब्यक्त साम्यावस्थामा प्रकृतीले मह तत्व जान्दछ।
उहि मह तत्व ज्ञानेन्द्रिय कर्मेन्द्रिय र मन उत्पन्न गराउछ।।
अहकार रुप रस गन्ध स्पर्श र शब्द त्यहि जान्दछ।
उहि शुष्म परमाणु अग्नि जल वायु पृथ्वि र आकास रहन्छ।।२
पदार्थ परमाणु विकासित छन् कल्पना र सृजना हैन ईश्वरको।
प्रकृती क्रमशः विकासनै संसार सृष्टि हो संडंख्यदर्शनको ।।
यहा जीव तत्वनै पुरुष आत्मा जुन सत्व रज तम गुणको।
स्वतन्त्र निष्क्रिय चेतनरुप प्रकृती लगडो पुरुष छ सृष्टिको ।।३
पुरुष नजिकनै प्रकृतीका क्रिया उत्पन्न छ साम्यावस्था ।
उहि पुरुषको सम्पर्कमा प्रकृती अन्धो जड छ सृष्टि स्वास्थ्य।।४
प्रकृति मानव ः
विश्ब्रम्हण्ड मण्डलमा चल अचल सजीव र्निजिव सबै।
देखिने नदेखिने स्थुल ठोस सुक्ष्म तरल ग्याँसहं करिबै ।।
सम्पूर्ण समष्टिगत जीवन देखि प्रकृती जीव ढुड.ो माटो ।
आश्रित एकल आश्रय शिष्ट विशिष्ट छ सकल प्रकृती पाटो।।१
जल अग्नि वायू पृथ्वि आकासमा चेतना सृजना भई ।
सजिव अंश जीबको मानव बिशिष्ट बृहत्तर प्रकृतीमा गई।।
मिलि प्रकृती र मानव प्राण र जीवन प्रकृतीसंगै सधै रहन्छ ।
जीवनका आवश्यकता धैर्य विज्ञान सृष्टि प्रकृती सगै छ।।२
सर्वश्रेष्ठ प्राणी सधै प्रकृतीसित अटुट र प्रगाढ बन्दछ।
अछूट अपार दानिष्ट सम्बन्ध प्रकृती ्संगै विज्ञानमा रहन्छ ।।
गास वास कपासमा आवस्यकता जीवको स्वस्थ्य हुनुपर्छ ।
त्यागी रोग पाप अभाव शोक प्रकृतीसन्तुलनमा जीव बाच्छ ।।३
विपत्ति छ प्रकृती नासी जीवका आधार तोडि स्वास्थ्य विर्गन्छ ।
जल जमिन आकाश थर्काई अभिमान विज्ञान पाखण्ड भित्राउछ।।
जीवका शैलि जप तप ध्यान ज्ञान शिक्षा चेतनाले विश्व भर।
उद्यम शिपमा श्रमको समाज माटोमा भर  प्रकृतीमा भर पर ।।४
शुद्ध आहार निन्द्र बनी धैर्य रहनु कल्प तक कला सुसंकृतले ।
शक्ति कर्म र शरिर आरोग्य बाच्नु प्रकृतीमा ज्ञान विज्ञानले ।।
जीवन संस्कारसंगै धर्म मानव जात र समाज सभ्य बनाउनु।
गुण विधि र न्याय नितिको जनमा राष्ट् सेवक माटोमा रमाउनु ।।५
पृथ्वि र मानव प्रकृतीका पञ्चतत्वले बनिजीवन सम्भव छ।
यिनै तत्वमा जन्म जेय जीवन शरिर मृत्यु कर्म उहि रहन्छ।।६
१.आकासः
उपवास बसि शरिर मन बुद्धी आत्मा शान्त बनाउदा ।
सन्तुलन बनाई वस्तु नरम छिद्रा र हल्का शरिर रहदा।।
२. वायू ः
वायू स्नान ,स्थान  प्रणायामले प्राण र श्वास शक्ति संचार गरि ।
मानवका चाल गुण गति स्वर्गको रजो गुण जीवन छ उपयोगी ।।
३. जल ः
जलले अणु तिष्णणु र जीवकोष रक्त केसिका शिरा र धमनि ।
लवण जगाई पाचन शुष्म जीवाणु मार्ने भौतिक द्रब्यधारी ।।
४. अग्नि ः
सूर्यका किरणले तेज ज्ञान धर्म सहित भेदभाव नगरि बल्छ ।
जैविक रस संचार सूर्य शक्तिमा तेज आखा रजो गुणि चल्छ ।।
जो मिल्छ सो खान्छ खाक राफ के मिठो मसिनो रहदैन बाकि ।
जलि भष्म हुन्छ सबै बाँच्दैन प्रकृतिमा दया भाका क्षमा राखि ।।
५. पृथ्विः
माटोमा जीवन अन्न चर अचर प्राण पदार्थ र बनस्पतिहरु ।
प्रकृती सन्तुलन स्थायी काया तमोगुणि भौ गुण नाश बरु ।।
चित्त ः
चित्त सत्तत्व प्रकृति परिणम र त्रिगुणात्मक रहेको छ ।
अन्तरइन्द्रिय अन्तःकरण मन बुद्धि वृति अंहको अर्थ दिन्छ ।।
कोषगत चित्तको अर्थ जड क्षण नदी सहितको वृति बन्छ ।
मन बुद्धि अंहकार मिलि परिणामशिल तत्व चित्त जीवमा छ ।।
१.मुढाअवस्थाः
तमोप्रधान उही अवस्था काम क्रोध लोभ र मोह उब्जि ।
सत्व र रजोगुण दविई गौण बनि तमो प्रवृतिले सजिई ।।
नीच मनुष्य बनी प्रवृति अज्ञान अधर्म राज बढ्न गई ।
अनश्वर्यमय र अन्धाअवस्था भई मूढअवस्था चित्त फैलिई ।।
२. क्षिप्तअवस्थाः
गुणिले गुण दबाई जन जाने अधर्म अज्ञान उन्मुख ।
द्धैध धर्म ज्ञान ऐश्वर्य प्रवृती सृजि राग द्ध्ेष सन्मुख ।।
रजो गुणले तम र सतगुण जिति संसारिक मनुष्य बाँच्छ ।
क्षिप्त रहि प्रवृति अज्ञान अकर्म राग र अनैर्शयमय सृष्टि चल्छ ।।
३. विक्षिप्ताअवस्थाः
सत्गुण प्रधान भई रज र तमोगुणको कमिले चित्त विक्षिप्त छ ।
निष्काम कर्मले राग द्धेष काम क्रोध लाृभ र मोह जनमा हराउछ ।।
मनुष्य प्रवृती ज्ञान धर्म वैराग्य सबै ऐश्वर्य जय जगमा रहन्छ ।
उच्च मनुष्य जिज्ञाशु बनाई रजोगुण मनुष्यमा बाची उहि रमाउछ ।।
४. एकाग्रअवस्थाः
गुणले चित्त छोडि स्वाभिक प्रकृत योगी बनिन्छ जन ।
विषयका सदृश वृति तिनका प्रभाव रोकि स्वाभिक मन ।।
त्यागि रज सत तम गुण महतत्वमा स्फाटिक सज्जन ।
परमाणु ग्राह्य ग्रहण गृहितअवस्थामा साक्षत्कार छ जन ।।१
विवेक ख्याति समप्रज्ञात समाधिअवस्थामा साक्षत छ उ ।
एकाग्रताअवस्था धरि प्रकृतिका सबै कार्य गुणातित छ उ ।।
परिणाम्को पूर्णता चित्त निर्मल धारक नै जीव बन्छ ।
यहि श्वास गति मति समयमा जीवमा एकाग्रता रहन्छ ।।२
५ . निरुद्धाअवस्थाः
जव विवेक ख्यातिमा चित्त र पुरुष साक्षत्कार बन्दछ ।
उहि ख्यातिले वैराग्य र परवैराग्य वृति उहि जन्मन्छ ।।
वृति निरोधमा चित्त विरोध जन्मी संस्कार कला नियाल्छ ।
अविद्या पञ्चकेष कर्मको वीजले असमप्रजात समाधि बन्छ ।।
क्लेशः
अविद्या मित्थाज्ञानले वाधा रुपमा पिडा र क्लेश रहन्छ ,
चित्त वर्तमान वनि संस्कारका गुणमा बिषय केल्श जन्मन्छ ।।
१. तमस् -अविद्या_ः
भोग र भोगको आयतन लोक परलोमा जीवको स्थुल ।
नित्यबुद्धि रागद्धेष सुखदुख वोधमा जनको अविद्या छ छल ।।
२. मोह –अस्मिता)ः
द्रुक र द्रष्टाशक्ति वा बुद्धिविवेक विविध विलक्षण जीवका कला ।
ज्ञान चेतना बुद्धि जडको अनेकातामा विद्याको अस्मिताको फल ।।
३.महामोह( राग)ः
अनुकुल पदार्थको नियमित सुखमा जीव भोग्छ यहि प्रकृतिमा ।
सुखमा रुमलिदा दुख लोभ भोगि अशान्ति हुन्छ उ रागमा ।।
४.द्धेष - ताम्रिश ः
प्रतिकुल पदार्थमा तन्कि उसैको लागि भुल्छ र डुब्छ दुखले ।
समय जीव र प्रकृति त्यहि द्धेषमा बन्धित छ माया भोगले ।।
५. अन्धतामिस्त्व- अभिनिवेश ः
जीवनै सध्र्रै तन्कि विद्धान र मूर्ख रहि सृष्टिमा बाँच्दछ ।
मृत्यु भय र वर्तमान प्रगाढताले अल्झि अभिविनेश साच्छ ।।
चित्तका वृतिः
ईन्द्रिय जीवका प्रमाद उपलब्ध बिषयमा मन वृतिमा मिलि ।
चित्तको आकार र आकृतिको वृति किल्ष्ट अकिल्ष्ट झिलिमिलि ।।
राग द्धेषादीले किल्ष्ट उ नाश गर्न कारण खोज्दा फसि द्धेषमा ।
चित्तका वृति उहि भेदमा लड्छन जीव बिषयमा बाँच्छ लोलाई ।।
१. प्रमाण –प्रत्यक्ष)ः    
जान्नु प्रमाण प्रत्यक्ष  हुन्छ पदार्थको माध्यम बनि ।
बुद्दि मन र इन्द्रियहरु वंशका प्रमाण रहन्छ नी ।।
जब प्रत्यक्ष दर्शनले अप्रत्यक्ष प्रमाण बुझि काम हुन्छ।
अनुमानले प्रमाण दिई धँुवा देखे आगो उहि बुजिन्छ ।।१
अन्तःकरण र इन्द्रियले यथार्थ प्रमाण स्वम् जान्दछ ।
अनुभवले जनित सुर्ति वेद शास्त्र र गुरुवत्ताले पदार्थ बुझाउछ ।।२
२. विर्षययः
वस्तुको गृण स्वरुप जानी विर्षययको विपरित ज्ञान ।
अर्काे वस्तुको रुप संम्झी असल स्वरुप भित्र छ अज्ञान ।।
३. बिकल्प ः
पदार्थको कल्पना विकल्प जानी वृति बनि जीवन चल्दछ ।
शब्दपालमा आधारित रहि यो त्यो गुण द्देष नबुझिने हुन्छ ।।
४. निन्द्रा
जीवले बिषयको ज्ञान गौढ बनाई स्वध्येयमा हुने प्रतित।
ज्ञानको चित्तवृति आश्रयमा लहसिएर आनन्द निन्द्र अतित ।।
५. स्मृति
प्रमाण छानि बिर्षयय विकल्पमा निन्द्र वृतिको अनुभव ।
संस्कार बिषयमा स्फुरित जन स्मृतिमा छ,बन्छ अव ।।
सम्प्रज्ञात समाधिः
१. वितर्कः
स्थुल बिषयमा चित्तावृति द्रष्टा स्वरुपमा साधक छ ।
एकाग्र र निरुद्दावास्था बढाई सम्प्रज्ञात समाधिमा  रहन्छ ।।
२. विचार ः
सुक्ष्म विधानमाविषय चित्तवृतिको बनि एकाग्रता ।
चित्तको आत्मा अभ्यास छुटिछताछुल्लाको व्यग्रता ।।
३. आनन्दः
अंहकार विषयको चित्तवृतिको रहदै एकाग्रता ।
पृथक आत्मस्वरुपलाई साक्षतकारको व्यपकता ।।
४. अस्मिता
अंहकार रहित अस्मिता बिषयमा चित्तावृतिको एकाग्रता ।
परावैराग्यपछि असम्प्रज्ञात समाधिको यात्राले हट्छ व्यग्रता ।।
वैराग्य ः
चित्तावृति निरोध र प्रवाह ,परम्पराको संस्कारमा छ वैराग्य ।
भोग प्रवाह रोकि जन्मने वैराग्य सत्मार्गि कल्याणको छ राय ।।
अभ्यास ः
स्वाभाव चञ्चल मन संसारीक भोग चल्छ कल्याण खातिर ।
दृढ विश्वास अवहेलना तुच्छ सबै एकाकार प्रेम अभ्यास शिर ।।
दुष्ट देखिने सुनिने भोग तृप्ति तृष्ण नासी जीवन चल्दछ ।
चित्त साधकमा  कामाना रहित ध्येय समाधि विवेक गुणको अभ्यास बन्छ ।।१
साधकः
राग रहित काम द्धेष हटाउदै परवैराग्य र कामना रहित अपरावैराग्यमा छ ।
आशत्ति निष्कंक भई चित्त साधक मृदु माध्यम अघिमात्र  र मात्रतम बन्छ ।।
१. मृदुसाधक - अल्पमति ः
विना उत्साह लोभी खराब कर्मले गेरु निन्दा र धेरै भोजन गर्ने ।
डरपोक अस्थिर मन,लुव्ध स्वाभाव,परनिर्भरता कर्कशा चरित्र धर्ने ।।
पुरुषत्वहिन क्षिण बुद्धिमत्ता दुर्गुण अपरिपक्क,काँचो छ अल्पमति । ।
मन्त्र,योग,शास्त्रमा सिद्धि गरि साधक बन्छ उही कालको गति ।।
२. मध्यम साधक - सामान्य ः
सहने कठिनाई,पुर्व कार्य र लक्ष्यसिद्धि साधक छ सामान्य बुद्धिको ।
सहनता मधुरभाषी सबै गुण साधनामा समभाव चरित्र नियत्ति भो ।।
राखि समनता सबै कर्म लक्ष्य प्रपञ्च सामान्य साधक हुन्छ जो ।
सदगुरु लययोगमा साधक मार्गदर्शनमा लागि त्यागि बन्ने भो ।।१
३.अधिकसाधक -उत्तम_ः
स्थिर चित्त योगलेशस्क्त्त स्वतन्त्र भद्र दयालु गुणका साधक ।
क्षमाशील विश्वासपात्र,शूर जोश विनयका योगी उहि प्रवोधक ।।
गुरु शिष्य परम्परा ज्ञान भक्ति साधना हठयोगमा लिन मार्गदर्शक ।
सदगुरु जायजन्म र जीवन बुझि जल जमिन आकाश वायू अग्नि तक ।।१
४. सर्वोत्तमः
साधक जो सामाथ्र्य उत्साह रुप रस गन्ध भई शाहसी श्रमवान ती ।
अध्ययान शस्त्र र शास्त्रको ज्ञानी सत्चित  आनन्द निर्भयी यी ।।
ज्ञानेन्द्रीय कर्मेन्द्रीय नियन्त्रीत मन वचन शुद्धि स्वतन्त्र उदारता ।
चतुर निर्भयी दया क्षमाशील स्वगुरु योगि छन् सवोत्तम साधक ।।१
त्याग नेतृत्वदायि स्थिर शिक्षा र विज्ञान सुसंकृत उ हुन सज्जन ।
प्रवोधन गरि समूह न्याय धर्म कला संस्कार साधक ती जन ।।२
विध्न ः
शरिर श्वास प्रश्वास गति मति सुद्धि होशकोमा काल गति ।
मनका दुख विषाद भाव हटाई तृष्ण मोह जालोको अल्पमति ।।
मन वचन गुणातीत नवनी तत्व चिन्तनको उत्साह रोकिदिने ।
क्रियाकलाप अभ्यास उत्साह रोक्ने विध्नमा साधक लहसिने ।।१
धनकै संचय र म मेरो अहं फिजाई कुल वंश भनि मोहमा पस्छ ।
कलि कालको दुरगतिले धर्म जागरण छेडि मित्रमा र्दुवाच्य वोल्छ ।।
होचा पुड्का सन्तति ति नशा विषात्त रक्त जन्मको षडयन्त्र छ।
सातौ बर्षमा नारी रजवति बनि कुपोषणका सन्तानले कलि चल्छ ।।२
१. व्याधिः
जीवका रस रक्त मांस मज्जा अस्थिनै शुक्र हुन धातू ।
खानपिनको अपरिपक्का अवस्थामा रस छ,बन्छ घाति ।।
इन्द्रीय वा करणको विषमत्ताबाट साधकमा व्याधि जन्मन्छ ।
अभ्यास मैत्रिभाव ईश्वर परिधन प्राणयममा यि सबै रोक्दछ ।।
२. स्तान ः
ईच्छारहेपनि योग साधनामा सामाथ्र्य नराख्ने जीवन साधक ।
चित्तको अर्कमण्डयता रही दुखमा दया कृपा रोक्छ स्त्यान वाहक ।।
३. संशयः
द्धिविधात्मक मन स्थिती योगमा मनस्थिती बन्छ संशय ।
प्रार्थाना कर्म जप तप ध्यान नगरी मनमा छ ईशको भय ।।
४.प्रमादः
साधक समाधिमा अनुष्ठान नगरि प्रमाद उहि जन्मन्छ ।
पूरक रेचक कुम्भक प्राणयामले मन कर्म शुद्धि बन्छ ।।
५.आलस्य ः
साधकको चित्तामा भारी बनी ध्यान नजागी आलस्य हुन्छ ।
कफ वात पित्त रोग ब्याधि भरिई तमोगुणी कर्म बन्धन छोड्छ ।।
६. अविरतिः
बिषय भोगको चाह र तृप्ति नभई मन आत्मको तृष्णा जाग्छ ।
ईन्द्रिय र साधको स्थूल जीवकोष वैराग्यमा अविरति जन्मन्छ ।।
७. भ्रान्तिदर्शनः
योग साधना वा आफना कर्मको प्रतिफलको आशमा रमाउनु ।
मित्था ज्ञान र वुझाईमा धर्म संस्कार कला भ्रान्तिदर्शन हुनु ।।
८. अलव्य भूमिकत्वः
साधकले समाधिमा प्रतिवन्धक हुन गई अलव्य भूमिकत्व जाग्छ ।
त्याग विषयाभोग आदिलेध्यान केन्द्रित नभई कर्मको फल माग्छ ।।
९.अनवस्थि तत्व ः
चित्तले समाधि प्राप्त पछि चित्त स्थिर नवनाई क्षण ध्येय नजाग्नु ।
साक्षतकार हुदाहुदै समाधि टुटि अनवस्थि तत्वसाधक पर्छ भाग्नु ।।
मैत्रिभाव करुणा पुण्य कर्म जगाई उपेक्षामा खराव काम पर्छ त्याग्नु ।
ईश उहि आत्मा साधकको प्राणायम योगमा जागी सन्तान पर्छ पाल्नु ।।१
सिद्धिः
सफलता,पूर्णता प्राप्तिले योग्यता कुशलताको सिद्धि हुन्छ ।
योगमार्गमा साधक कर्मको परिणामले सिद्धि उ पाउछ ।।
शरिर अणु समान सुक्ष्म वनाई अणि र लईमा सिद्धि  हुन्छ ।
स्वम् विशाल काय स्वरुपनै शरिररुप दिनु महिमा सिद्धि छ ।।१
अशिम भारी शरिर बनाउनु गरिमा सिद्धि र भारहिन लधीमा छ ।
स्थान प्राप्ति र क्षमता शरिर प्राप्ती र मनोबन्धित प्राकम्य हुन्छ ।
वशमा शरिर राखि वशित्व र ईश प्राप्ती ईशित्प सिद्धि छ ।
बुझि शरिर आठ सिद्धि हरेक र फरक योगकर्म सबैमा रहन्छ ।।२
सिद्धिका उपाय ः
बुझि हठ मन्त्र लय ज्ञान राज भक्ति कर्म र तन्त्र योग ।
गरी सिद्धिप्राप्त मन बचन कर्म सहित शरिरले गर्नु भोग ।।
कत्र्तव्यपालनः
राखि अनाशक्तभाव बुझि कर्मको जटिलता र कत्र्तव्य ।
कर्मपालन साथै कर्मफलको सिद्धान्त जनले कुन सभ्य ।।
कर्म अकर्म विकर्म यी सबै कर्म हुन जीवले धर्नुपर्छ ।
छोटो जन्ममरणको बसाई खुसि कर्मका किर्ति पालन गर्नुपर्छ ।।
१. कर्मः
राम्रो फल र भोग दिने हितकारी यावत क्रियाकलापहरु ।
मान्य फलित कर्ता र भावको आशतित सबै कर्महरु ।।
२. अकर्मः
क्रियाकलाप फलभोगको बन्धमुक्त रहि शुद्धि र पवित्र ।
कर्मफल साथै परमात्ममुखि कर्ता अकर्ता भाव युक्त ।।
उहि कर्मफल र कार्य ईशमा सुम्पि खुसि भजनको मन ।
अनाशक्त बनि अकर्म भावमा अकर्म गर्छ सुखि जन ।।
३. विकर्मः
वर्जित शास्त्र र ज्ञानले नखाम्ने मनवाञ्चीत फल जनित ।
नकरात्मक फल भोगमा जन्म र कर्म बन्नु जनमा वर्जित ।।
निजी हितमा जनले अहितकारी अहं र फल आशा खोज्दछ ।
कर्ता र कर्ताभाव यो र परजन्म आशले विकर्म त्यहि मर्दछ ।।१
पञ्चकोष
मनुष्य शरिरको उर्जाको स्तर योग अनुसार पाँच छन् ।
सर्वाधिक स्थूल देखि सर्वाधिक सुक्ष्म पञ्चकोष बन्दछन् ।।
महाप्राणले उर्जा उत्पादक वनि,सधै शरिर चलाउछ ।
मनुष्य शरिरको खोल पञ्चकोष स्वाचालित उहि रहन्छ ।।
१. अन्नमयकोषः
स्थूल शरिरको खोल पञ्चतत्व र अष्टधातुले बनेको छ ।
पृथ्वितत्व कोष छाला देखि शुक्रतक फैलि तन्तुमा रहन्छ ।।
नियमित खानपिन व्यायमले जनको कोष स्वास्थ्य छ ।
अन्नमयकोष संचारित तन्तु मनुष्यमा सन्तुलन बन्छ ।।
२. प्राणमयकोष ः
रहि शरिमा प्राण मनको सन्तुलन उहि सम्पर्क चल्छ ।
प्राण व्यायन उदान अन्नवायुमा प्राण अविछिन्न रहन्छ ।।
वहि वायु धनन्जय,नाग,कुर्म,कुकुर र देवदत्त प्राण चल्छ ।
कोषले श्वास विर्सजन रक्त संवाहन पाचन वाक नियन्त्रण छ ।।१
यावत क्रियाकलाप नियमित नियन्त्रित प्राणयम साधना ।
कोष स्वास्थ्य वनि चल्ने ७२हजार स्नायु ६० अरव केशिकामा प्राण संचारण ।।
३. मनोमय कोष ः
वर्तमान पुरा ईच्छाशक्ति स्थूलको क्रियाकलापहरुको प्रभाव ।
मस्तिष्क बुद्धि अंहकार मन र अन्स्करण मा संयोजन सब ।।
त्यहि पञ्चकोष कर्मेन्द्रिय मन ,अन्न र प्राणकोष उही चल्छ ।
यहि कोष अस्वस्थ बने क्रिया र निर्णय शक्ति कमजोर बन्छ ।।१
राख्नु ध्यान मनोमय कोष निश्चन्ता निस्फिक्रि हर्दम खुस ।
एकाग्रता धैर्य आँट समन्वय गरि स्वास्थ्य ध्यान सदारहोस ।।२
४. विज्ञानमयकोषः
घेरी बुद्धि अंहकार उहि अभिमान कत्र्तव्य भोग सुख खोज्दछ ।
पञ्चज्ञानेन्द्रिय र बुद्धिको विज्ञानमय कोषले चिन्ता हटाउछ ।।
जीवकाकोष अस्वस्थ्यताले विचार ज्ञान र आत्म विश्वाास लुट्छ ।
नासि शक्ति उहि नैराश्यता बढ्दा स्वाध्यायनले दुख हटाउनु पर्छ ।।
५. आनन्दमय कोषः
हृदय अन्तस्करण शुद्धिमा चेतना ओज यी कोषहरु बढाउछ ।
जीवन स्थुल संसारीक क्रिया सबै जगतमा आनन्दमय कोष छ ।।
स्वास्थ्य निर्भरता कारण र अनुभवधारी मानव,जीव चल्छ ।
सुक्ष्म प्राणको निवासस्थान जीवकोष यही सबैजीवमा हुन्छ ।।
गुरुशिष्य परम्परा ः
उपदेष्टा र पूज्य अन्धकारमा प्रकास दिने,श्रेयकर अर्थ गुरु ।
जीवन पथमा हिडाउने गुरु र अरु पारिवारिक माथिका जुझारु ।।
आध्यात्मीक ज्ञान प्राप्ति र आत्मोन्नती निरन्तर हुन्छ गुरुशिष्यमा ।
परम्परामा ब्रम्ह विष्णु महेश्वर गुरु मान्ने शिष्यनै हुन जगतमा ।
१. ज्ञान रक्षाः
गुरुले गुणको अभिव्यक्तिमा ज्ञान रक्षा गरिनु ।
शास्वत अस्तित्व असिम विराट अनन्य बनिनु ।।
२. दुख क्षयः
जुन परमात्मा संगै गुरु सम्झन्छ उस्को जीवन सफल पार छ ।
त्यागी दुख,क्षीण हुदै शास्वत ब्रम्हा गुरु भनि शिष्यले मान्छ ।।
३. सुखविर्भावः
शिष्य गुरुका शरणमा गई आत्मा परमात्म खुसि र आनन्द ।
दृष्टि र चक्षु उद्घाटित प्रतिभा गुरुशिष्यको सर्व संर्वधनको याद ।।
५ . संबृद्धि ः
चेतना कला कौशल लिनु गुरुछेउ खालि भई अनुशासित शिष्य ।
गुरुको चरण,गालि तौरतरिका अभाव घटाई संबृद्धि आर्शिवाद प्रिय ।।
जन्म मृत्यु जनको आत्मा परमात्मा चिनाई गुरुले चन्द्र सूर्य सरि ।
शीतलता प्रकाश परावर्तनको सेतु उहि गुरु तेज शक्ति ज्ञान दिए घरिघरि ।।
गुरु पुर्णिमाः
चन्द्रमा जस्तै मेरा गुरु प्रकाश चेतना समेट्ने शिष्यमा रहे ।
मौलिक हिन्दुको शब्द गुरु सबै संस्कृति र अध्यात्मा जगाए ।।
चेतना प्रकाशपुञ्जका अज्ञेय तर्फका  यात्रा सत्य सबै बताए ।
तथ्य खोजी अंह दम्भ  लोभ राग गुरु शब्दले अध्यात्मा जनाए ।।१
सर्मिपित श्रद्धा गुरुको ज्ञान कला धर्म संस्कारमा गुरुपूर्णिमा ।
नासी अहो भाव ,मन तन र धनमा आत्मा परात्म सफा रहदामा ।।२
कुण्डलिनी योगः
नाकको दाहिने प्वालको नाडी ईडा जुन चन्द्र गंगा भनियो ।
दाहिने प्वालको पिङ्गला यहि सूर्य यमुना मेरुदण्डमा पुगि गो ।।
सप्तचक्र वेर्दे र घेर्दे मुलाधार चक्रमा सुषुम्ना नाडी त्यो ।।
सरस्वती नाडी जेलीएर सुषुम्वना जागरण चक्र भेदन विनित भो ।।१
मिलि सहस्रधार चक्रमा नाडीले परमात्मा सधै जगाउछ जो ।
साक्षत्कार नै कुण्डलिनी योग पद्धती जीवमा चल्ने क्रम भो ।।२
क . नादः
जीवको शरिरले प्राणवायू मुखमा पुराई निस्कने ध्वानी नाद।
निरन्जन नित्य शिवमा नमन , नाद बिन्दु कला शक्ति भक्ति साथ ।।
शक्ति सक्रिय र परिवर्तनशिल छ उहि शिव निष्क्रीय अपरिवर्तन रहन्छ ।
सृष्टिको उत्पति शक्रितत्व विपरित धु्रुव बिच केन्द्र बिन्दु बन्छ ।।१
उहि विपरित धु्र्रव प्रस्फुटनमा ध्वानी नाद,उहि उत्पन्न हुन्छ ।
यहि सृष्टि र उतपतिको प्राण्तत्व मिलि जीवआरोग्य बन्छ ।।
कुण्डलिनी जागृत हुदा उर्धगतिमा स्फोट नाद कामनश्वर बन्छ ।
अनाहत नाद अज्ञान नास्दै सुषुम्नाबाट विश्व ब्रम्हाण्ड जगाउछ ।।२
भ्रामरी प्राणयमले रेचक गर्दा श्वासलीन र फयाक्ने क्रम गतिमा ।
शरिरमा  माहुरीको आवजले ध्वानी नाद समाधीले मन छ एकाग्रतामा ।।
व्यक्त नाद इन्द्रियको ग्रहण गराई निरन्तर शरिर जगाउछ ।
पाँच ईन्द्रियले ग्रहण नगरि ध्यान र ज्ञानले जगाई सुप्त र अव्यक्त नाद बन्छ ।।३
मांसपेशी हाड नशा  रगत शुष्म इन्द्रियको शरिरमा ।
उहि चक्र ध्वानि चिन्ह प्रकाश मिलीन्छ वीज मन्त्रमा ।।
चक्रको आधासत्व ध्वानी नायोगले कुण्डलिनी जगाउछ ।
साधकले अभ्यस्थ भई स्वम्चक्रमा सा रे ग म ..निकाल्छ ।।४
ख . नाडी ः
प्राण शवास बगने ७२ हजार प्रवाह वा धार जविको नाडी ।
सुषुम्ना ईडा(चन्द्र) पिङ्गला(सूर्य)स्फूर्त गान्धारी र वारुणी ।।
हस्तिजिह्वा पुषा यशस्विनी सुरा कुहु सरस्वती नाडी ।
उहि अलम्वुषा विश्वाृदरी शाडीखनी चित्रा प्रमुख धारा भारी ।।१
सुषुम्ना  भित्र वज्र र सो चित्रिणी र मध्यमा ब्रम्हा जेलिएको छ ।
ईडाको देब्रे र पिङ्गलादाहिने नासिका गुद्धादार नासीकामा जान्छ ।।
मुलाधार चक्र मेरुदण्डबाट सुषुम्ण पूर्ण सत रज तम गुणको छ ।
उहि यमुना गुदाको त्रिवेणीमा श्वास यिनै नाडीको धार बहन्छ ।।२
आदि मध्य र अन्त जन्म योनीमा मिलन वरबधुको हेर्नुपर्छ ।
बुझि जन्म कुण्डली योग भागिनी दशा विचार परिवारमा पर्छ ।।
जाची कुल वंश सहगोत्र लगन वीज सन्तान हानि जचाउनु ।
क्वै हैन भनि नरपते सृष्टि चक्र समाज र सन्तानमा नमास्नु ।।३
ग . वायू ः
मनको हरदम प्राण, वायू जवि शरिर जीवित छ चल अचल ।
जीवको  मुलआधार र  अस्त्तिव नाना क्रियाशिल छ सफल ।।
हृदयकेन्द्र हेनेृ सुन्ने सुघ्ने  स्वाद लिर्इृृृृ बोल्ने चल्ने  चपाउने  प्राण रहयो ।
मलमुत्र    शुक्र त्याग हिड्ने डुल्ने मुलधार केन्द्र अपान वायु  भयो।। १
समान वायू नाभिकेन्द्रले भोक रुचि पाचन गर्छ जीवमा ।
छाती र घण्टी केन्द्र हुदै भाव तत्वको नियन्त्रण प्रस्फुटन छ उदानमा ।।
रही सम्पूर्ण शरिरमा घुम्ने शक्ति संचारगरी व्यान प्राण छ ।
उही अपान व्यान,उदान व्यान प्राण पञ्चप्राणले संचारीत छ ।।२
नग उपप्राण शरिर तन्काउने मोड्ने उकार गर्ने काम गर्छ ।
हाच्छिउ,शरिरमा श्वास भर्ने फुराउने कुकुर वायू चलाउछ ।।
शरिर खुम्चाई आँखा चलाउने कूर्म वायू ,देवदत्त वायू पनि ।
हाई र निन्द्र दिन्छ ,धनन्जय वायू जोर्नी स्वास्थ्य सन्तुलन छ नी ।।३
ड . चक्रः
शरिरमा व्याप्त प्राण नियन्त्रक ,मस्तिष्क स्रावि ग्रन्थी हुन्छ ।
चक्रको क्षेत्रविषेश तान्त्रिक जाल स्विच सरह शरिर चलिरहन्छ ।।
१. मुलाधार चक्रः
मुक्त त्रिवेणीले गणेश र डाकिनि सहित चारपातको पृथ्वितत्व भरि ।
रातो रंग जनित गुद्धदारमा रहि ल वीजमन्त्र मुलाधार चक्र तयारी ।।
२ . स्वाधिष्ठान चक्र ः
छ दलको जल तत्व र सुन्तला रंग पं वीज मन्त्र धारी जीवमा ।
विष्णुदेव राकिनी देवी सहित लिङ्गकेन्द्र स्थान स्वाधिष्ठानमा ।।
३ . मणिपुर चक्र ः
अग्नितत्वमा पहेलो रंगको दशदल युक्त जीवको नाभिस्थानमा ।
वसि रुद्र देव र लाकिनी देवीले वीजमन्त्र रं मणिपुर चक्रमा ।। 
४ . अनाह्त चक्र ः
शिवदेव काकिनीदेवी वसी यं वीजमन्त्रले हृदयस्थानमा बसि ।
बाह्रादल भरी आकास तत्वमा हरियो रंगले अनाह्त चक्रमा आपसी ।।
५ . विशुद्धि चक्र ः
सोह्रदलले वायू तत्व निलो रंगमा हं वीज मन्त्रले स्वम् जगाउछ ।
सदाशिवदेव र शाकिनी राखि जीवको कण्टस्थान बिशुद्धिले दिलाउछ ।।
६ . आज्ञा चक्र ः
दुई दल वा पातले ऐ. हीं क्लीं चामुण्डयै विच्चे वीज मन्त्र धर्नु ।
जीव तत्व प्याजी रंगमा आखिभौ विचमा अर्ध नारीश्वर हाकीनीदेवी पर्नु ।।
७ . सह्रसार चक्र ः
असंख्य दलले ब्रम्हामा तत्वको सेतो रंगको तालु स्थानमा जीवको ।
हीं श्री हुं फट वीजमन्त्रले मुलत्रिवेणी सिहाशन छ सहस्रार चक्रमाको ।।
च) कुण्डलीनीः
यो विपुल शक्ति र सम्भावनाको केन्द्र हो जीवधारी मानव शरिरमा ।
मेरुदण्डधारी जीवको सर्पाकारमा गुजिल्टएरकोे कुण्डलिनी विराजमानमा ।।
जागी चन्द्र पिङ्गला नाडी सुषुम्नाभीत्र कुण्डलीनी जागृत शक्ति ।
आनन्द, स्वावाभले भाव र मन संजीवनी अनुभव मार्ग खुस जीवको भक्ति ।।
च . मोक्षः
खुल्ला वा स्वतन्त्र बुझाउछ मोक्ष जीवको जीवन र मृत्युमा ।
कर्म बन्धन ज्ञानले बढारी दुख श्रमले जीव छ चेतनामा ।।
पूर्णता हो जीवन पुरुषर्थीमा पद्धती सबै प्रणाली छ जीवमा ।
जाग्रात चेतना नीति र विज्ञान मोक्ष छ सब जन सुखमा ।।
स्वरोदय ः
तत्वयोग विज्ञान साथै उन्नत स्वास व्यवस्थापन हुन्छ ।
संसारिक जगतमा आध्यात्मिक नाम,दाम,स्वास्थ्य ,संमबृद्धि बन्छ ।।
ध्वानी वा संगीतको नोट स्वरोदय जागी स्वरोयोग बन्छ ।
प्राण श्वास नियन्त्रणमा नशा नाडी श्वास नाडी उही चल्छ ।।१
शरिर यावत कर्म मन आत्मा अनुभव अवलोकनमा चल्ने गर्छ ।
चक्रहरुले शुष्त चेतनामा पूजा जगाई नाभकिय आत्मा मिलाउछ ।
सम्पर्क स्वर ध्वानी ,नासिका स्वर शैलि कर्मले क्रिया गराउछ ।
उद्देश्य परिवर्तन नासिका आध्यात्मिक योगमा जीव हरपल बाच्छ ।।२
बाँच्ने समयः
को बाँच्छ जन्मने त सबै वित्छन काल चक्र उहि वशको समयमा ।
रहदैन केहि वीजक र सनातन रक्त क्रमश हुन्छ यो जगत र लोकमा।।
दिनचार्या ः
दैनिक जीवन शैलि स्वास्थ्य खुसि र उर्जावान बनि ।
वितोस् समय दैनिकि सन्तुलन गुणमा चलोस पनि ।।
विहानी ः
जागि उठ्नु सूर्योदय पूर्व बिहानी सतगुणको स्वस्थ्य श्वास फेरी ।
मुस्कुराउनु नित्यकर्म ,हातमुख धोई दाँत माझनु जल समेली ।।
नुहाई जपतप ध्यान गरी नित्य योगा ,प्राणयम तेल मालिस गर्नु ।
प्रातभ्रमण ,व्यायम गरी सफा पानि पिउदा जठाराअग्नि शान्त बनाउनु ।।१
लक्ष्मि सरस्वती देवी दर्शनमा हात रगेडि आखामा तातो वाफ दिई खोल्नु ।
मुखमा ज्ञान वाणि मन दिल ठण्डा,आत्मा वोधनी नित्यै जगाउनु ।।
मन पर्ने पिता पूर्खा अरु सम्झने कुरा गरि मन आत्मा दिल शान्ता बनाउनु ।
खोली हर्ष मन्द मुस्काउ दैनिक कर्मले शरिर क्रियाशिल बनाउनु ।।२
नित्य काम मन पूर्खा संम्झि भावले भजन पाठ पूजा गर्नु राम्रो छ ।
परिवारमा समभाव र शुभकर्ममा नारी पुरुषको मेल खाद्द खाई सम्नु पर्छ ।।३
मध्य दिन ः
भोजन गरि लघु सुताई शसरिर आराम गरि तोकिएको स्वकाम ।
जागि उर्जा संचार गरी अंग प्रत्याङ्ग फूर्तिमा कर्म सम्पादन सकाम ।।
सन्ध्य ः
गौधुलि पछिको समय भोजन,अरु काम नगर्नु सन्ध कालमा ।
रोकि सुत्न, सेवन,पेय नगर्नु केहि समय वाड्नु परिवारमा ।।
नपढ्नु शस्त्र शास्त्र,त्यागि कुभाव एकाग्रता भावतित रहँदामा ।
दुष्ट मति म मेरो अंह रोकि शून्यतामा शरिर शान्ता हुँदा उहाँ ।।१
पाचन राम्रो बनाई कर्म विश्राम गरि रोक्नु शरिर आरोग्यले बाच्नु ।
भोजन पछि ३ घण्टामा सुत्नु ,सफा मन,प्राण श्वास गृहस्थमा साच्नु ।।
हात खुट्टा शरिर धोई,मनतातो पानी पानि पिई मन आनन्द राख्नु ।
सोचि भोलिको असल सत्य दिनाचार्या आत्मा शुद्धिमा विश्राम ताक्नु ।।२
जागी झिसमिसेमा ८ घण्टा सुत्नु ,निन्द्रा सपनामा कवै नजाग्नु ।
सम्झी पिता पूर्खा र सन्तान आनन्दमा नित्य कर्मले समाजमा बस्नु ।।३
ऋतुचर्या ः
फेरी मौसम समय हिमवत शिखर वा शैल जीवका वातावरणमा ।
मौसमि फल बिषदी रहित भोजन चाल ढाल वा जीव तिम्रो चाल ।।
१ . सूर्य उत्तारयण ः
बार्षिक सूर्यको गति चक्रले शक्ति लिएर उत्तारयण कालमा ।
श्रावण देखि पुषमास तक आदान काल चल्छ हरेक साल ।।
बर्षाऋतुमा अमिलो नुनिलो र मसलेदार खाई हुन्छ हजाम ।
साउन भाद्र यहि पोषिलो खाद्द खेति कर्म गरिन्छ कृषक मन ।।
बर्षाऋतु ः
असोज कात्र्तिक गुलियो पोषिलो खाना खाई,विषाद सब नास्ने ।
गहू मकै कोदो चामल,जल सबै असारमा शरद ऋतु पनि जाग्ने ।।
हेमन्त ऋतु आखिर मंसिर पुष महिना चिसो बनाउछ हिमवत खण्ड ।
तेल मालिस ,पोषिलो खाना हल्का पेय जाग्नु घरमा अखण्ड ।।
सूर्य दक्षियनः
सूर्यको गतिले दक्षिण हुदै परलम्वता बनि शक्ति दिने समय ।
माघ देखि असार सम्म विसर्ग काल यूर्य चक्रमा छैन भय ।।
क . शिशिर ऋतु ः
श्वादमा पोषिलो खाना माघ फाल्गुन सुख्खा मास खुसिको ।
हिउदका दिन भ्रमण यात्र,चाड फूर्सदमा जोहो छ व्यवहारको ।।
ख . बसन्त ऋतु ः
चैत बैषाखमा भण्डारण अन्न खाई गर्मि छलि जीवले बाच्नु ।
किसानले धरती जोती माटिकोरे सुख्खा खुसिको चाड नाच्नु ।।
नखानु मद्य,गरिष्ठ चिल्लो, अभक्ष्य संस्कार धर्म नतोड्नु जन।
दिउसो आरम गरी शुभ सन्ध्या काममा जुट्नु ज्ञानी सुधा मन ।।
ग्रीष्म ऋतु ः
छलि चर्को घाम डाकी बर्षा तागतिलो पोषण दुध घ्यूमा ।
भोजन गरी,चिसो अवयव आचारमा बाधिनु जेठ असारमा ।।
मानो खाई मुरी उव्जाउने कृषक तराई मधेश पहाडमा जाग्नु ।
खनजोत मल,बीउ छरि,अन्नले ग्रीष्म ऋतु जलमा कर्म थाल्नु ।।
उपचार पद्धति ः
जीव जन्म ,बालक पौढ हुदै बाँच्ने आयू पूरा जीवन तक ।
शरिरका नशा रक्तसंचारउच्च र निम्नचापले नियन्त्रण भरसक ।।
नाडीः
हातका औला घाँटी खुट्टावाट शरिर इन्द्रियको तापक्रम हेरी ।
बात,
पिजाँचीछाला सूर्य प्रकाशमा पहेलो सेतो कालो रातो छाला विचारी ।
खुट्टाईन्छ रोग कामला पाण्डु कालोज्वार शोथ निदानके उपचार गरी ।।
आँखाः
जाँची आँखाको वर्ण आकार रुक्षता र श्लक्ष्यता देख्ने नदेख्ने सबै ।
शरिरको पाञ्चभौतिक तत्व,जात विजात रोग आँखाको रंग ज्योतीमा ।।
जिब्रो ः
जिब्रोपनी छालाको रोग उपचार  विधि अनुसार खस्रो मसिनो ।
श्वास,रोगकव्जियतमा परिवर्तित रंग हुन्छ जिब्रो उपचार गर्नु दरिलो ।।
नङ्गः
हस्तमा रक्त , नङ्ग  सधै गहूगोरो वा पहेलो सबै पन जाच्नु ।
पञ्जा औला चलाई र गतिमा जलन ,रंग,शोध सुद्धिमा मन पखाल्नु ।।
अकृतीः
प्रकृतिक कालो सावल गहूगोरो र गोरोपनाको ईन्द्रिय अकृति नियाल्नु ।
लम्बाई मोटाई वर्ण र छाया मुखाकृतितवाट न्यिाउरोपन हटाई आरोग्य बनाउनु ।।
भिटामिन ः
खाद्द,खनिज लवण,जीवका लागि जटि जैविक कार्वनिक भिटामिन बुझनु ।
माछा हरियो सव्जि फलफूल सबै रेटिनोल हुन भिटामिन ए हुनु ।
त्यस्तै सूर्यप्रकाश अण्डा डि भिटामिन छ अमला अम्वा वि भिटामिन हुनु ।
व्यक्टेरिया दाल अन्न मासु चिज कलेजो अन्य भिटामिनमा भिटामिन १ ग्राम रहनु ।।१
यर्जा सुर जैव रसायन चक्रमा मल निष्कासनका पोषक तत्व ।
शक्ति कुशलता रक्त शरिरबृद्धि निरोध सबै खनिज लवण खानु तक ।।
अहारा थोरै नियमित सन्तुलन नगरी आरमले शरिर सुरक्षा बन्छ ।
हितकर अनाज मह घयू ,कर्म शुद्धिलाई जपतप ध्यान जीवले पाउछ ।।२
प्रजनन्शक्ति ,रक्त हड्डि मज्जा सबै ज्ञानेन्द्रिय विधिका आरम ।
धैर्य मन,श्रम लगाव पूर्खा र सन्तान सबै शरिर स्वास्थ्य नाम ।।३
end

Comments

Popular Posts

Send a message

Name

Email *

Message *